४ असोज, इलाम । चुलाचुलीका पूर्व गा.वि.स. अध्यक्ष समेत रहनुभएका समाजसेवी ओमनारायण खनालले स्वर्गीय आमा पवित्र खनालको ४५ औँ पुन्यतिथीको अवसरमा चुलाचुलीका विपन्न परिवारलाई खाद्यन्न राहत वितरण गर्नुभएको छ ।
५ औँ संविधान दिवसको अवसर पार्दै स्वर्गिय आमाको स्मृतीमा उहाँले चुलाचुली वडा नं. १ देखी वडा नं. ५ सम्मका ४० घरपरिवारलाई १० कुईन्टेल चामल वितरण गर्नुभएको छ । प्रतिपरिवार २५ केजि चामल, एक लिटर तेल, एक केजी सोईविनका दरले खाद्यन्न राहत वितरण गरिएको हो ।
कोरोना महामारीका कारण रोजगारी गुमाएका तथा आर्थिक अवस्था अत्यन्तै कमजोर भएका परिवारको पहिचान गरेर प्रत्येक वडामा पुगेर खाद्यन्य वितरण गरिएको छ । चाडपर्वको मुखमा उनीहरुलाई झनै समस्या पर्ने भन्दै त्यो समस्या नहोस् भनेर आफुले सक्दो सहयोग गरेको समाजसेवी खनालको भनाई छ ।
आउदो समयमा पनि यस्ता सहयोगका कार्यक्रमहरु लिएर आफू चुलाचुलीवासीको घरदैलोमा आईरहने उहाँले प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।