समाज

मेलम्ची खानेपानीको सुरूङमा पानी हालेर परीक्षण शुरु गरियो
१० फाल्गुन, काठमाण्डौँ । मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा आजबाट फेरि पानी भर्न थालेर परीक्षण सुरु गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण थालेको आयोजनाले बताएको छ । खानेपानी मन्त्री मणि थापा, युवा तथा खेलकुद मन्त्री दावा तामाङ, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र पूर्व कानुन मन्त्री शेर बहादुर तामाङलगायतको टोलीले आज स्विच थिचेर पानी भर्ने..

गृहमन्त्री थापाको प्रश्नः जनताको ताजा जनादेशमा जाने कुरा कसरी प्रतिगामी भयो ?
८ फाल्गुन, विराटनगर । गृहमन्त्री रामबहादुर थापा बादलले जनताको ताजा जनादेश लिएर अस्थिरताई स्थायित्वमा बदल्न सकिने बताउनुभएको छ । नेकपा ओली समूहद्वारा विराटनरमा आज आयोजित सभामा बोल्दै थापाले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आन्दोलित हुनुपरेको उल्लेख गर्नुभयो । पार्टीको नेतृत्वलाई अलोकतान्त्रिक पद्धतिमा पदच्यूत गर्न खोजिएको बताउँदै उहाँले जनताको बीचमा जाने निर्णय पूर्ण लोकतान्त्रिक कदम भएको जिकिर गर्नुभयो । ‘जनताको ताजा जनादेश लिने कुरो त्यो लोकतान्त्रिक कदम..

उर्लाबारीमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु
८ फाल्गुन, मोरङ । मोरङको उर्लाबारीमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा उर्लाबारी नगरपालिका ८ का २३ वर्षे प्रदीप धामी र सोही ठाउँका २२ वर्षे सुदीप भुजेलको भृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । उनीहरुलाईलाई प्रदेश १–००१ क १०३५ नम्बरको पूर्व तर्फ जाँदै गरेको ट्रकले विपरित दिशाबाट आएको को ३१..

बर्जुमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुने भएपछि बजेट सक्न कर्मचारी भारत लागे
६ फाल्गुन, सुनसरी । सुनसरीको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज कार्कीको सरुवा सूचनासँगै कर्मचारीहरु पालिकाको बजेट खर्च गर्न भारत भ्रमणमा गएका छन् । प्रमुख प्रशासकीय अधिकृत नवराज कार्की सहित पालिकाका आधा दर्जन बढी कर्मचारी एक साथ भारत भ्रमणमा निस्केपछि कार्यालयको काम समेत प्रभावित भएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । गाउँपालिकामा आउने सेवाग्राहीहरु शाखाका कर्मचारीहरु एक साथ भ्रमणका लागि भारततिर लागेपछि रितै फर्किन बाध्य भएको स्थानीय असरफ साफीले गुनासो गर्नुभयो..

ओली समुहको प्रेस संगठन झापा संयोजकमा उप्रेती
६ फाल्गुन, झापा । सत्तारुढ नेकपा निकट प्रेस संगठन नेपालको झापा संयोजकमा दमकका पत्रकार टिकाराम उप्रेती चयन हुनुभएको छ । नेकपाको विभाजनसँगै प्रेस संगठन पनि दुई समूहमा विभाजित भएको छ । उप्रेती साविक माओबादी सम्वद्ध प्रेस सेन्टरका झापा अध्यक्ष हुनुहुन्थ्यो । संगठनको सहसंयोजकमा दमककै मनकुमार गदाल र विर्तामोडका प्रदीप परियार चयन हुनुभएको छ । साविक नेकपा एमालेको पत्रकार संगठन प्रेस चौतारी र साविक नेकपा माओबादीको संगठन प्रेस सेन्टर रहेको थियो..

आम निर्वाचनका लागि तयारीमा लागौँः सुवास नेम्वाङ
६ फाल्गुन, इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गर्नुभएको छ । इलाममा आज आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उहाँले निर्वाचनका लागि तयारी अवस्थामा बस्न सबैलाई आग्रह गर्नुभएको हो । कार्यक्रममा बोल्दै नेम्वाङले वैशाखमा निर्वाचन हुनेमा आफू विश्वस्त रहेको समेत बताउनुभयो । नेता नेम्वाङले भन्नुभयो–‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो । सर्वाेच्च..

सर्वाेच्चमा प्रधानमन्त्रीको जवाफः अदालतको अवहेलना भन्ने दाबी नै अनुचित !
६ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वाेच्च अदालतमा आँफै उपस्थित भएर अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्नुभएको छ । उहाँले आफूबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी रहेको स्पष्ट पार्नुभएको छ । उहाँले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै आएको र अदालतको अवहेलना कहिल्यै नगरेको बताउनुभएको छ । आज सर्वाेच्च अदालतमा आफैं उपस्थित भएर ११ बुँदे लिखित जवाफ बुझउँदै प्रधानमन्त्री ओलीले आफू ओलीले..

टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द
६ फाल्गुन, काठमाण्डौँ । परीक्षामा टिकटक बनाउने दैलेखका विद्यार्थीको परीक्षा रद्द भएको छ । कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक संञ्जालमा राख्ने रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो । रोशनले दैलेखको कालीका मा.वि.बाट परीक्षा दिएका थिए । उनको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत मंसिरमा भएको परीक्षामा उनले परीक्षा दिएकै बेला टिकटक बनाएकाले उनको चालु खण्डको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो ।..

भागरथी भट्टको हत्यारा सार्वजनिक
५ फाल्गुन, काठमाण्डौँ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । घटना भएको १३ दिनसम्म सूक्ष्म ढङ्गले अनुसन्धान गरेको प्रहरीले सनातन धर्म माविमा कक्षा ११ मा अध्ययनरत भागरथीकै सहपाठी दिनेश भट्टलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । दिनेशले प्रहरी समक्ष दिएको बयान र भेटिएका प्रमाणहरूको आधारमा प्रहरी उनले नै घटना गराएको निष्कर्षमा पुगेको..

भागरथी हत्या प्रकरण अभियुक्त पक्राउ, बलात्कारपछि भीरमा लडाएर हत्या गरेको स्विकार
५ फाल्गुन, काठमाण्डौँ । बैतडीकी भागरथी भट्टको हत्याका अभियुक्त पक्राऊ परेका छन् । उनलाई पक्राऊ गरेको पुष्टि प्रहरीले गरेको छ । भागरथीको हत्या उनकै छिमेकी युवाले गरेको पत्ता लागेपछि उनलाई पक्राऊ गरिएको हो । ती युवकले भागरथीलाई भीरमा लडाएर बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । उनलाई आज प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ । भागरथीको परिवारसँग ती युवकको परिवारको सम्बन्ध बिग्रेको थियो । त्यसपछि उनीहरु गाउँबाट एक किलोमिटर पर..