समाज

कुखुरा चोर पत्ता लगाउनेलाई २१ हजार पुरस्कार दिने घोषणा
१३ भाद्र, इलाम । इलामको चुलाचुली गाउँपालिकाका एक युवाले कुखुरा चोर पत्ता लगाउनेलाई रु २१ हजार रुपौँया पुरस्कार दिने घोषणा गरेका छन् । चुलाचुली ४ का युवा अभियान्ता कुमार राईले आफ्नो आमाले पालेको ७ वटा कुखुरा रातको समयमा चोरले चोरेर लगेपछि यस्तो घोषणा गरेका हुन् । उनले समाजिक संञ्जाल मार्फत आमाको कुखुरा चोर्ने चोरले भोली समाजमा ठुलो घटना घटाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । फेसबुकमा उनले लेखेका छन्–‘चुलाचुली..

फोहोर ब्यवस्थापन केन्द्र नहुँदा विर्तामोडको फोहोर सडकमै
१३ भाद्र, झापा । झापाको बिर्तामोड नगरपालिकामा फोहोर उठ्न छाडेको छ । नगरपालिकामा फोहोर ब्यवस्थापन केन्द्र नहुँदा फोहोर उठाउने ठेक्का पाएको निराकार सरसफाई सेवा प्रालिले भएर फोहोर उठाउन छाडेको हो । फोहोर उठाउन छोडेपछि चोक–चोक फोहोर थुप्रिन थालेको छ । भदौरै झरीका कारण फोहोर बगाएर बिर्तामोड झनै हाल वेहाल भइरहेको छ । केहि महिनाअघि मात्रै फोहोर उठाउने सम्झौता गरेको निराकारले फोहोर उठाउन छोडेपछि शुल्क तिरेकाहरु समस्यामा परेका छन् । शुल्क..

झापाको कन्काईमा एक परिवारले गरे समुहिक आत्महत्या
७ भाद्र, झापा । झापाको कनकाई नगरपालिका १ स्थित सुरुङ्गाका कोरोनाबाट संक्रमित एक परिवारले नै झुण्डिएर आत्महत्या गरेका छन् । कनकाई नगरपालिका–१ का ४० बर्षिय रविन विश्वकर्मा उनकी श्रीमती २९ बर्षिय मुना विक र उनीहरुकी ८ महिनाकी छोरी रुविना विक आफ्नै घरमा झुण्डिएर आज भेटिएको हो । उनीहरुले आफ्नै घरमा डोरीको पासो लगाएर आत्महत्या गरेका हुन । मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केहिदिन पहिले काठमाण्डौसम्म गएको तर कोरोना संक्रमित..

अफगानिस्तानबाट ५२२ जना नेपाली स्वदेश आईपुगे
५ भाद्र, काठमाण्डौँ । अफगानिस्तानबाट हालसम्म उद्धार गरिएका करिब ६०० नेपाली स्वदेश फर्किएका छन् । गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप ३१७ ले स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन् । अफगानिस्तानमा विद्रोही तालिवान राजधानी काबुल प्रवेश गरेपछि नेपालसहित विभिन्न मुलुकका नागरिक स्वदेश फर्किरहेका छन् । गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले भाद्र १ गतेदेखि आजसम्म झण्डै ६०० नेपाली अफगानिस्तानबाट स्वदेश फर्किएको जानकारी दिनुभयो..

भिडियो खिची युट्युबमा हालेर महिलाको चरित्र हत्या गर्ने ४ युट्युबर पक्राउ
४ भाद्र, झापा । झापा बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने २ युट्युबर र २ टिकटकर पक्राउ परेका छन् । एक पुरुष र २ महिलाले खाजा खाइरहेका बेला भिडियो खिची युट्युब र टिकटकमा अपलोड गरेर चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एकजना रहेका छन् । केही युट्युबर भने फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको..

झापामा तीन गुणाले बढ्यो सवारी दुर्घटना
१ भाद्र, झापा । झापामा अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०७७/०७८ मा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताउनुभयो । प्रहरीको विवरण अनुसार झापामा आर्थिक वर्ष २०७६/७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आ.व. २०७७/७८ मा ६५७ सवारी दुर्घटना भएको छ । यो..

झापामा दुई लाखले लगाए कोरोना विरुद्धको खोप
३१ श्रावण, झापा । झापाका करिव दुई लाख नागरिकले कोरोना विरुद्ध खोप लगाई सकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लाका १५ वटै स्थानीय तहमा दुई चरणमा गरि हालसम्म कुल एक लाख ९५ हजार ४८ डोज खोप झापाबासीले कोभिड विरुद्धको कोभिसिल्ड, भेरोसेल र जोनसन खोप लगाएका हुन् । ती मध्ये पहिलो डोज १ लाख ७४ हजार ४ सय ५९ जनाले लगाइसकेका छन् भने २० हजार ५ सय ८९ जनाले दोस्रो..

बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भूतपूर्व गोर्खाहरू आमरण अनसनमा
३० श्रावण, काठमाण्डौँ । भूतपूर्व गोर्खाहरू समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बसेको शनिबार ८ औँ दिन प्रवेश गरेको छ । बेलायती सांसदहरू र विपक्षी दल लेबरको समेत दबाब हुँदा पनि गोर्खा मागबारे बेलायत सरकार अझै मौन छ । वर्षाैँदेखि आफूहरूलाई विभेद गरिएकामा भूतपूर्व गोर्खा सैनिकहरू निकै आन्दोलित र आक्रोशित छन् । बेलायत सरकारले आफ्ना समस्या समाधानमा चासो नदिएको भन्दै १७ दिनको रिले अनसनपछि गत शनिबारदेखि..

फाल्गुनन्द मार्ग निर्माणमा ढिलासुस्ती, स्थानिय दुर्घटनाको सिकार बन्दै
३० श्रावण, झापा । झापाको दमकदेखि पाँचथरको रविसम्म जोड्ने दमक चिसापानी पञ्चमी (प्रस्तावित फाल्गुनन्द मार्ग) निर्माणको काम ठेकेदार कम्पनीले अलपत्र छाड्दा स्थानीयले सास्ती झेल्दै आएका छन् । ठाउँ–ठाउँमा सडक भत्किएर हिलाम्मे बन्दा सवारीसाधन गुड्ने अवस्था छैन । निर्माण सुरु भएको झन्डै तीन दशकसम्म पनि सडक निर्माणले पूर्णता पाएको छैन । दमकदेखि रविसम्मको ४४ किलोमिटर सडकमध्ये पहिलो चरणको ६ दशमलब २ किलोमिटर सडक कालोपत्रे गर्न काठमाडौंको महालक्ष्मी–किरातेश्वर जेभीले २० करोड रूपैयाँमा..

‘गगंटे सरकार’ भन्दै रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईद्धारा राजिनामा
२७ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवा देखि गठबन्धनका नेताहरुलाई गाली गरेर चर्चामा आएका गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकबाट राजीनामा दिनुभएको छ । उहाँले आज पदबाट राजीनामा दिनुभएको हो । भट्टराईलाई केपी शर्मा ओली नेतृत्वको सरकारले गत वर्ष रेल्वे कम्पनीमा महाप्रबन्धकका रुपमा नियुक्त गरेको थियो । उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका नाममा राजीनामा पत्र बुझाउनुभएको छ । सरकारले भट्टराईसँग स्पष्टिकरण सोधेको थियो । उहाँमाथि पदीय आचरण विपरित..