विजुली सर्ट भएर आगलागी हुँदा राईस मिल सहित एक घर जलेर नष्ट, करिव २१ लाख बराबरको क्षती

१६ वैशाख, झापा । झापाको झापा गाउँपालिका–३ मा पर्ने सिमलबाडीमा आगलागी हुँदा राईस मिल सहित एक घर जलेर नष्ट भएको छ । लालप्रसाद राजबंशीको जयसन्तोषी राइस मिल र मिलकै छेउमा रहेको प्रलाद मण्डलको घर पुर्ण रुपमा जलेर नष्ट भएको झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले जानकारी दिनुभयो ।

आज बिहान करिब तीन बजे तिर लागेको आगोले राईस मिल जल्दा करिब साढे ६ लाख बराबरको क्षति भएको राईस मिलका संचालक लालप्रसाद राजबंशीले बताउनुभयो । आगलागीबाट राईस मिलकै छेउमा रहेको प्रलाद मण्डलको घर समेत जलेर पुर्णरुपमा नष्ट भएको छ । घर जल्दा करिब १५ लाख बराबरको क्षति भएको मण्डलले बताउनुभयो ।

आगो निभाउन स्थानीयबासी तथा दमकलले प्रयत्न गरे पनि घर र मिल पूर्णरुपमा जलेरमात्र आगो निभेको थियो ।
बिजुलीको तार सर्ट भएर आगो लागेको अनुमान गरिए पनि आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270