राष्ट्रसंघका महासचिव पछि कतारका राजा नेपाल भ्रमण आउदैछन्ः प्रधानमन्त्री प्रचण्ड

राष्ट्रसंघका महासचिव पछि कतारका राजा नेपाल भ्रमण आउदैछन्ः प्रधानमन्त्री प्रचण्ड

१० कार्तिक, काठमाण्ठौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणपछि कतारका राजा शेख तमिम बिन हमद अल थानी आउने बताएका छन् ।

शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले आफू नेतृत्वको सरकारको कुटनीतिक सफलताका कारण ठूला अन्तर्राष्ट्रिय भ्रमणहरु भइरहेको बताए ।

महासचिव गुटेरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार राति नेपाल आउँदैछन् ।

’संयुक्त राष्ट्रसंघका महासचिव फर्केपछि कतारको राजा पनि आउँदै हुनुहुन्छ, यो सबै हाम्रो कुटनीतिक सफलताको परिणाम हो भनेर बुझ्नुपर्ने हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

संयुक्त राष्ट्रसंघको महासभा र अति कम विकसित मुलुकको सम्मेलनमा आफूले गरेको सम्बोधन र पहलका कारण संयुक्त राष्ट्रसंघका महासचिव नेपाल आउन लागेका उनले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर