८ असोज, झापा । झापाको बिर्तामोड नगरपालिका ७ मा एक वालक मृत फेला परेका छन् । मृत भेटिएका वालक सोही वडाका राजु मर्डीको छोरा जीवन मर्डी रहेको प्रहरीले जनाएको छ ।
दुई बर्षिय नाबालक जीवन गएराती नै घरबाट बेपत्ता भएका थिए । आफन्तले खोजी गर्ने क्रममा आज बिहान रेखा खोलाले बगाएको अवस्थामा ३ सय मिटर दुरीमा उनी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय विर्तामोडले जनाएको छ ।
घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।