विष्फोट पदार्थसहित नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज र दुई कार्यकर्ता पक्राउ

२३ वैशाख, झापा । इलामको माई नगरपालिका वडा नं. ९ बाट ठूलो परिमाणमा विष्फोट पदार्थसहित नेत्रविक्रम चन्द समूहका तिन जना कार्यकताईलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यलय इलामका अनुसार प्रतिवन्धीत विप्लव समुहका इलाम जिल्ला इन्चार्ज र दुई कार्यकर्ता पक्राउ परेका हुन् । नेपाल प्रहरीको विशेष सुराकीका आधार सशस्त्र प्रहरीसमेतको टोलीले गएराति ११ बजे उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सङ्खुवासभा घर भएका इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, ताप्लेजुङको..

जवरजस्ति नेपाल प्रवश गर्न खोजेपछि झापाको सिमावर्ती क्षेत्रमा हवाई फायर

२३ वैशाख, झापा । नेपाल भारतको सीमा क्षेत्र झापाको झापा गाउँपालिका–४ मा सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेका छन् । सय बढी भारतीय नागरिकले सुरक्षाकर्मीमाथि बल प्रयोग गरी नेपाल प्रवेश गर्न खोजेपछि सीमामा तैनाथ सशस्त्र प्रहरीले हवाई फायर गरेका हुन् । झापा गाउँपालिका–४ स्थित सुकुम्वासी बस्ती नजिकै हिजो बेलुका पौने ५ बजे सो घटना भएको सशस्त्र प्रहरी बल २ नम्बर गण झापाले जनाएको छ । सशस्त्र प्रहरी बल बोर्डर..

नगरपालिकाले वितरण गरेको चामल कमसल भएको गुनासो आएपछि मेयरद्धारा नै छानविन सुरु

२२ वैशाख, सुनसरी । नगरपालिकाले राहतकालागि खरिद गरेको चालम मिश्रित र कमसल पाईएको भन्दै सुनसरीको रामधुनी नगरपालिकाले छानबिन प्रक्रिया अगाडि बढाएको छ । लकडाउनको समयमा विपन्न नागरिकहरूलाई राहत वितरण गर्न भनेर खरिद गरिएका खाद्यान्न (चामल)मा मिश्रण पाईएको नगर प्रमुख जयप्रकास चौधरीले बताउनुभएको छ । एक विज्ञप्ति जारी गर्दे नगरप्रमुख चौधरीले छानबिन प्रक्रिया अगाडि बढाइएको बताउनुभएको छ । नगरपालिकाले झुम्कास्थित गृहलक्ष्मी राइस मिलसँग गे्रडिङ मन्सूली चालम खरिदकालागि सम्झौता गरेको थियो ।..

दुहवीको कोरोना राहत कोषमा मारवाडी सेवा समितिको आर्थिक सहयोग

२२ वैशाख, सुनसरी । मारवाडी सेवा समिति दुहवीले दुहबी नगरपालिकाको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ । विश्वमहामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९)का कारण जारी लकडाउनले गरीब र न्युन आय भएका वर्गलाई समस्या परेको भन्दै समितिले ६१ हजार १ सय ११ रुपैँया रकम वरावरको चेक नगरप्रमुख बेदनारायण गच्छदारलाई हस्तान्तरण गरेको हो । सो चेक हस्तान्तरण कार्यक्रममा दुहवी नगरप्रमुख बेदनारायण गच्छदार, नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत विनोद कुमार न्यौपाने, मारवाडी..

लकडाउनको मैका छोपि कालोबजारी गर्ने गैराहदहका पसलहरुलाई कारवाही

२२ वैशाख, झापा । जिल्लास्तरीय आपूर्ति व्यवस्था, अनुगमन सहजीकरण तथा नियन्त्रण समिति झापाले गौरादह नगरपालिकामा रहेका विभिन्न खाद्यान्न पसलहरूलाई ६० हजार रूपैयाँ जरिवाना गरेको छ । समितिले आईतवार गौरादहका ५ वटा पसललाई ६० हजार रुपैँया जरिवाना गरेको जनाएको छ । नगरमा गरिएको अनुगमनका क्रममा मुल्य सुचि नराख्ने, बिलबिजक जारी नगर्ने, कारोवारस्थलमा खाता नराख्ने पसलहरुलाई जरिवाना गरिएको अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो । उपभोक्ताहरूले..

नोबेल अस्पताललाई कारबाही गर्न उदयपुरका जनप्रतितिनिधिको माग

२१ वैशाख, हेटौडा । उदयपुर घर भएकै कारण विरामीको उपचार गर्न नमान्ने विराटनगरको नोबेल अस्पताललाई कारबाही गर्न उदयपुरका जनप्रतितिनिधिले माग गरेका छन् । आज बिहान जिल्ला सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलन गर्दै प्रदेशसभा सदस्यहरु विमल कार्की, नारायण बुर्जा मगर तथा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दे नोबेल अस्पतालमाथी कार्वाहीको माग गर्नुभएको हो । केही दिन अघिमात्र उदयपुरको त्रियुगा–११ की २९ वर्षिया सरस्वती रौनियार प्रसुति गराउन नोबेल अस्पतालमा..

धरानका खाद्यान्न पसलहरुमा मूल्यसूची अनिवार्य

२१ वैशाख, सुनसरी । धरान उपमहानगरपालिकाले मूल्यसूची राखेर खाद्यान्न, मासु र तरकारीका पसल विहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको अध्यक्षतामा बसेको बजार अनुगमन समितिको बैठकले उक्त निर्णय गरेको हो । धरान उपमहानगर भित्र रहेका पसलले उद्योग वाणिज्य धरान संघ संग समन्वय गरेर खाद्यान्न, मासु, तरकारी पसल खुल्ला गर्दा अनिवार्य रुपमा मूल्यसूची राख्नुपर्ने प्रावधान उल्लेख गरिएको छ । अनुगमनका क्रममा मूल्यसूचि नभेटिए..

झापामा वाढीले बगाएर एक जनाको मृत्यु

२१ वैशाख, झापा । झापाको अर्जुनधारा नगरपालिका–१ स्थित सातकटेरीमा बाढीले बगाएर हिजो साझ एक जनाको मृत्यु भएको छ । सातकटेरीस्थित टाङटिङ खोलामा आएको बाढीले बगाएर दुर्गाबहादुर खपाङ्गी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले गृहखबरलाई जनाकारी दिएको छ । जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार हिजो रातिको पानीका कारण सानो नेते खोलामा आएको बाढीले बगाएर उनको मृत्यु भएको हो ।

ताप्लेजुङको फुङलिङमा भिषण आगलागीः तस्विरमा हेर्नुहोस्

२० वैशाख, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजारमा गएराती भएको आगलागीका कारण करोडौँ मुल्य बराबरको क्षती भएको छ । आगलागीबाट ७ वटा घर जलेका छन् अन्य स–साना दर्जेनौ टहरहरु जलेको बताईएको छ । आगलागीका कारण अनुमानित ८ करोड रुपैँयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तात्लेजुङका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक मोहन पोख्रेलले बताउनुभयो । आगलागीका तस्विरहरु हेर्नुहोस्ः  

आफूमाथी सामूहिक बलात्कार भएको भन्दै युवतीद्धारा उजुरी, दुई जना पक्राउ

१९ वैशाख, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा गत १४ गते एक युवती माथि सामूहिक बलात्कार भएको भन्दै उजुरी परेको छ । इटहरी उपमहानगरपालिका–११ स्थित सिमरबनामा मोरङ सुन्दरहरैचा–८ की १७ वर्षीया युवतीलाई ९ जना युवाले समूहिक बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी परेको हो । सिमरबना चौकको एकान्त बगैचाको घारीमा आफूलाई ९ जना युवाहरूले सामुहीक रुपमा बलात्कार गरेको भन्दै पीडित युवती स्वयमले प्रहरीमा उजुरी दर्ता गरेको प्रहरीले जनाएको..