दश करोड थान नयाँ नोटहरु आज देखी बजारमा

दश करोड थान नयाँ नोटहरु आज देखी बजारमा


६ कार्तिक, काठमाण्डौँ । नेपाल राष्ट्र बैङ्कले दुई अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको छ । राष्ट्र बैङ्कले २० रुपैयाँ दरको सङ्केत नम्बर ञ/४२ ०००००१ देखि ठ/१०० ९९९९९९ सम्मका नोट आज (बिहीबार)देखि बजारमा पठाएको राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई अर्ब रुपैयाँका १० करोड थान नयाँ नोट बजारमा पठाईएको छ । ति नोटहरु आजैदेखि चलनचल्तीका लागि खुला गरिएको बताईएको छ । उक्त नोटमा पहिलेको जस्तै रातो रङ र बाह्रसिंगेको फोटो रहेको र साविकको जस्तै अक्षर लेखिएको छ ।

२० रुपैयाँको नोट जारी भए पनि अघिल्लो वर्षजस्तै सबै नोट भने बजारमा पठाइएको छैन । राष्ट्र बैङ्कमा भीडभाड हुने भएकोले नोट सटही नगर्ने जनाएको नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणलाई वितरण गर्न पुग्नेगरी बैङ्क तथा वित्तीय संस्थामा समेत नयाँ नोट पठाएको छैन । कार्यकारी निर्देशक नेपालले दैनिक कारोबार संञ्चालन गर्न र खुद्रा मिलाउने प्रयोजनको लागि मात्रै नयाँ नोट बैङ्कमा पठाइएको बताउनुभयो ।

‘कारोबार चलाउन र खुद्रा मिलाउन समस्या छैन, तर विगतमा जस्तै साट्ने प्रयोजनको लागि यो पटक नयाँ पैसा पठाइएको छैन,’ उनले भने । नयाँ पैसा नपाएपछि सर्वसाधारणले यसपटक टिकाटालोका लागि सुकिलो पैसाको जोहो गर्न थालेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर