विशेष
रतुवा नदी किनारको छठ पूजा घाटमा साझको रैनक (फोटो फिचर)
१० कार्तिक, झापा । दमकको रतुवा नदी किनारमा छठ पूजा घाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । साँझको समयमा छठ घाटमा घुम्न र पुजा गर्न आउने दर्शनार्थीहरुको भिड देखिएको छ ।
झापा आन्दोलनका सहिदको शालिक पुनः ठड्याईयो
९ कार्तिक, झापा । भदौ २३ र २४ गते भएको आन्दोलनमा अराजक समूहले ढालेका सुखानीका जेनजी शहिदहरुलाई उठाइएको छ । अर्जुनधारास्थित सुखानी स्मृति पार्कमा झिलमा तोडफोड गरी शहिदको शालिक ढालिएको थियो । सुखानी शहिद स्मृति प्रतिष्ठान उद्यान व्यवस्थापन समितिले डोरी लगाएर शालिक उठाएको छ । शहिदका शालिक अहिले डोरीको भरमा अढ्याइएको उद्यानका अध्यक्ष भैरव खड्काले जानकारी दिए । उनका अनुसार लढाइएका शहिदलाई दशैंअघि नै उठाइएको हो । पर्यटकीय स्थलका रुपमा..
छठ पूजाका लागि बिर्तामोडको कृषि थोकबाट ३८ लाखको केरा बिक्री
९ कार्तिक, झापा । यो वर्षको छठ पूजाका लागि बिर्तामोडको कृषि थोक बजारबाट करिब साढे ३८ लाख रुपैयाँ बराबरको केरा बिक्री भएको छ । छठ पूजाका लागि व्रतालुहरूले तीन दिनमा बिर्तामोडको कृषि थोकबाट त्यति धेरै मूल्यको केरा खरिद गरेको कृषि बजार व्यवस्थापन समितिले जनाएको छ । छठ पर्वका लागि प्रतिदिन १५ सय घरीका दरले केरा बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्याङ्क सहायक माया राजवंशीले जानकारी दिनुभयो । उहाँले केराको..
काँकरभिट्टा नाकाबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात
झापा । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट रु चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार अघिल्लो आव २०८१/०८२ को सोही अवधिको तुलनामा रु पाँच करोड ९० लाख ३३ हजार अर्थात् एक दशमलव ३०..
देउमाई खोलामा अस्थायी ड्याम निर्माणपछि साना सवारी सञ्चालन
इलाम । नेपालटार-मङ्गलबारे-गजुरमुखी-चतुरे सडकखण्डअन्तर्गत इलामको देउमाई नगरपालिका-५ र माङसेबुङ गाउँपालिका-१ जोड्ने देउमाई खोलामा अस्थायी ड्याम निर्माण गरी सवारी सञ्चालनमा ल्याइएको छ । गत असोज १८ गतेको बाढीले पक्की पुलमा क्षति पुर्याएपछि अवरुद्ध सडक १७ दिनपछि सोमबार दिउँसोदेखि सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए । सो सडकअन्तर्गत देउमाई खोलामा अस्थायी ड्याममार्फत साना सवारी सुचारु गरिएको उनले बताए । कोशी प्रदेश सरकारको सहयोगमा माङसेबुङ गाउँपालिकाले पुलको भत्केको क्षेत्रमा ड्याम निर्माणपछि..
एसियन हाइवेको पूर्वीखण्डमा कालोपत्रेको काम सुरु
२ कार्तिक, झापा । निर्माणाधीन एसियन हाइवेको पूर्वीखण्डमा कालोपत्रे सुरु भएको छ । काँकरभिट्टादेखि केरखासम्मको ४५ किलोमिटरमध्ये अढाई किलोमिटर सडकमा कालोपत्रे गरिएको काँकरभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड)ले जनाएको छ । बिर्तामोड, मेचीनगर, शिवसताक्षी र कमलका केही स्थानमा कालोपत्रे धमाधम भइरहेको छ । काँकरभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकका कार्यालयका आयोजना प्रमुख सुनिलबाबु पन्तले सडकको एकातिरको लेनमा पहिलो सतहको कालोपत्रे गरिएको बताउनुभयो । उहाँले पछिल्लो समय निर्माण व्यवसायीले पनि..
हुलाकी राजमार्गमा रहेको कनकाई पुलको ठेक्का तोड्ने प्रक्रिया सुरु
१ कार्तिक, झापा । सरकारले झापाको हुलाकी राजमार्गमा रहेको कनकाई नदीको पुलको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । ठेक्का सम्झौता गरी काम नगरेर वर्षाैंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो । ठेक्का सम्झौता तोड्न लागिएकोमा सबैभन्दा ठुलो झापाको कनकाई पुलको हो । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लामो कनकाई पुलको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढेको..
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालद्वारा एक महिनाको तलब राहत कोषमा जम्मा
इलाम । गएको असोज १८ गतेको अविरल वर्षा र बाढीले ठूलो जनधन र भौतिक क्षति बेहोरेको इलाममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आफ्नै एक महिनाको तलब जिल्ला स्तरीय राहत कोषमा जम्मा गरेकी छिन् । बाढी र पहिरोले प्रभावित इलामलाई पुनर्निर्माणमा सघाउन तथा “गुमेको मुस्कानलाई पुरानै लयमा फर्काउन” योगदान दिने उद्देश्यले उनले उक्त रकम आज (बुधबार) जिल्ला राहत कोषको बैंक खातामा जम्मा गरेकी हुन्। नेपालले भनिन्, “इलाम अहिले घाइते छ, तर..
१२ दिनपछि खुल्यो इलामको तिल्केनी–सिमलगोलाई सडक
इलाम । मेची राजमार्गको विकल्पका रुपमा तिल्केनी–सिमलगोलाई सडकखण्ड १२ दिनपछि सञ्चालनमा आएको छ । सो सडकखण्ड अन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरेसँगै यो सडक सञ्चालनमा आएको हो । उक्त सडकमार्फत बुधबार साँझदेखि साना सवारीसाधन सञ्चालन सुरु भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए । ‘ह्युमपाइप र हाइड्रो पावरको टेलरेस्ट विच्छ्याएर जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरिएको छ,’ उनले भने, ‘आज..
माईजोगमाईमा डाईभर्सन, सवारी पास गराउन सास्ती
इलाम– विपद संकटग्रस्त जिल्ला इलाममा ११ दिनपछि मुख्य राजमार्गको वैकल्पिक मार्ग खुलेको छ । इलाम, पाँचथर र ताप्लेजुङलाई झापासँग जोड्ने मुख्य मेची राजमार्गको अवरुद्ध राजदुवाली खण्डको विकल्प खुलेको हो । असोज १८ को ठूलो वर्षापछि इलाम नगरपालिका ९ को राजदुवालीछेउमा पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध छ । तत्काल अवरोध खुल्ने सम्भावना नभएपछि इलाम नगरपालिका १०, गोदकको सिमलगोलाईबाट माइबेनीको जोगमाई खोला हुँदै इलाम बजारछेउ तिल्केनी निस्किने वैकल्पिक मार्ग खुलेको हो ।..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७