विशेष

कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेलाई बोलाइयो
२९ असोज, काठमाण्डौँ । कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेलाई बोलाइएको छ । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिने प्रयोजनका लागि बैठक आव्हान गरिएको हो । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै कार्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको छ । सोही बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने..

दसैँ बिदामा पनि अदालतहरू खुल्ला रहने
२९ असोज, काठमाण्डौँ । दसैँ बिदामा पनि सर्वाेच्च लगायतका अदालतहरू खुल्ला रहने भएका छन् । केही निश्चित सेवाका लागि दसैँ बिदामा पनि अदालतहरू खुल्ने सर्वाेच्च अदालतले जनाएको छ । सर्वाेच्च अदालत प्रशासनका अनुसार सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि शनिबार र विजय दशमीको दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सुनुवाइ हुनेछ । बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्नका लागि कर्मचारीहरू भने बिहान १० बजे नै उपस्थित हुनेछन् । सर्वाेच्च अदालतले..

पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान
२९ असोज, काठमाण्डौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनी आइतबार राति चीन प्रस्थान गरेको नेकपा एकीकृत समाजवादीका केन्द्रीय विदेश विभाग सचिव डा.शङ्कर खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो ‘बीआरएफ’ फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चीनमा रहँदा..

पेट्रोलियम पदार्थको मूल्य आजबाट घट्दैः पेट्रोलमा ११ रुपैँया, डिजेल र मट्टितेलमा ५ रुपैयाँ घट्ने
२८ असोज, काठमाण्डौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । स्वचालित मूल्य प्रणालीअनुसार आज (आईतबार) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ११ रुपैँया, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटेको निगमले बताएको छ ।

माङसेबुङ गाउँपालिकामा चाडवाड लक्षित अनुगमन सुरु
२८ असोज, इलाम । इलामको माङसेबुङ गाउँपालिकाले चाडवाड लक्षित अनुगमन हिजो शनिवार देखि सुरु गरेको छ । चाडवाड नजिकिएसँगै पालिका भित्रका होलसेल तथा किराना पसल, होटल, औषधि पसललगायतको अनुगमन सुरु गरेको हो । अनुगमन समितिका संयोजक समेत रहेका गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङको नेतृत्वको अनुगमन टोलिले गजुरमुखी धाम, चतुरे बजार, रक्से बजार र चिसापानी पञ्चमी बजारक्षेत्रको अनुगमन गरेको हो । करिब ४० भन्दा बढी पसलहरूको अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य..

कोशीमा मध्यावधि निर्वाचन रोक्न कांग्रेसको विद्रोही पक्षलाई सघायौँः ओली
२८ असोज, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेसको विद्रोही पक्षलाई सघाएर सरकार बनाइएको बताएका छन् । आज प्युठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मध्यावधिमा जाँदा देशको आर्थिक अवस्थाले नधान्ने भएकाले सुझबुझ गरेर नै कांग्रेसलाई सरकार बनाउन सहयोग गरेको बताएका हुन् । उनले भने ‘कोशी प्रदेशमा कांग्रेसका केही सांसदहरूले किन विद्रोह गरे ? अचाक्ली भएपछि विद्रोह हुन्छ किनभने कांग्रेसका..

मेरो र गगनको प्रस्ताव अस्वीकार गर्दा कोशीमा अहिलेको अवस्था आयोः विश्वप्रकाश शर्मा
२८ असोज, काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीको राजनीतिलाई स्थिर बनाउन एमालेसहितको समाधान खोजौं भन्ने आफू र गगन थापाको प्रस्ताव पार्टीले अस्वीकार गर्दा अहिलेको अवस्था आएको दाबी गरेका छन् । उनले आज साँझ सामाजिक सञ्जालमा आफ्नो वक्तव्य राख्दै गठबन्धन कायम राखेरै कोशीमा एमालेसहितको समाधान खोजौं भने पनि संस्थागत निर्णय आफूहरु मान्न बाध्य भएको बताएका छन् । अर्काे गठबन्धन बनाउने भए पनि संस्थागत निर्णय गरौं भन्ने आफूहरुको मत रहे..

कोशीमा तीन सदस्य मन्त्रिपरिषद गठनः इलामका सांसदद्वय राना र राई बने मन्त्री
२७ असोज, विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सँगै उनले सानो आकारको मन्त्रिपरिषद पनि बनाएका छन् । ं आफ्नो दल नेपाली कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन । नेपाली कांग्रेसका २९ मध्ये ८ जना र एमालेका ३९ जना प्रदेशसभा..

गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज पार्यौः प्रधानमन्त्री प्रचण्ड
२७ असोज, काठमाण्डौँ । कोशी प्रदेशबाट भएको गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज पारेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी गरेका छन् । चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारको जनप्रेमी काम देखेपछि अब कहिल्यै सत्तामा फर्किन पाइँदैन भन्ने लागेर केही विच्छिप्त भएको टिप्पणी गरे । उनले भने, ‘उनीहरू कसरी गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने भनेर लागिरहेका छन् । यो गठबन्धन यसरी नै सुशासन र सामाजिक न्यायको पक्षमा लागिरहेपछि आत्तिएका छन् । अहिले..

आजदेखि वडा दशैँ सुरु
२७ असोज, काठमाण्डौँ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको..