झापा गैरादहका बिपन्न परिवारलाई निशुल्क रुपमा धारा जडान

झापा गैरादहका बिपन्न परिवारलाई निशुल्क रुपमा धारा जडान


७ असोज, झापा । झापाको गौरादह नगरपालिका भित्रका गरिब तथा बिपन्न परिवारलाई गौरादह खानेपानी तथा उपभोक्ता समितिले निशुल्क रुपमा धारा जडान गरिदिएको छ । धारा जडान पछि नगरका गरिव तथा विपन्न घरपरिवारले शुद्ध पिउने पानी उपभोग गर्न पाएका छन् ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गौरादहले वडा कार्यालयहरुसंग समन्वय गरी सुकुम्बासी परिवारलाई पानी पिउने व्यवस्था मिलाएको हो । उपभोक्ता समितिले पहिलो चरणमा नगरपालिका भित्रका वडा नं १, २ र ३ भित्र बसोबास गरेका सुकुम्बासी परिवारलाई धारा बितरण गरेको छ । धारा जडानका लागि मिटर खरिद गर्न वडा कार्यालयले प्रति घरपरिवार २ हजार ५ सय उपलब्ध गराएपछि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले धारा जडान गरेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष बाबुराम भण्डारीले जानकारी गराउनुभयो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वडा नं १, २ र ३ भित्र पाँच सय १७ गरिब तथा बिपन्न घरपरिवारलाई खानेपानी उपलब्ध गराएको छ । उपभोक्ता समितिले खानेपानीको धारा जडान गरेपछि वडा नं १ मा एक सय ९४, वडा नं २ मा एक सय २३ र वडा नं ३ मा दुई सय गरिब तथा बिपन्न घरपरिवार लाभान्वित भएको खानेपानी उपभोक्ता समितिका सचिब डण्डीराज घिमिरेले बताउनुभयो ।

गरिब तथा बिपन्न परिवारले आर्थिक अभावका कारण शुद्ध पिउने पानी पिउन पाएका थिएनन् । शुद्ध पिउने पानीको अभावमा कलको आर्सनिक युक्त आइरन भएको पानी पिउन बाध्य थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर