समाज

गस्तीमा हिडेका असईको घाँटी रेटेर हत्या, अर्का प्रहरी जवान बेपत्ता
३ कार्तिक, कैलाली । गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको छ । उनको हत्या तस्कर समूहले गरेको प्रहरीको अनुमान छ । उनको शव हिजो बिहान मोहना नदीमा फेला परेको थियो । प्रहरीका अनुसार तस्करीको ट्रान्जिट प्वाइन्ट मानिने कैलालीको धनगढी उपमहानगरपालिका–बनकट्टी घाटमा तस्कर समूहले शनिबार राति उनको हत्या गरेको हो । विकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउदको अवस्था भने अझै अज्ञात..

सेनाको आधुनिकीकरणमा सरकारको पूर्ण सहयोग रहन्छः प्रधानमन्त्री ओली
२ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको आधुनिकीकरणमा सरकारको पूर्ण सहयोग रहने बताउनुभएको छ । आज आईतबार ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ को अनलाईन भर्चुअलमार्फत शुभारम्भ गर्नुहुँदै रक्षामन्त्री समेत रहनुभएका प्रधानमन्त्री ओलीले कोभिड—१९ को रोकथाम र नियन्त्रणमा नेपाली सेनाले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाको गम्भीरता र संवेदनशीलतालाई मध्यनजर गर्दै हुने यस्ता नियमित अन्तरक्रिया र छलफलबाट महत्वपूर्ण निष्कर्ष निस्कने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा..

आज थप २९४२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित संख्या ३९३४१ पुग्यो
२ कार्तिक, काठमाण्डौँ । बितेको २४ घण्टामा देशभर थप २९४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यस्तै हाल देशभर संस्थागत आइसोलेशन १२ हजार ९३३ जना र होम आइसोलेशन २६ हजार ४०८ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर १४ हजार..

बाल संगठन इलामको सभापतिमा शंकर नियुक्त
२९ असोज, इलाम । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको नेपाल बाल संगठन इलामको तदर्थ जिल्ला कार्यसमिति सभापतिमा नवराज शंकर नियुक्त भएका छन् । नेपाल बाल संगठन केन्द्रीय कार्यसमितिको असोज १६ गते बसेको बैठकले देशभरका सबै जिल्ला कार्यसमिति भंग गर्ने निर्णय गरेपश्चात् असोज २० गते बसेको बैठकले ७७ वटै जिल्लामा सभापतिहरु नियुक्त गरेको हो । नेपाल बाल संगठनको जिल्ला सभापति पदमा नियुक्त भएपछि सभापति शंकरले संगठनको विधान, नीति, कार्यक्रम..

कांग्रेसले भन्योः चीनले नेपाली भूमि अतिक्रमण गरेकै हो
२८ असोज, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा छिमेकी राष्ट्र चीनले नेपाली भूमि अतिक्रमण गरेको जिकिर गर्दै यस विषयमा सरकारी मौनता राष्ट्रघात भएको दावी गरेको छ । कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीसहितको टोलीले हुम्लाको लिमीमा दुई किलोमिटरसम्म सीमा अतिक्रमण गरेको निश्कर्ष निकाल्दै सरकारको मौनता दुखद, लज्जास्पद र आपत्तिजनक भएको बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी चीनले गरेको अतिक्रमण एक सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर..

सर्लाहीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप
२८ असोज, सर्लाही । सर्लाहीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका कांग्रेसका नेताकार्यकर्ता र प्रहरीबीच आज दिउँसो झडप भएको हो । ठुलो संख्यामा आएका कांग्रेसका नेता एवंम कार्यकर्ता जिल्ला प्रहरी कार्यालयभित्र प्रवेश गर्न खोजेपछि झड्प भएको पहरीले जनाएको छ । कांगे्रसका कार्यकर्ता आउनबित्तिकै ढुङ्गामुडा गर्न थालेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी एवं प्रवक्ता मदन..

सरकारका प्रवक्ता भन्छन् ‘ढुक्क हुनुहोस्, फेरी राष्ट्रव्यापी लकडाउन हुन्न’
२१ असोज, काठमाण्डौँ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अब नेपालमा राष्ट्रव्यापी लकडाउन हुने सम्भावना नरहेको बताउनुभएको छ । उहाँका अनुसार संक्रमण अध्यधिक बढ्यो भने ‘हट स्पट’हरुमा चाहिँ स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन वा सिल गर्न सक्ने बताईएको छ । चैत्र १० मा नेपालमा दोस्रो संक्रमण पुष्टि भएसँगै सरकारले देशभर लकडाउन गरेको थियो । उक्त लकडाउनको अवधी श्रावण ६ सम्म कायम रह्यो । त्यसपछि सरकारले संक्रमण बढे निषेधाज्ञा जारी गर्र्ने..

जाजरकोटमा जीप दुर्घटना हुदाँ वडाध्यक्षसहित ६ जनाको मृत्यु
२१ असोज, जाजरकोट । जाजरकोटको जूनीचाँदे गाउँपालिका–१ औलखोलामा जीप दुर्घटना हुदाँ वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा जूनीचाँदे गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष अम्मरबहादुर शाही, सोही वडाको महेन्द्र माध्यामिक विद्यालय व्यवस्थापन समिती अध्यक्ष कृर्तीबहादुर शाही, अहेब खेमराज शाही, वडा नम्बर ५ का अहेब पदमा कार्यरत कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिनुभयो । मृतक एक जनाको पहिचान हुँन..

अनसनरत डा.केसीसँग वार्ता गर्न समिति गठन
२१ असोज, काठमाण्डौँ । सरकारले २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता समिति बनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभयो । चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित विभिन्न माग राख्दै अनशनरत केसीसँग वार्ता गर्न वार्ता टोली गठन गर्न चिकित्सक..

तीन महिना देखी तलव नपाएपछि हल्दिबारी गाउँपालिकाका कर्मचारीद्धारा सेवा बन्द
२१ असोज, झापा । झापाको हल्दिबारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको बिचको पाटीगत विवादले गाउँपालिकाको प्रशासनिक कामकाज विगत तीन महिनादेखि प्रभावित बनेको छ । प्रशासनिक कामकाज प्रभावित बनेसँगै गाउँपालिकामा कार्यरत कर्मचारीसहित शिक्षक तथा स्वास्थ्यकर्मीले तीन महिनाको तलब भत्ता पाएका छैन । श्रावण, भाद्र र असोज (दसैँ पेस्की)सहितको तलब भत्ता माग गर्दै गाउँपालिकाका कर्मचारीले पटक पटक प्रमुख प्रशासकीय अधिकृतलाई लिखित रूपमै ज्ञापनपत्र बुझाइसकेका छन् । तर पनि कर्मचारीहरूको माग सम्बोधन हुन सकेको..