माङ्सेवुङ गाउँपालिकाले दोस्रो चरणमा राहत वितरण गर्दे

माङ्सेवुङ गाउँपालिकाले दोस्रो चरणमा राहत वितरण गर्दे

१५ वैशाख, इलाम । इलामको माङसेबुङ गाउँपालिकाकाले लकडाउनका कारण प्रभावित भएका गाउँवासीका लागि दोस्रो चरणमा राहत वितरण गर्ने भएको छ । दोस्रो चरणका राहतका लागि गाउँपालिकाको विपद व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ रकम जम्मा गर्ने निर्णय गरेको छ ।

आइतबार(हिजो) गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको उपाध्यक्ष सुनिता सुब्बाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका तथा जिल्ला बाहिरबाट आएर सामुदायिक क्वारेन्टाइनमा बसेकाहरुलाई आधारभुत खाद्यान्न सामाग्रीहरु गाउँपालिकाले नै व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी गाउँपालिकाका नागरिकहरु गाउँपालिका तथा जिल्लाबाहिर काठमाडौं उपत्यकालगायत अन्य जिल्लाहरुमा अध्ययन गर्न गएका विद्यार्थीहरुको लगत संकलन गर्ने निर्णय गरेको पनि उपाध्यक्ष सुब्बाले जानकारी दिनुभएको छ ।

माङसेबुङ गाउँपालिकाले यसअघि पहिलो चरणमा ६ वटै वडाका असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायका लागि राहत वितरण गरेको थियो । पहिलो चरणमा १ हजार १ सय ८६ घरपरिवारलाई राहतस्वरुप विभिन्न ८ प्रकारका खाद्यान्न उपलब्ध गराएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270