प्रदेश–५ को राजधानी दाङलाई तोक्ने पक्षमा मतदान गर्ने नेकपा प्रदेश–५ संसदीय दलको निर्णय

प्रदेश–५ को राजधानी दाङलाई तोक्ने पक्षमा मतदान गर्ने नेकपा प्रदेश–५ संसदीय दलको निर्णय

१७ असोज, रुपन्देही । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश–५ संसदीय दलको आजको बैठकले प्रदेशको राजधानी दाडको देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्तावमा मतदान गर्ने निर्ण गरेको छ । बैठकले प्रदेशसभामा हिजो पेस भएको प्रदेशको स्थायी राजधानी र नामाकरणसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

उक्त बिषयमा आज बिहानैबाट बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा प्रदेश–५ का प्रमुख सचेतक भूमिश्वर ढकालले बताउनुभयो ।

उहाँले आज सवै जिल्लाका सांसदहरुले आफ्नो धारण राखेको र अन्नतः सरकारले ल्याएको निर्णयलाई समर्थन गर्ने निष्कर्षमा पुगिएको बताउनुभयो । उहाँले पार्टीले प्रस्तावको पक्षमा मतदान गर्न ह्वप पनि लगाएको बताउनुभयो ।

सांसदले आफ्ना धारणा राखेपछि मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तावका बारेमा थप प्रष्ट पार्ने सहमतिअनुसार प्रस्ताव पास गर्न निर्देशन दिएको सचेतक ढकालले बताउनुभयो ।

प्रस्ताव पास गर्न दुई तिहाई बहुुमत आवश्यक हुन्छ । त्यसका लागि ८७ सांसदमध्ये ६१ सांसद नेकपा छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270