९ असोज, काठमाण्डौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उहाँलाई बिहीबार दिउँसो ज्वरो आएको थियो । सिटामोल खाँदा पनि ज्वरो कम नभएपछि उहाँले शुक्रबार बिहानै स्वाब दिनुभएको थियो । मेयर महर्जनको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।
प्रवक्ता महर्जनले मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेको जानकारी पनि दिनुभयो ।