विशेष

राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपाल आइपुगे, यस्तो छ भ्रमणतालिका
११ कार्तिक, काठमाण्डौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगेका छन् । नेपालको चार दिने भ्रमणका लागि उनी आइतबार बिहान १ बजे नेपाल आइपुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आइपुगेका उनलाई विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरे। प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७८औँ साधारणसभा र इटालीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसङ्घीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलनमा सहभागी हुनेक्रममा महासचिव गुटेरेसलाई..

दलहरूप्रतिको आलोचनालाई सकारात्मकरूपमा लिएको छुः कांग्रेस सभापति देउवा
१० कार्तिक, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले .नागरीकको आलोचनालाई सहज रुपमा लिएको बताएका छन् । कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले पनि राजनीतिक दलहरूप्रतिको आलोचनालाई सकारात्मकरूपमा लिएको बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीले आयोजना गरेको चियापान तथा शुभकामना आादानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘दलहरूप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु ।’ राजनीतिक दलहरुले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम..

राष्ट्रसंघका महासचिव पछि कतारका राजा नेपाल भ्रमण आउदैछन्ः प्रधानमन्त्री प्रचण्ड
१० कार्तिक, काठमाण्ठौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणपछि कतारका राजा शेख तमिम बिन हमद अल थानी आउने बताएका छन् । शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले आफू नेतृत्वको सरकारको कुटनीतिक सफलताका कारण ठूला अन्तर्राष्ट्रिय भ्रमणहरु भइरहेको बताए । महासचिव गुटेरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार राति नेपाल आउँदैछन् । ’संयुक्त राष्ट्रसंघका महासचिव फर्केपछि कतारको राजा पनि..

कोशीका मुख्यमन्त्री कार्कीलाई सकसः माथीको कुरा सुन्ने की एमालेलाई साथ राख्ने
११ कार्तिक, विराटनगर । केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको दबाबका कारण कोशीका मुख्यमन्त्री केदार कार्कीलाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । दसैँअगाडि नै मन्त्रिपरिषद् विस्तारको तयारी गरेपनि शीर्ष नेताहरूको दबाबका कारण उनले मन्त्री थप्न सकेका छैनन् । मन्त्रिपरिषद् विस्तारका लागि थप छलफल गर्न कार्की पुनः काठमाडौं पुगेका छन् । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले कांग्रेस पार्टीमा आफूसहित ८ सांसदको विद्रोहलाई वैधानिकता दिएसँगै माओवादी र समाजवादीलाई सरकारमा भित्र्याएर एमालेलाई चिढ्याउन नचाहेको..

राष्ट्रसङ्घका महासचिव गुटरेसले सङ्घीय संसदलाई सम्बोधन गर्ने निश्चित भएपनि आन्तरिक तयारी सुरु
११ कार्तिक, काठमाण्डौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सङ्घीय संसद्को दुवै सभालाई सम्बोधन गर्ने कार्यक्रम निश्चित भएपछि आन्तरिक तयारी थालिएको छ । यही कार्तिक १४ गते अपराह्न ४ बजे राष्ट्रसङ्घका महासचिवले नेपालको संसद्लाई सम्बोधन गर्नेबारे सरकारले सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएको छ । गत कार्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्तिक १२ गतेदेखि १५ गतेसम्म महासचिव गुटरेसले नेपाल भ्रमण गर्ने कार्यतालिका स्वीकृत गरेको थियो । सङ्घीय संसद् सचिवालयका प्रवक्ता..

राष्ट्रसंघको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित, नेपालले गर्यो पक्षमा मतदान
११ कार्तिक, काठमाण्डौँ । इजरायल र हमासबीच जारी युद्ध २२ औं दिनमा पुगेको छ । संयुक्त राष्ट्रसंघको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित भएको छ जसमा शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरिएको छ । यो प्रस्तावको पक्षमा नेपाल सहीतका देशका १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरेका थिए । भारतसहित ४५ देशले मतदान गरेनन् । इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गर्यो। न्युयोर्कमा भएको संयुक्त..

सेनाले दियो धनकुटाको पञ्चेश्वर मन्दिरलाई फलैचा वेन्च
११ कार्तिक, धनकुटा । धनकुटाको हिले स्थित रहेको श्री बक्रकुण्ड पञ्चेश्वर मन्दिर व्यवस्थापन समितिलाई श्री भिमदल गण सल्लेरीले एक कार्यक्रमका बिच आज ७ वटा वेन्च हस्तान्तरण गरेको छ । मन्दिर व्यवस्थापन समिति अध्यक्ष लालचन्द्र गोङवा तामाङलाई कार्यक्रमका प्रमुख अतिथि श्री २ नं बाहिनी अड्डाका बाहिनीपति सहायक रथि महेश कुमार थापाले सो फलैचा वेन्च हस्तान्तरण गरेका हुन् । वेन्च हःतातरण पछि बाहिनीपति सहायक रथि महेश कुमार थापाले ऐतिहासिक धरोहर एवं सास्कृतिक..

नेपाली बजारमा प्याजको मूल्यवृद्धि हुने संकेत
१० कार्तिक, काठमाण्डौँ । नेपाली बजारमा प्याजको मूल्यवृद्धि हुने देखिएको छ । भारतमा प्याजको मूल्यवृद्धि भएसँगै नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको प्याजको मूल्य १५ दिनमा वृद्धि भएर ७० रुपैयाँ पुगेको छ । नेपाली बजार तथा भान्सा प्याजका लागि मुख्य गरी भारतमाथि नै निर्भर छ । उता मूल्यवृद्धि हुँदा यता प्रत्यक्ष असर पर्ने कालीमाटी फलफूल तथा तरकारी..

मुगुमा एकै परिवारका ४ जना मृत फेला
१० कार्तिक, काठमाण्डौँ । मुगुको छायानाथ रारा नगरपालिका– ६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृत अवस्थामा फेला परेका छन् । उनीहरूको सामूहिक हत्या भएको प्रहरीले जनाएको छ । छायानाथ रारा– ६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर मृत भेटिएका हुन् । धारिलो हतियार प्रहार गरी रातिको समयमा चार जनाको हत्या गरिएको..

विराटनगरमा एक युवतीमाथि सामूहिक बलात्कार, एक बालक सहित ३ जना पक्राउ
२९ असोज, विराटनगर । मोरङको विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न आरोपमा प्रहरीले तीनजना यातायात मजदुरलाई पक्राउ गरेको छ । पीडितले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले धनुषाको मिथिला विहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालकलाई पक्राउ गरेको हो । तामाङ प्रदेश २४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् ।..