नेकपा माङ्सेबुङद्धारा एक लाख बढीको राहत सहयोग

नेकपा माङ्सेबुङद्धारा एक लाख बढीको राहत सहयोग

१८ वैशाख, इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माङसेबुङ गाउँ कमिटिले एक लाख पाँच हजार मुल्य बराबरको राहत सामग्री गाउँपालिकालाई हस्तान्तरण गरेको छ । आज माङसबेबुङ–३ चतुरेमा गाउँपालिकालाई सो सामग्री हस्तान्तरण गरेको हो ।

नेकपा माङसेबुङ अध्यक्ष हेमन्त राईले माङ्सेवुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङगो र उपाध्यक्ष सुनिता सुब्बालाई संयुक्त रुपमा सो सामग्री हस्तान्तरण गर्नुभएको हो ।

राह सामाग्रीमा एक हजार केजी चामल, १५ काटुन तेल, पाँच सय केजी नुन र एक सय केजी दाल पालिकालाई उपलब्ध गराईएको नेकपा माङसेबुङ अध्यक्ष राईले बताउनुभयो ।

‘विपतको समयमा यो पार्टी र त्यो पार्टी भनेर खुट्टा तानातान गर्नुभन्दा पनि सबै मिलेर कोरोना भाइरसलाइ परास्त गर्न लाग्नु पर्छ ।’ अध्यक्ष राईले भन्नुभयो ।

राहत सामग्री वितरण कार्यक्रममा माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङगो, उपाध्यक्ष सुनिता सुब्बा, प्रमुख प्रसासकिय अधिकृत डिल्लीराम सुवेदी साथै वडाअध्यक्षहरुको उपस्थिति रहेको थियो ।

माङ्सेबुङ् गाउँपालिकाले लकडाउनका कारण समस्यामा परेका असंगठित मजदुर, विपन्न, असक्त परिवारलाई पहिलो चरणमा राहत वितरण गरिसकेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270