विराटनगरमा एक युवतीमाथि सामूहिक बलात्कार, एक बालक सहित ३ जना पक्राउ

विराटनगरमा एक युवतीमाथि सामूहिक बलात्कार, एक बालक सहित ३ जना पक्राउ


२९ असोज, विराटनगर । मोरङको विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न आरोपमा प्रहरीले तीनजना यातायात मजदुरलाई पक्राउ गरेको छ ।

पीडितले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले धनुषाको मिथिला विहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालकलाई पक्राउ गरेको हो । तामाङ प्रदेश २४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । १६ वर्षीय बालक अर्काे ट्रकका सहचालक हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले विराटनगर महानगरपालिका–३ मा आइतबार बिहानको राति घटना भएको बताए । घटनामा संलग्नहरू आइतबार राति ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कस्थित होटलमा पुगेका थिए ।

खाना खाएपछि सीटी सफारी चढेर ट्रक राखेको ठाउँमा उनीहरू फर्किएर आए । फर्किने क्रममा सफारीमै यात्रा गरिरहेकी युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरेको स्थानमा र्पुयाएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले जानकारी दिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर