बाढी, पहिरो र डुबानमा परी आजसम्म ५८ जनाको मृत्यु

३ कार्तिक, झापा । अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ५८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी प्रदेश नं. १ मा ३० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा २० जना गरी जम्मा ५८ जनाको मृत्यु भएको छ । साथै १ नम्बर प्रदेशमा १४ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा १५ जना घाइते भएका छन् ।..

महाकाली नदीमा अहिलेसम्मकै ठूलो बाढी, दुई सय घर डुबानमा

२ कार्तिक, कञ्चनपुर । । लगातारको वर्षाका कारण महाकाली र जोगबुढा नदीमा आएको बाढीबाट तटीय क्षेत्रका दुई सय घर डुबानमा परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेका हुन् । बाढीले चार लेनको महाकाली पुललाई जोड्ने पहुँच मार्गका रुपमा निर्माण भइरहेको ६ लेनको सडकमा पनि क्षति पुर्याएको अधिकारीहरुले जनाएका छ । कञ्चनपुरका..

प्रधानमन्त्री देउवाद्धारा मोहम्मद जयन्तीको शुभकामना

२ कार्तिक, काठमाण्डौँ । । प्रधानमन्त्री शेरबहादुर देउवाले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ । आज मुस्लिम धर्मावलम्वीहरुको धर्म प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्म दिन मनाइँदै छ । यसकैको अवसरमा प्रधानमन्त्री देउवाले ट्वीटमार्फत शुभकामना दिनुभएको हो । ‘मुस्लिम धर्मावलम्वीहरुको धर्म प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लाहू अलैही वसल्लमको जन्म दिन अर्थात मोहम्मद जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण मुस्लिम धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’..

भारतले पेट्रोल कम पठाउन थालेपछि पूर्वमा पेट्रोलको हाहाकार

१ कार्तिक, झापा । । झापामा दुई दिन देखि पेट्रोलको हाहाकार भएको छ । भारतले पूर्वी नेपालको चारआली डिपोका लागि पेट्रोल कम पठाउन थालेपछि झापामा पेट्रोल अभाव भएको हो । इन्डियन आयल कर्पाेरेसनको सिलिगुडी डिपोले नेपालको पूर्वी जिल्लाहरूको माग अनुसार पेट्रोल नपठाइदिएपछि अहिले झापालगायत पूर्वी नेपालका पेट्रोल पम्पहरूले पेट्रोल वितरण गर्न सकिरहेका छैनन । मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अनुसार अहिले झापा, इलाम, पाँचथर तथा ताप्लेजुङका लागि साँढे ७ सय किलोलिटर..

मोहन वैद्यलाई भेट्न प्रचण्ड नर्भिक अस्पतालमा

१ कार्तिक, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नर्भिक अस्पताल पुग्नुभएको छ । दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुग्नुभएको हो । प्रचण्डले वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिनुभएको छ । साथै नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वैद्यको स्वास्थ्य अवस्थाको विषयमा प्रचण्डलाई जानकारी गराएका थिए । वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा..

मुगुमा बस दुर्घटनामा मृत्य हुनेको संख्या ३२ पुग्यो

२७ असोज, मुगु । मुगुमा भएको बस दुर्घटनामा मृत्य हुनेको संख्या ३२ पुगेको छ । मृत्यु हुनेमा २२ पुरुष र १० महिला रहेका छन् । २४ जनाको घटनास्थलमै र ४ जनाको मुगुको ताल्चा विमानस्थलमा, ४ जनाको उपचारको क्रममा नेपालगन्जमा र १ जनाको बाँकेको कोहलपुर अस्पतालमा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो । मृतकमध्ये चालकको पहिचान खुलेको उहाँले बताउनुभयो । मृतक चालक दाबहादुर रावलको रहेको..

अखिल इलामको सर्कुलर बमोजिम चुलाचुलीको दुई स्थानमा एकैसाथ सरसफाई कार्यक्रम सम्पन्न

२० असोज, इलाम । अनेरास्ववियु जिल्ला कमिटी इलामको निर्णय अनुसार चुलाचुली गाउँपालिकाको दुई स्थानमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियु चुलाचुली गाउँ कमिटीको अयोजनामा र युवा संघ नेपाल चुलाचुलीको सहआयोजनामा चुलाचुली ४ को किरात चोलुङ प्रा.वि. मा सरसफाइ गरिएको हो । उक्त विद्यालयमा अनेरास्ववियु चुलाचुली र युवा संघ चुलाचुलीले नै केही महिना अगाडी विरुवा रोपेको थियो । सोही विरुवा गोडमेल तथा विद्यालय परिसर आज सरसफाई गरिएको हो । सरसफाई..

विर्तामोडबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित दुई जना पक्राउ

१२ असोज, झापा । इलाका प्रहरी कार्यालय अनारमनीले ठुलो परिमाणमा ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ । आज बिर्तामोड नगरपालिका–१ पञ्चकन्या क्षेत्रबाट चेकजाँचका क्रममा प्रहरीले एक सय ४६ ग्राम ब्राउनसुगर सहित कनकाई–९ का २६ वर्षीय टेकराज साह र विकास मर्डीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साहको साथबाट ०.५ मिलिग्राम र मर्डीको साथबाट प्रहरीले ४.५ मिलिग्राम ब्राउन सुगर बरामत गरेको थियो । सोधपुछको क्रममा प्रहरीले बिर्तामोडस्थित..

मेसिन गन चोरीको ‘झुठो’ अभियोगमा पक्राउ परेका दुई सैनिक रिहा

१८ भाद्र, काठमाण्डौँ । सैनिक ब्यारेकबाटै मेसिन गन चोरी गरेको अभियोगमा पक्राउ परेका दुई सैनिक आज रिहा भएका छन् । सैनिक विशेष अदालतले थुनामक्त गर्न आदेश दिएपछि जिल्ला कारागार चितवनबाट सेनाका अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ रिहा भएका हुन् । दुई सैनिक विगत २८ महिनादेखि थुनामा थिए । सैनिक अदालतले उनीहरुलाई तीन वर्षसम्म पदोन्नतिमा रोक्का गर्ने निर्णय गरेको छ । उनीहरुले चोरेको भनिएको हतियार महेन्द्र दल गणमा कार्यरत..

विपत्तिमा परेका नागरिकको जीवन रक्षामा ध्यान दिन गृहमन्त्रीको निर्देशन

१७ भाद्र, काठमाण्डौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपत्तिमा परेका नागरिकको जीवन रक्षामा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । उहाँले कास्की, तनहुँ र दाङका विभिन्न क्षेत्रमा विपद्का कारण धनजनको क्षति भएका दुखद घडीमा सम्वन्धीत जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नागरिकको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरेर काम गर्न निर्देशन दिनुभएको हो । तीन वटै जिल्लामा भएका मनसुनजन्य घटनाका बारेमा जानकारी लिँदै उहाँले विपद् जोखिम न्यूनीकरणमा सक्रियतापूर्वक..