५ असोज, काठमाण्डौँ । कोरोना महामारीका कारण ६ महिना देखी रोकिएको आन्तरिक उडान आजबाट शुरु भएको छ । नेपाल एयरलाइन्सले पहिलो उडान भरेको छ ।
पहिलो दिन नै आन्तरिक हवाई यात्राका लागि बुकिङ उत्साहजनक रहेको बताइएको छ । नेपाल एयरलाइन्सका अलावा निजी हवाई सेवाका यती एयरलाइन्स लगायतले उडान शुरु गरेका छन् ।
उडान भर्न र यात्रा गर्न स्वास्थ्य मापदण्ड अनिवार्य अपनाउनुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य शतर्कता अपनाएर शुरु गरिएको उडानमा यात्रु उत्साही भएका छन् ।
कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गरी उडान बन्द गरिएकोमा सरकारले आजबाट शुरु गर्ने निर्णय गरेको थियो ।