दैनिक दुई घण्टा पसल खोल्न पाउने दमक नगरपालिकाको निर्णय

१६ वैशाख, झापा । झापाको दमक नगरपालिकाले अत्यआवश्यकीय खाद्य सामाग्रिका पसलहरु दैनिक २ घण्टा खोल्न दिने निर्णय गरेको छ । हप्तामा दूईदिन खोल्दा झन् भिडभाड बढेको र जोखिम पैदा भएको भन्दै दैनिक १२ देखि २ बजेसम्म उपभोग्य खाद्य सामाग्रि पसलहरु खुल्ला गर्ने निर्णय गरेको हो । कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम दमक नगर समन्वय समितिका संयोजक एवं नगर प्रमुख रोमनाथ ओलीका अनुसार सामाजिक दुरी कायम राखेर दैनिक २ घण्टा..

इलामको पशुपतिनगर हुँदै लुकीछिपी नेपाल प्रवेश गर्ने २० जनालाई फिर्ता पठाईयो

१६ वैशाख, इलाम । इलामको पशुपतिनगर नाका हुँदै लुकीछिपी नेपाल प्रवेश गर्ने २० जना नेपालीलाई प्रहरीले फिर्ता पठाईएको छ । सोमबार(हिजो) बिहान भारतको सुकीया दार्जिलिङबाट पुलखोला हुँदै पशुपतिनगरबाट नेपाल प्रवेश गरीरहेका अवस्थामा उनहिरुलाई प्रहरीले नियन्त्रणमा लिएर उतै फिर्ता पाएको हो । दोलखा घर बताउने उनिहरु कामको शिलशिलामा भारतका बिभिन्न स्थानमा कार्यरत रहेर घर जान भनि नेपाल प्रवेश गर्न लागका थिए । शसस्त्र प्रहरी बल(बीओपी) पशुपतिनगरका इन्सपेक्टर पवन खड्काका अनुसार भारतबाट..

विजुली सर्ट भएर आगलागी हुँदा राईस मिल सहित एक घर जलेर नष्ट, करिव २१ लाख बराबरको क्षती

१६ वैशाख, झापा । झापाको झापा गाउँपालिका–३ मा पर्ने सिमलबाडीमा आगलागी हुँदा राईस मिल सहित एक घर जलेर नष्ट भएको छ । लालप्रसाद राजबंशीको जयसन्तोषी राइस मिल र मिलकै छेउमा रहेको प्रलाद मण्डलको घर पुर्ण रुपमा जलेर नष्ट भएको झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले जानकारी दिनुभयो । आज बिहान करिब तीन बजे तिर लागेको आगोले राईस मिल जल्दा करिब साढे ६ लाख बराबरको क्षति भएको राईस मिलका संचालक लालप्रसाद राजबंशीले..

यो बर्ष उभौली नमनाउने किरात राई यायोख्खाको निर्णय

१५ वैशाख, झापा । किरात राई समुदायले यस बर्षको साकेला उभौली पर्व कोरोना भाइरसका कारण नमनाउने भएका छन् । प्रत्येक बर्ष वैशाख महिनामा मनाउने उभौली पर्व यो बर्ष भने नमनाउने निर्णय भएको किरात राईहरुको जातिय संस्था किरात राई यायोक्खाले जनाएको छ । किरात राई यायोक्खा केन्द्रीय सचिवालयको भिडियो कन्फ्रेरेन्स बैठक आज सम्पन्न भएको थियो । उक्त बैठकले यो बर्ष उभौली नमनाउने निर्णय गरेको हो । साकेला उभौली पर्व यस वर्ष..

‘लकडाउन’ थप कडाई गर्न गृहमन्त्रालयको निर्देशन

१५ वैशाख, काठमाण्डौँ । लकडाउनलाई थप कडाइ साथ लागू गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । सोमबार(आज) मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र वा पासबिनाका सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार मजदूर तथा डेरामा बसिरहेकाहरूका लागि उद्दार गर्न अनौपचारिकरूपमा साँझ लकडाउन खुकुलो बनाइएको थियो । फेरि आजदेखि सवारीसाधनमा रोक लगाएको गृह मन्त्रालय स्रोतले जनाएको छ । बीच बाटोमा पुगेका र बिचल्लीमा..

माङ्सेवुङ गाउँपालिकाले दोस्रो चरणमा राहत वितरण गर्दे

१५ वैशाख, इलाम । इलामको माङसेबुङ गाउँपालिकाकाले लकडाउनका कारण प्रभावित भएका गाउँवासीका लागि दोस्रो चरणमा राहत वितरण गर्ने भएको छ । दोस्रो चरणका राहतका लागि गाउँपालिकाको विपद व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ रकम जम्मा गर्ने निर्णय गरेको छ । आइतबार(हिजो) गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको उपाध्यक्ष सुनिता सुब्बाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका तथा जिल्ला बाहिरबाट आएर सामुदायिक क्वारेन्टाइनमा बसेकाहरुलाई आधारभुत खाद्यान्न सामाग्रीहरु..

सुनसरीको कोशी गाउपालिकाबाट ७ जना भारतीय नागरिक प्रहरीको नियन्त्रणमा

१५ वैशाख, सुनसरी । सुनसरीको कोशी गाउपालिका स्थित केराबारीबाट ७ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुकिछिपि हिँड्दै भारत प्रवेश गर्न लागेको अबस्थामा उनिहरुलाई नियन्त्रणमा लिईएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनिहरु धनकुटाको पाख्रिबास स्थित अरुण खोलाको पुल बनाउँने कामदारहरु हुन् । लामो समय देखी लकडाउन जारी रहेका कारण उनिहरु हिँड्दै भारत जान लागेका थिए । लौकही नजिक पुगेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको र उनिहरुको इनरुवा..

वैशाख २५ सम्मका लागि लकडाउन थप्ने निर्णय

१४ वैशाख, काठमाण्डौँ । लकडाउनको अवधि वैशाख २५ गतेसम्म लम्ब्याइएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले २५ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि तोकिएको वैशाख १५ सम्मको अवधि सकिन एक दिन मात्र बाँकी रहँदा लकडाउनको अवधि १० दिन लागी पुनः थपिएको छ । सरकारले गत चैत्र ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो । पछि उक्त अवधि बढाएर चैत्र २५..

गृह जिल्ला भन्दा बाहिर रहेका इलामेलीलाई राहत सहयोग गर्न समिती गठन (सम्पर्क नम्वर सहित)

१४ वैशाख, इलाम । लकडाउनका कारण प्रभावित इलामेलीहरुलाई सहयोग तथा राहत वितरणका लागि जिल्ला स्तरिय समिति गठन भएको छ । जिल्ला समन्वय समिति इलामको आयोजनामा सबै स्थानीय तहको संयुक्त समन्वय बैठकले सो समिती गठन गरेको हो । संयुक्त बैठकले जिल्लामा कोराना फैलिन नदिन हाललाई जो व्यक्ति जुन ठाउँमा छन् त्यसै ठाउँमा आवश्यक राहत तथा सहयोग गर्ने निर्णय गरेपछि जिल्ला स्तरिय समन्वय समिती गठन गरिएको जिल्ला समन्वय समिती इलामका प्रमुख गणेश..

पश्चिम बंगालमा करिव दुई सय नेपाली अलपत्र, नेपाल ल्याउने तयारी

१४ वैशाख, झापा । नेपालसंग सिमा जोडिएको भारतको पश्चिम बंगालमा लकडाउनका कारण करिव २०० नेपाली अलपत्र परेका छन् । पश्चिम बंगालका गलगलिया, पानीट्याङ्की, नक्सलवाडी लगायतका क्षेत्रमा २०० भन्दा बढी नेपाली नेपाल प्रवेशको प्रतिक्षामा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । सभापति ढकालका अनुसार कतिपय नेपालीहरु भारतीय क्वारेन्टाइनमा बसेका छन् भने, कतिपय आफन्त र अलपत्र अवस्थामा रहेका छन् । स्वदेश आउनका लागि १५० ले नाम टिपाईसकेका छन्..