विपत्तिमा परेका नागरिकको जीवन रक्षामा ध्यान दिन गृहमन्त्रीको निर्देशन

विपत्तिमा परेका नागरिकको जीवन रक्षामा ध्यान दिन गृहमन्त्रीको निर्देशन


१७ भाद्र, काठमाण्डौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपत्तिमा परेका नागरिकको जीवन रक्षामा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

उहाँले कास्की, तनहुँ र दाङका विभिन्न क्षेत्रमा विपद्का कारण धनजनको क्षति भएका दुखद घडीमा सम्वन्धीत जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नागरिकको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरेर काम गर्न निर्देशन दिनुभएको हो ।

तीन वटै जिल्लामा भएका मनसुनजन्य घटनाका बारेमा जानकारी लिँदै उहाँले विपद् जोखिम न्यूनीकरणमा सक्रियतापूर्वक लाग्न पनि आग्रह गर्नुभयो ।

गृहमन्त्री खाँणले कास्कीका प्रजिअ थानेश्वर गौतम र तनहुँका सागर आचार्यसँग लगातारको वर्षातपछिको पहिराले र्पुयाएको क्षतिबारे जानकारी लिनुभएको हो भने दाङमा बिहान भएको कार दुर्घटनाबारे प्रजिअ रामबहादुर कुरुम्बाङसँग जानकारी लिनुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर