समाज

प्रदेश–५ को राजधानी दाङलाई तोक्ने पक्षमा मतदान गर्ने नेकपा प्रदेश–५ संसदीय दलको निर्णय
१७ असोज, रुपन्देही । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश–५ संसदीय दलको आजको बैठकले प्रदेशको राजधानी दाडको देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्तावमा मतदान गर्ने निर्ण गरेको छ । बैठकले प्रदेशसभामा हिजो पेस भएको प्रदेशको स्थायी राजधानी र नामाकरणसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । उक्त बिषयमा आज बिहानैबाट बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा प्रदेश–५ का प्रमुख सचेतक भूमिश्वर..

झापाको कचनकवलमा लागुऔषधसहित एक जना पक्राउ
१६ असोज, झापा । झापाको दक्षिणी सीमावर्ती गाउँपालिका कचनकवल–१ बाट लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार किशनगञ्ज सुखानाडिगी पदमपुरका ३२ वर्षीय फरबेद आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ भारतबाट नेपालतर्फ आउँदै गर्दा कचनकवल–१ स्थित बगानमा जाँच गर्ने क्रममा आलमको साथबाट ११.६५ ग्राम ब्राउनसुगर..

पहिलो बलात्कारको घटना लुकाईयो, पुनः बलात्कार संगै हत्या नै भयो !
१२ असोज, काठमाण्डौँ । पछिल्लो समय नेपालमा बलात्कार जस्तो जघन्य घटना दिनहुँ जसो बाहिर आईरहेको छ । यस्तै घटना फेरी बझाङ जिल्लामा पनि घटेको छ । बझाङ जिल्लाको मष्टा गाउँपालिका–२ की १२ वर्षीय बालिका सम्झना विकको वलात्कार पछि क्रुरतापूर्वक ढंगले हत्या गरिएको घटना भर्खेरै मात्र बाहिर आएको छ । बलात्कारमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन ढिलाइ हुँदा निम्तिने दुष्परिणामको उदाहरण बनेको छ यो घटना । बलात्कारीलाई समयमै प्रहरी प्रशासनसमक्ष उभ्याएर कारवाहीको..

मन्त्रिपरिषद बैठक जारी
११ असोज, काठमाण्डौँ । मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मन्त्रिमण्डल पूनर्गठनको तयारी गरेको समयमा आकस्मिक रुपमा बसेको बैठकलाई बिशेष रुपमा लिईएको छ । आजमात्रै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच यही विषयमा केन्द्रित रहेर छलफल भएको थियो । मन्त्रिमण्डल पूनर्गठन गर्दा के–कस्तो मापदण्ड बनाउने ? भन्नेबारे..

ए क्लासको एसियाली राजमार्गसँग जोडियो नेपाल
११ असोज, झापा । नेपाली राजमार्ग एसियाली राजमार्गसँग जोडिएका छन् । नेपाल र भारत जोड्ने सीमामा रहेको मेची नदीमा चार लेनको पुल निर्माण भएसँगै ‘ए क्लास’ को एसियाली राजमार्गसँग नेपालको पहुँच जोडिएको हो । एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा सात सय ९० मिटर लम्बाइको पुल निर्माण भएसँगै नेपाल एसियाली राजमार्गसँग जोडिएको हो । मेची पुलसँगै नेपालतर्फ डेढ किलोमिटर ‘एसियन हाइवे एप्रोच रोड’ समेत निर्माण गरिएको छ । यसअघि सीमापारि पनि..

इलाममा लेप्चा जातिको संस्कृति उत्थानका लागि ‘उद्यान’ बनाईदैं
१० असोज, इलाम । लोपोन्मुख समुदायमा पर्ने लेप्चा जातिको संस्कृतिको उत्थान र प्रवद्र्धनका लागि इलामको सूर्याेदय नगरपालिकाले उद्यान बनाउन सुरु गरेको छ । नगरपालिकाले लेप्चा जातीको सङग्रहालय नजिकै उद्यान बनाउन थालेको हो । सूर्याेदय–१० को फेन्सोङ लेप्चा गुम्बा नजिकै १२ रोपनी जग्गामा उद्यान निर्माण थालिएको जनाईएको छ । तीन वर्षमा निर्माण सक्ने लक्ष्य रहेको उद्यानको लागत रु एक करोड ८० लाख रहेको छ । गुम्बामा स्थानीय पर्यटकसमेत कम पुग्ने गरेकाले..

विश्वलाई प्रधानमन्त्रीको सन्देशः अहिले संसारलाई मास्क चाहिएको छ न कि बन्दुक !
१० असोज, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेभन्दा अहिले बहुपक्षीयवादको सान्दर्भिकता स्थापित भएको बताउँदै त्यसलाई सङ्कीर्ण राष्ट्रिय स्वार्थले नभई बृहत विश्व हित र विधिमा आधारित व्यवस्थाले सहारा दिनुपर्ने औंल्याउनुभएको छ । न्युयोर्कमा जारी राष्ट्र सङ्घको ७५ औँ महासभामा ‘हामीले खोजेको भविष्य र हाम्रो अपेक्षाको संयुक्त राष्ट्र सङ्घः प्रभावकारी बहुपक्षीय क्रियाशीलताको माध्यमबाट कोभिड–१९ सामना, बहुपक्षीयताप्रति हाम्रो सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि’ विषयमा काठमाडौँबाट अप्रत्यक्षरुपमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सम्बोधन गर्नुहुँदै उहाँले एकतर्फी..

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
९ असोज, काठमाण्डौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उहाँलाई बिहीबार दिउँसो ज्वरो आएको थियो । सिटामोल खाँदा पनि ज्वरो कम नभएपछि उहाँले शुक्रबार बिहानै स्वाब दिनुभएको थियो । मेयर महर्जनको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो । प्रवक्ता महर्जनले मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेको जानकारी पनि दिनुभयो ।

अविरल वर्षाका कारण स्याङ्जामा पहिरो खस्दा एकै परिवारका नौ जनाको मृत्यु
८ असोज, झापा । लगातार परेको अविरल वर्षाका कारण स्याङ्जामा पहिरो खस्दा एकै परिवारका नौ जनाको मृत्यु भएको छ । घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा वालिङ नगरपालिका–१४ तमादीमा नौ जना र कालीगण्डकी गाउँपालिका–४ मा एक गरी १० जनाको मृत्यु भएको छ । पहिरोमा परी तमादीका एकै परिवारका चार जना महिला, चार जना पुरुष र एक जना बालकको ज्यान गएको हो । पहिरोमा परि ४८ बर्षकी माया नेपाली, ६० बर्षकी सानु..

झापा विर्तामोडमा एक नावालक मृत फेला
८ असोज, झापा । झापाको बिर्तामोड नगरपालिका ७ मा एक वालक मृत फेला परेका छन् । मृत भेटिएका वालक सोही वडाका राजु मर्डीको छोरा जीवन मर्डी रहेको प्रहरीले जनाएको छ । दुई बर्षिय नाबालक जीवन गएराती नै घरबाट बेपत्ता भएका थिए । आफन्तले खोजी गर्ने क्रममा आज बिहान रेखा खोलाले बगाएको अवस्थामा ३ सय मिटर दुरीमा उनी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय विर्तामोडले जनाएको छ । घटनाको सम्बन्धमा..