सेनाले दियो धनकुटाको पञ्चेश्वर मन्दिरलाई फलैचा वेन्च

सेनाले दियो धनकुटाको पञ्चेश्वर मन्दिरलाई फलैचा वेन्च

११ कार्तिक, धनकुटा । धनकुटाको हिले स्थित रहेको श्री बक्रकुण्ड पञ्चेश्वर मन्दिर व्यवस्थापन समितिलाई श्री भिमदल गण सल्लेरीले एक कार्यक्रमका बिच आज ७ वटा वेन्च हस्तान्तरण गरेको छ ।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष लालचन्द्र गोङवा तामाङलाई कार्यक्रमका प्रमुख अतिथि श्री २ नं बाहिनी अड्डाका बाहिनीपति सहायक रथि महेश कुमार थापाले सो फलैचा वेन्च हस्तान्तरण गरेका हुन् । वेन्च हःतातरण पछि बाहिनीपति सहायक रथि महेश कुमार थापाले ऐतिहासिक धरोहर एवं सास्कृतिक सम्पदाको संरक्षण ,सम्वद्धन र प्रवद्धनको लागि नेपालि सेनाले निरन्तर काम गर्दै आइरहेको बताए । यस्तौ समाजिक कार्यबाट नेपालि सेना र जनता बीच सुमुधुर सम्बन्ध कायम गरी राष्ट्रिय एकतालाई मजवुत बनाउन टेवा पुर्याउने उनको भनाइ थियो । साथै उनले अझ मन्दिरको महत्व बढाई धनकुटा जिल्लाको धार्मिक पर्यटन विकास गर्न सहयोग पुग्ने आशा लिएको बताए ।

कार्यक्रममा श्री भिमदल गण धनकुटाका गणपति सुमन थापाले मन्दिर परिसरमा भक्तजनलाई थकाईमार्न र दर्शनार्थिको विश्रामको लागि सहयोग पुगोस भन्ने हेतुले सकलदर्जाहरुबाट ७ वटा वेन्च निमार्ण गरि हस्तान्तरण गरिएको जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङ ,प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रमुख कृष्ण प्रसाद कोइराला ,सशस्त्र प्रहरी नायव उपरीक्षक सुदन प्रसाद भारती राष्ट्रिय अनुसन्धान जिल्लाका प्रमुख अधिकृत सविना राई लगायत मन्दिर व्यवस्थापन समितिका पदाधिकारी भक्तजनहरुको उपःिथति थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर