वडाध्यक्षद्धरा घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

वडाध्यक्षद्धरा घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

१९ वैशाख, सुनसरी । सुनसरीको दुहवी नगरपालिका–६ ले वडाका बृद्धबद्धालाई सामाजिक सुरक्षा भत्ता घर घरमै पुगेर बितरण गर्न सुरु गरेको छ । वडाध्यक्ष मुन्ना शाह (हलुवाई)को अगुवाईमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्न सुरु गरिएको हो ।
लकडाउनका कारण बैङ्कबाट भत्ता बितरण गर्न नसकिए पछि वडाध्यक्ष शाह आफै सामाजिक सुरक्षा भत्ता बितरण गर्न लागि पर्नुभएको छ । वडा नम्वर ६ मा जम्मा २१५ जना जेष्ठ नागरीक, एकल महिला, दलित, विधुवा महिला, अपाङ्ग भएका व्यक्तिहरु रहेका छन् । अहिले उनिहरुको घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण भईरहेको छ ।
वडाध्यक्ष शाह भन्नुहुन्छः ‘टोल टोलमा बितरण गर्दा भिडभाड हुन सक्छ । त्यसैले हामी जनप्रतिनिधिहरु घर घरमै गएर भत्ता वितरण गरेका हौँ ।’
चौमासिक रुपमा बितरण गर्दै आएको भत्ता लकडाउनका कारणले समयमै उपलब्ध गराउन नसके पनि दुहवी नगरपालिका–६ ले लकडाउन जारी नै रहे पनि घरघरमा पुगेर बितरण गर्न सुरु गरेको अध्यक्ष शाह गृह खबरलाई बताउनुभयो ।
आज सम्म ११५ जनाले सामाजिक सुरक्षा भत्ता पाईसकेको र अन्यलाई शुक्रबार, शनिबार सार्वजनिक विदा भएकाले आईतबार वितरण गरीने वडा अध्यक्ष शाहले बताउनुभयो ।
साथै सो वडाले लकडाउनकै समयमा पनि सडक बत्ति मर्मत तथा व्यवस्थापनको कार्यलाई पनि निरन्तरता दिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270