हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षको दाविः चीनले नेपाली भूमी अतिक्रमण गरेकै हो

हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षको दाविः चीनले नेपाली भूमी अतिक्रमण गरेकै हो


८ असोज, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर तामाङले चीनले अतिक्रमण गरेको भन्ने नेपाली क्षेत्रमा आफूहरु पुगेको स्पष्ट पार्नुभएको छ । नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै उहाँले आफूहरु चीनले नेपाली भूभागमा बनाएका घर हेर्न पुगेको पनि स्पष्ट पार्नुभएको हो ।

कुराकानीको क्रममा उहाँले भन्नुभएको छ–‘हामी त्यही पुग्यौँ । भवनसम्मै पुग्यौँ । त्यसपछि चिनका सेनाहरू पनि आएका थिए । त्यसपछि हामी ब्याक हुनुपरेको थियो ।’

चीनले सेनाहरू पनि ल्याएको थियो, तपाईँहरूसँग वार्ता गर्नका लागि ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो–‘प्रतिनिधिहरूको एउटा गाडी अगाडि आएको थियो । दुई ट्रक जति सेना पनि आएको थियो । हामी वार्ताको निम्ति होइन, सीमास्तम्भको अनुगमनको लागि गएका हौँ । हामी जाँदाखेरि त्यहाँको जिल्लालाई जानकारी दिएर हामी यो यो काममा आउँदैछौँ, तपाईँहरू पनि आउँदा राम्रो होला भनेर जानकारी गराएका थियौँ । सोही जानकारी उहाँहरूले हामी आउँछौँ भनेर हामी त्यही स्थानमा पुगेका थियौँ । डेढ घण्टाजति त्यहाँ कुरेका थियौँ । त्यहाँबाट उहाँहरूको प्रतिनिधिहरू आउँदै हुनुहुन्छ, एक घण्टाभित्र हामी पुग्छौँ भन्ने जानकारी आयो । त्यही जानकारीअनुसार हामी त्यहाँ डेढ घण्टाजति कुरेर बसेका थियौँ । डेढ घण्टापछि उहाँहरू आउनुभयो । उहाँहरू पि.पि.ई सेटमा हुनुहुन्थ्यो । यो क्षेत्र हाम्रो हो, अहिले कुरा गर्न मिल्दैन । अहिले कोरोनाको त्रास पनि छ, त्यो हुनाले हामीलाई उहाँहरूले त्यहाँबाट ब्याक हुनको लागि अनुरोध गर्नुभयो ।’

प्रतिक्रिया:

सम्बन्धित खवर