हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षको दाविः चीनले नेपाली भूमी अतिक्रमण गरेकै हो

८ असोज, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर तामाङले चीनले अतिक्रमण गरेको भन्ने नेपाली क्षेत्रमा आफूहरु पुगेको स्पष्ट पार्नुभएको छ । नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै उहाँले आफूहरु चीनले नेपाली भूभागमा बनाएका घर हेर्न पुगेको पनि स्पष्ट पार्नुभएको हो । कुराकानीको क्रममा उहाँले भन्नुभएको छ–‘हामी त्यही पुग्यौँ । भवनसम्मै पुग्यौँ । त्यसपछि चिनका सेनाहरू पनि आएका थिए । त्यसपछि हामी ब्याक हुनुपरेको थियो ।’ चीनले सेनाहरू पनि ल्याएको..

आज थपिए ११७२ जना कोरोना संक्रमित, ७ जनाको मृत्यु

७ असोज, झापा । आज मात्र नेपालमा ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ९ हजार ४ सय ५९ जनाको नमूना परीक्षण गर्दा ११७२ जनामा संक्रमण पुष्टि भएको हो । आजै १८९३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । नेपालको पछिल्लो संक्रमण मुक्त दर ७३.७ प्रतिशत रहेको समेत..

झापा गैरादहका बिपन्न परिवारलाई निशुल्क रुपमा धारा जडान

७ असोज, झापा । झापाको गौरादह नगरपालिका भित्रका गरिब तथा बिपन्न परिवारलाई गौरादह खानेपानी तथा उपभोक्ता समितिले निशुल्क रुपमा धारा जडान गरिदिएको छ । धारा जडान पछि नगरका गरिव तथा विपन्न घरपरिवारले शुद्ध पिउने पानी उपभोग गर्न पाएका छन् । खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गौरादहले वडा कार्यालयहरुसंग समन्वय गरी सुकुम्बासी परिवारलाई पानी पिउने व्यवस्था मिलाएको हो । उपभोक्ता समितिले पहिलो चरणमा नगरपालिका भित्रका वडा नं १, २ र ३..

जवरजस्तिकरणी गरी फरार रहेका २ जना १२ बर्ष पछि पक्राउ

६ असोज, इलाम । फैसला कार्यन्वयन प्रक्रियालाई तीब्रता दिने अभियान अन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेकाहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न सुरु गरेको छ । २०६४ मा झापा साधुहोली जंगलमा सामुहिक रुपमा जवरजस्तिकरणी गरी फरार रहेका इलाम चुलाचुली–३ का ३० वर्षीय मिलन राई भनिने अनिश राई र ३१ वर्षीय जितकुमार राई भन्ने निश्चल राईलाई प्रहरीले पक्राउ गरेको हो । खोजतलासको क्रममा उनीहरुलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी..

दमकमा दुई स्वास्थ्यकर्मीसहित थप १४ जनामा कोरोना संक्रमण

६ असोज, झापा । झापाको दमकमा आज दुई स्वास्थ्यकर्मीसहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दमक नगरपालिका–५ का एकै परिवारका पाँच जनामा संक्रमण देखिएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमित हुने त्यस परिवारमा ८ वर्षका बालक पनि रहेका छन् । त्यस्तै दमक ४ , ७ र ८ वडाका ८ जना स्थानीयमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी दमक अस्पतालका दुईजना स्वास्थ्यकर्मीलाई पनि संक्रमण देखिएको छ..

विराट मेडिकल कलेजमा ३७ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु

५ असोज, सुनसरी । कोरोना संक्रमणका कारण विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आज एक महिलाको मृत्यु भएको छ । ताप्लेजुङ स्थायी ठेगाना भएकी ३७ वर्षीय महिलाको बिहान ९ः४५ बजे मृत्यु भएको हो । विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार मृतक महिलामा कलेजो सम्बन्धि गम्भिर समस्या थियो । मृतक महिला भाद्र ३० गते विराट मेडिकल कलेजमा भर्ना भएकी थिइन् । महिलालाई आफन्तले सुरुमा नोबेल मेडिकल कलेजमा..

६ महिना पछि आन्तरिक उडान आजबाट शुरु

५ असोज, काठमाण्डौँ । कोरोना महामारीका कारण ६ महिना देखी रोकिएको आन्तरिक उडान आजबाट शुरु भएको छ । नेपाल एयरलाइन्सले पहिलो उडान भरेको छ । पहिलो दिन नै आन्तरिक हवाई यात्राका लागि बुकिङ उत्साहजनक रहेको बताइएको छ । नेपाल एयरलाइन्सका अलावा निजी हवाई सेवाका यती एयरलाइन्स लगायतले उडान शुरु गरेका छन् । उडान भर्न र यात्रा गर्न स्वास्थ्य मापदण्ड अनिवार्य अपनाउनुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य शतर्कता अपनाएर शुरु गरिएको..

समाजसेवी खनालद्धारा चुलाचुलीका विपन्न परिवारलाई राहत वितरण

४ असोज, इलाम । चुलाचुलीका पूर्व गा.वि.स. अध्यक्ष समेत रहनुभएका समाजसेवी ओमनारायण खनालले स्वर्गीय आमा पवित्र खनालको ४५ औँ पुन्यतिथीको अवसरमा चुलाचुलीका विपन्न परिवारलाई खाद्यन्न राहत वितरण गर्नुभएको छ । ५ औँ संविधान दिवसको अवसर पार्दै स्वर्गिय आमाको स्मृतीमा उहाँले चुलाचुली वडा नं. १ देखी वडा नं. ५ सम्मका ४० घरपरिवारलाई १० कुईन्टेल चामल वितरण गर्नुभएको छ । प्रतिपरिवार २५ केजि चामल, एक लिटर तेल, एक केजी सोईविनका दरले खाद्यन्न..

स्वास्थ्य शुरक्षा अपनाउदैँ शिक्षा क्षेत्रलाई संञ्चालनमा ल्याउन सरोकारवालाहरुको जोड

४ असोज, इलाम । कोरोना भाइरस संक्रमणका कारण प्रभावित भएको शिक्षा क्षेत्रलाई स्वास्थ्य शुरक्षा सर्तकता अपनाउदैँ संञ्चालनमा ल्याउन इलामका सरोकारवालाहरुले बताएका छन् । वैकल्पिक विधिको प्रयोग गरेर भए पनि शैक्षिक शत्रलाई खेर फाल्न नहुने उनीहरुको भनाई छ । अनेरास्ववियू इलाम जिल्ला कमिटी इलामले संविधान दिवसको अवसरमा आयोजना गरेको ‘शिक्षा क्षेत्रमा कोभिड १९ ले पारेको असर र समाधानको उपाय’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले वैकल्पिक सिकाइलाई प्राथामिकता दिएका हुन् । अन्तकृयामा सहभागी..

नेकपा चुलाचुलीद्धारा संविधान दिवसको अवसरमा द्विप प्रज्वलन

३ असोज, इलाम । इलामको चुलाचुली गाउँपालिकामा पनि ५औँ संविधान दिवस (राष्ट्रिय दिवस) दिप प्रज्वलन गर्दै मनाईएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चुलाचुली गाउँ कमिटी र अनेरास्ववियू चुलाचुलीको सहकार्यमा आज साँझ चुलाचुली ५ स्थित हाङ्देवा चौकमा दिप प्रज्वलन गरिएको हो । नेकपा चुलाचुलीका अध्यक्ष शुक्र लावती (तुला)को अध्यक्षतामा भएको कार्यक्रममा नेकपा प्रदेश–१ कमिटी सदस्य कान्छा लावती, नेकपा जिल्ला कमिटी इलामका सचिवालय सदस्य तथा चुलाचुलीका ईन्चार्ज ओमनारायण खनाल, नेकपा जिल्ला..