२ कार्तिक, काठमाण्डौँ । । प्रधानमन्त्री शेरबहादुर देउवाले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ ।
आज मुस्लिम धर्मावलम्वीहरुको धर्म प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्म दिन मनाइँदै छ । यसकैको अवसरमा प्रधानमन्त्री देउवाले ट्वीटमार्फत शुभकामना दिनुभएको हो ।
‘मुस्लिम धर्मावलम्वीहरुको धर्म प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लाहू अलैही वसल्लमको जन्म दिन अर्थात मोहम्मद जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण मुस्लिम धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ ट्वीटमा प्रधानमन्त्री देउवाले लेख्नुभएको छ ।