नेपाली चियाले अन्तराष्ट्रिय बजार पाएसंगै कृषक उत्साहित

नेपाली चियाले अन्तराष्ट्रिय बजार पाएसंगै कृषक उत्साहित


२६ माघ, इलाम । नेपाली चियाले ट्रेडमार्क पाएसंगै इलामका कृषक उत्साहित भएका छन् । चियाको ट्रेडमार्क भारत र अमेरिकालगायतका मुलुकमा दर्ता भएपछि इलामका चिया कृषक उत्साहित भएका हुन् ।

चिया खेती शुरु गरीएको एक सय ५७ वर्षपछि नेपालमा उत्पादित चियाले अन्तर्राष्ट्रिय बजार पाउने भएपछि कृषकहरु उत्साहित भएका हुन् । पाँच महिना अघि इलामको सूर्याेदय नगरपालिकामा घोषणा गरिएको नेपाली चियाको ट्रेडमार्र्क भारत र अमेरीकामा दर्ता भएको छ ।

चिया खेती भएको एक सय ५७ वर्षपछि घोषणा गरिएको ‘नेपाल क्वालीटी फर हिमालयन’ नामको ट्रेडमार्र्क लिने उद्योगीको संख्या पनि छोटो अबधिमै १२ पुगेको हो ।

टे«डमार्क लागु गरिएपछि नेपाली उद्योगीलाई सहभागि हुन चिया तथा कफि विकास बोर्डले आह्वान गरेको छ भने अन्तराष्ट्रिय बजार विस्तारको काम पनि बोर्डले शुरु गरीसकेको छ ।

बोर्डले भारत र अमेरीकामा नेपाली चियाको ट्रेडमार्क दर्ता गरेसँगै व्यवसायीले आफ्नो देशको लोगो प्रयोग गरि सोझै बिक्रि गर्न पाउने बताइएको छ ।

सम्पूर्ण प्रक्रिया पुरा गरि दुवैदेशले लोगो दर्ता भएको आधिकारीक सुचना दिएको र प्रमाण पत्र आउने प्रक्रिायामा रहेको चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक डाक्टर बिष्णु भट्टराईले जानकारी दिनुभयो ।

भारत र अमेरिका पछि चियाको उच्च बजार रहेको चीनमा बोर्डले ट्रेडमार्क दर्ताको प्रक्रिया थालिसकेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर