११ असोज, काठमाण्डौँ । मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मन्त्रिमण्डल पूनर्गठनको तयारी गरेको समयमा आकस्मिक रुपमा बसेको बैठकलाई बिशेष रुपमा लिईएको छ ।
आजमात्रै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच यही विषयमा केन्द्रित रहेर छलफल भएको थियो । मन्त्रिमण्डल पूनर्गठन गर्दा के–कस्तो मापदण्ड बनाउने ? भन्नेबारे सचिवालय बैठकमा समेत छलफल भएको थियो । तर, सचिवालय बैठकले यसबारेमा टुँगो लगाउन अध्यक्षद्वयलाई जिम्मेवारी दिएको छ ।