समाज

ललिता निवास प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामा पठाउने आदेश
२८ माघ, काठमाण्डौँ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य अभियुक्त डा. शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ । आज न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल विरुद्ध ३९ करोड २८ लाख बिगो मागदाबी सहित २२ माघ २०७६ मा मुद्दा विशेष अदालतमा मुद्दा..

भ्रष्टाचार नियन्त्रण गर्न अख्तियारलाई थप सबल बनाउनुपर्छः प्रधानमन्त्री ओली
२८ माघ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार कम गर्न राज्यका सबै निकायहरूको एकीकृत प्रयास आवश्यक रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले अख्तियारले भ्रष्टाचार विरुद्ध सूक्ष्म निगरानी बढाउने र भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई थप प्रभावकारी रुपमा अघि बढाउनु आवश्यक भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले पछिल्लो समय सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप प्रभावकारी बनाउन ऐन तर्जुमा गरी संसदमा दर्ता गरेको उल्लेख गर्दै आयोग गम्भीर उत्तरदायित्व भएको संस्थाको रुपमा अघि..

भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि
२७ माघ, काठमाण्डौँ । बैतडीमा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । उनको जङ्गलमा बलात्कारपछि घाँटी थिची हत्या भएको प्रहरीले पुष्टि गरेको हो । सुदुर पश्चिम प्रदेश प्रहरीका प्रवक्ता समेत रहनुभएका एसएसपी मुकेशकुमार सिंहले भागरथीको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट पत्ता लागेको जानकारी दिनुभयो । पोष्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको देखिएपनि एक वा सोभन्दा बढी व्यक्ति संलग्न भएको स्पष्ट भएको छैन । यसका लागि मृतकको भेजिनल स्वाब..

कुर्था–जयनगर रेल संञ्चालनका लागि प्राविधिक तयारी पूरा
२६ माघ, काठमाण्डौँ । सरकारले कुर्था–जयनगर रेल संञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित संञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारिकरुपमा संरचना हस्तान्तरण गर्ने भए पनि अहिले संञ्चालनका लागि जिम्मेवारी लिन लागिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो । कम्पनीसँगको समन्वयमा..

प्रधानमन्त्रीका वकिललाई प्रधानन्यायाधिशको प्रश्न ‘त्यस्तो कहाँ हुन्छ ?’
२६ माघ, काठमाण्डौँ । प्रतिनिधिसभा विघटन मुद्दामा आज प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ११ जना वकिलले बहस गरेका छन् । प्रधानन्यायाधिश नेतृत्वको संवैधानिक इजलासले समय सीमामा कडाई गरेसँगै बहस गर्ने कानुन व्यवसायीको संख्या बढेको छ । तर प्रधानमन्त्रीका वकिलहरुको तयारी नपुग्दा सोमबार केहीबेर प्रधानन्यायाधीश र सरोकारवाला वकिलबीच सवाल–जवाफ भएको छ । इजलासमा प्रधानमन्त्रीका वकिललाई १५ मिनेटको समय तोकिएको थियो । दशौं नम्बरमा अधिवक्ता भोजराज आचार्यले बहस गरेपछि लयर्स पोडियममा बहसकर्ता..

नेपाली चियाले अन्तराष्ट्रिय बजार पाएसंगै कृषक उत्साहित
२६ माघ, इलाम । नेपाली चियाले ट्रेडमार्क पाएसंगै इलामका कृषक उत्साहित भएका छन् । चियाको ट्रेडमार्क भारत र अमेरिकालगायतका मुलुकमा दर्ता भएपछि इलामका चिया कृषक उत्साहित भएका हुन् । चिया खेती शुरु गरीएको एक सय ५७ वर्षपछि नेपालमा उत्पादित चियाले अन्तर्राष्ट्रिय बजार पाउने भएपछि कृषकहरु उत्साहित भएका हुन् । पाँच महिना अघि इलामको सूर्याेदय नगरपालिकामा घोषणा गरिएको नेपाली चियाको ट्रेडमार्र्क भारत र अमेरीकामा दर्ता भएको छ । चिया खेती भएको..

प्रदेश–१ को प्रदेशसभा बैठक आउदो फाल्गुन ९ गते सम्मका लागि स्थगित
२६ माघ, विराटनगर । प्रदेश–१ सरकारको प्रदेशसभा बैठक आउदो फाल्गुन ९ गते सम्मका लागि स्थगित भएको छ । आईतवार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीप भण्डारीले आगामी बैठक फाल्गुन ९ गते दुई बजे बस्ने गरी स्थगित गर्नुभयो । आईतवार दिउँसो दुई बजे बैठक आव्हान गरिएको भए पनि ढिलो शुरु भएको बैठक लगतै स्थगित भएको थियो । बैठक करिब तीन मिनेट बसेर स्थगित भएको थियो ।

धिमाल सांस्कृतिक परिकारको प्रवद्र्धनका लागि दमकमा फुड फेष्टिबल
२५ माघ, झापा । धिमाल जातिय विकास केन्द्रले आफ्नो सांस्कृतिक परिकारको प्रवद्र्धनका लागि दमकमा फुड फेष्टिबल गर्ने भएको छ । आगामी माघ २७ गते देखि फाल्गुन १ गते सम्म ५ दिन चिचिरी गेन्द्रो दिवसको रुपमा फुड फेष्टिबलको आयोजना गर्न लागेको हो । फेष्टिबल आयोजक समिति संयोजक शान्ति देवी धिमालका अनुसार फेष्टिबलमा २० वटा स्टल रहने छन् । ति स्टलमा विभिन्न जातिय खानाहरु विक्री तथा प्रदर्शन गरिने छ । फेष्टिबलमा आकर्षणका..

पूर्वी नाका काँकडभिट्टा खुलेसंगै आवतजावतमा सहज
२५ माघ, झापा । पूर्वी नाका झापाको काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारी साधन आवतजावतमा रोक लगाए पनि मोटरसाइकल, सिटीरिक्सा तथा पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयौं नेपाली भारतीय सीमावर्ती बजार पानीट्याङ्की, नक्सलबाडी, सिलगुढीलगायतका क्षेत्रमा औषधि, लत्ताकपडा र खाद्यान्न खरीदका लागि जाने र नेपालतर्फ आउने क्रम बढेको छ ।..

भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा दिन सरकार आतुर छः मन्त्री तुम्बाहाङ्फे
२५ माघ, काठमाण्डौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपाल सरकार भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा दिन आतुर रहेको बताउनुभएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष र सदस्यका लागि आज राजधानीमा आयोजित अभिमुखीकरण समारोहमा उहाँले भूमिहीन नागरिकका हातहातमै जग्गाधनी प्रमाण पुर्जा पुर्याउनुपर्छ भन्ने कुरामा सरकार गम्भीर भएर लागेको जानकारी दिनुभयो । उक्त कार्यको सफलताका लागि हालै नियुक्त भएका जिल्ला समितिका अध्यक्ष, विज्ञ सदस्य र..