आज दशैंको सातौँ दिन, घर घरमा फूलपाती भित्र्याइदैँ

आज दशैंको सातौँ दिन, घर घरमा फूलपाती भित्र्याइदैँ


७ कार्तिक, काठमाण्डौँ । आज दशैंको सातौँ दिन घर घरमा फूलपाती भित्र्याइदै छ । दशैंमा शुभसाईतको प्रतीकको रुपमा फूलपाती भित्र्याउने गरिन्छन् ।

फूलपातीमा पूजा कोठामा केराको बोट, उखु, बेलपत्र, धानको बाला लगायतका सामाग्री भित्र्याउने गरिन्छ ।

नेपाली सेनाले सैनिक मंञ्च टुँडिखेलमा विशेष समारोह गरेर फूलपाती बढाइँ गर्ने गरे पनि यो पटक कोरोनाका कारण औपचारिकतामा मात्र सिमित हुने जनाइएको छ । फूलपाती बढाईमा राष्ट्रपति सहभागि हुने चलन रहेको छ ।

यस्तै हनुमानढोका दरबारको दसैंघरमा गोरखाबाट ल्यार फूलपाती भित्र्याउने परम्परा छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । ‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्,’ उहाँले भन्नुभयो ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने धर्मशास्त्रविद् प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर