बाढी, पहिरो र डुबानमा परी आजसम्म ५८ जनाको मृत्यु

बाढी, पहिरो र डुबानमा परी आजसम्म ५८ जनाको मृत्यु


३ कार्तिक, झापा । अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ५८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी प्रदेश नं. १ मा ३० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा २० जना गरी जम्मा ५८ जनाको मृत्यु भएको छ ।

साथै १ नम्बर प्रदेशमा १४ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा १५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा २६ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा १ हजार २८ वटा घर डुबानमा परेका छन् । ३० वटा घर, २ वटा गोठ, ४ वटा पुल, र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय १ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा १ सय ३४ वटा विपद्का घटनाबाट १ हजार ५० वटा घर परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर