१५ वैशाख, झापा । किरात राई समुदायले यस बर्षको साकेला उभौली पर्व कोरोना भाइरसका कारण नमनाउने भएका छन् । प्रत्येक बर्ष वैशाख महिनामा मनाउने उभौली पर्व यो बर्ष भने नमनाउने निर्णय भएको किरात राईहरुको जातिय संस्था किरात राई यायोक्खाले जनाएको छ ।
किरात राई यायोक्खा केन्द्रीय सचिवालयको भिडियो कन्फ्रेरेन्स बैठक आज सम्पन्न भएको थियो । उक्त बैठकले यो बर्ष उभौली नमनाउने निर्णय गरेको हो ।
साकेला उभौली पर्व यस वर्ष बैशाख २५ गते देखि सुरु हुदैछ । तर नेपाल सरकारले बैशाख २५ गतेसम्म लकडाउन थप गरेको छ ।
लकडाउन खुले पनि भाइरसको संक्रमणका कारण जोखिम हुने भएकोले भेला भएर भव्यरुपमा नमनाउने निर्णय भएको किरात राई यायोख्खाका महासचिव जनक राईले बतानउनुभयो ।
यायोख्खाले चुला पुज्ने, कुलपितृ गर्ने कार्यक्रमहरु भने गर्न सकिने जनाएको छ ।