अन्नपूर्ण आधार शिविर पुगेर राष्ट्र संघका महासचिवले भने ‘जलवायु परिवर्तनकोे असर हेर्न यहाँ आउनु’

१४ कार्तिक, काठमाण्डौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले परेको असर अवलोकनका लागि नेपालका हिमाली क्षेत्रमा आउन सुझाव दिएका छन् । नेपाल भ्रमणका क्रममा आज अन्नपूर्ण आधार शिविर पुगेका उनले जलवायु परिवर्तनका कारण हिम नदीहरु पग्लिरहेको आफूले पाएको बताए । ‘कोप २८ का सहभागीले यहाँ आएर हेर्नुपर्छ,’ अन्नपूर्ण आधार शिविरमा उभिएर उनले भने, ‘हिम नदीहरु छिटो छिटो पग्लिरहेका छन्, जसले बाढी पहिरो ल्याउँछन् ।’ जलवायु परिवर्तन सम्बन्धी..

राष्ट्रसंघका महासचिव गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्ने

१४ कार्तिक, काठमाण्डौँ । तीन दिने औपचारिक नेपाल भ्रमण आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्दैछन् । महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने संघीय संसद सचिवालले जनाएको छ । महासचिव गुटेरेसले सम्बोधन गर्ने भएपछि सभामुख देवराज घिमिरेले सोमबार बेलुका नै सभा कक्षको कक्षको निरीक्षण गरेक थिए । सभामुख घिमिरेले यसअघि नै सांसदहरूलाई बैठक सुरु हुनुअघि पौने ४..

नेपालमा सवैभन्दा धेरै एक तले घर

१३ कार्तिक, काठमाण्डौँ । देशमा सबैभन्दा बढी एक तले घर रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । नेपालभर ७५ लाख ५२ हजार ६६ वटा घर एक तले रहेको कार्यालयले जानकारी दिएको हो । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार कार्यालयले आज जारी गरेको विवरणमा कूल घरमध्ये ५९ दशमलव ८२ प्रतिशत घर एक तले रहेको उल्लेख छ । त्यस्तै, दोस्रोमा दुई तले घर परेका छन् । २८ दशमलव ७८ प्रतिशत दुई तले,..

अब नागरिक एपमा रहेको लाइसेन्सलाई समेत ट्राफिकले मान्यता दिने

१३ कार्तिक, काठमाण्डौँ । अब नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई समेत ट्राफिक प्रहरीले मान्यता दिने भएको छ । ​सोमवार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै नागरिक एपले यो सेवा देशैभर लागू भएको जानकारी दिएको हो । योसँगै ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमति पत्र मान्य हुने भएको हो । सरकारले सम्पूर्ण सरकारी सेवालाई एकै ठाउँमा समेट्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको नागरिक एपबाट देखाएको डिजिटल..

को ‘सम्माननीय’, को ‘माननीय’

१३ कार्तिक, काठमाण्डौँ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । सो गैरसरकारी विधेयक राष्ट्रियसभाको मङ्गलबार बस्ने बैठकमै प्रस्तुत गर्ने तयारी छ । समितिको आजको बैठकले सदस्य र विज्ञसहितको सुझाव समेटेर मर्यादासम्बन्धी विधेयक पारित गरेको सभापति जयन्ती राईले जानकारी दिनुभयो । त्यसले राष्ट्रिय मर्यादा क्रमका सन्दर्भमा उठेको केही मुख्य विषयवस्तुलाई सम्बोधन गरेको छ । विधेयकमा अतिविशिष्ट र विशिष्ट व्यक्तिलाई ‘सम्माननीय वा..

एनआरएनए विवाद उत्कर्षमाः बैंक खाता रोक्का गर्न पराजित पक्षको निवेदन

१३ कार्तिक, काठमाण्डौँ । गैरआवासीय नेपाली संघ एनआरएनए को पराजिन पक्षले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएको छ । पराजित पक्षले गठन गरेको कार्यसमितिका अध्यक्ष आरके शर्माले ११ औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोक दाहाल र सुनिल साहमार्फत शर्माले विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएका हुन् । ती बैंकमा पत्राचार गरिएको र यसबारे परराष्ट्र र संघका प्रमुख कार्यकारी अधिकारी अधिकृत सीईओ राजेन्द्रकुमार..

संघीय सरकारविरुद्ध बागमती प्रदेश सरकारको सर्वाेच्च अदालतमा रिट दर्ता

१२ कार्तिक, काठमाण्डौँ । बागमती प्रदेश सरकारले संघीय सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेको छ । प्रदेशको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै बागमती सरकारले संघीय सरकारविरुद्ध आज (सोमबार) सर्वाेच्चमा रिट निवेदन दर्ता गरेको छ । संघीय संसद्ले बनाएको सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९ विरुद्ध प्रदेश सरकारका तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सर्वाेच्चमा रिट निवेदन दर्ता गराएका हुन् । प्रदेश सरकारलाई संविधानले आफ्नो प्रदेशभित्र यातायात व्यवस्थापनको..

विपक्षी दलको नेताको मर्यादाक्रम अब ६औँ नम्वरमा

१२ कार्तिक, काठमाण्डौँ । हाल कायम रहेको प्रतिनिधि सभाका विपक्षी दलका नेताको मर्यादाक्रम पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषदका अध्यक्षसरह छैटौं नम्बरमा राख्ने सहमति भएको छ । यस अघि विपक्षी दलको नेताको मर्यादाक्रम ८ औँ नम्वरमा मात्र रहेको थियो । हाल प्रचलित मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशपछिको ५ औं नम्बरको मर्यादाक्रममा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष छन् । छैठौं नम्बरमा पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषदका अध्यक्ष छन्..

सुनको मूल्य घट्यो

१२ कार्तिक, काठमाण्डौँ । सुनको मूल्य हालसम्मकै रेकर्ड मूल्यबाट ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुन र चाँदीको मूल्य घटेको छ । छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर एक लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १४ सय १० रुपैयाँ कायम भएको छ । गत शनिबार र आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा छापावाल सुन एक..

टी-२० विश्वकप क्रिकेट छनोटमा नेपालको सुखद सुरुवातः सिंगापुर आठ विकेटले पराजित

१२ कार्तिक, काठमाण्डौँ । अर्काे वर्ष आयोजना हुने टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपालले सुखद सुरुआत गरेको छ । नेपालले आज सोमबार खेलिएको आफ्नो पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले हरायो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.३ ओभरमा दुई विकेट गुमाएर..