भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि

२७ माघ, काठमाण्डौँ । बैतडीमा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । उनको जङ्गलमा बलात्कारपछि घाँटी थिची हत्या भएको प्रहरीले पुष्टि गरेको हो । सुदुर पश्चिम प्रदेश प्रहरीका प्रवक्ता समेत रहनुभएका एसएसपी मुकेशकुमार सिंहले भागरथीको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट पत्ता लागेको जानकारी दिनुभयो । पोष्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको देखिएपनि एक वा सोभन्दा बढी व्यक्ति संलग्न भएको स्पष्ट भएको छैन । यसका लागि मृतकको भेजिनल स्वाब..

कुर्था–जयनगर रेल संञ्चालनका लागि प्राविधिक तयारी पूरा

२६ माघ, काठमाण्डौँ । सरकारले कुर्था–जयनगर रेल संञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित संञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारिकरुपमा संरचना हस्तान्तरण गर्ने भए पनि अहिले संञ्चालनका लागि जिम्मेवारी लिन लागिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो । कम्पनीसँगको समन्वयमा..

प्रधानमन्त्रीका वकिललाई प्रधानन्यायाधिशको प्रश्न ‘त्यस्तो कहाँ हुन्छ ?’

२६ माघ, काठमाण्डौँ । प्रतिनिधिसभा विघटन मुद्दामा आज प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ११ जना वकिलले बहस गरेका छन् । प्रधानन्यायाधिश नेतृत्वको संवैधानिक इजलासले समय सीमामा कडाई गरेसँगै बहस गर्ने कानुन व्यवसायीको संख्या बढेको छ । तर प्रधानमन्त्रीका वकिलहरुको तयारी नपुग्दा सोमबार केहीबेर प्रधानन्यायाधीश र सरोकारवाला वकिलबीच सवाल–जवाफ भएको छ । इजलासमा प्रधानमन्त्रीका वकिललाई १५ मिनेटको समय तोकिएको थियो । दशौं नम्बरमा अधिवक्ता भोजराज आचार्यले बहस गरेपछि लयर्स पोडियममा बहसकर्ता..

नेपाली चियाले अन्तराष्ट्रिय बजार पाएसंगै कृषक उत्साहित

२६ माघ, इलाम । नेपाली चियाले ट्रेडमार्क पाएसंगै इलामका कृषक उत्साहित भएका छन् । चियाको ट्रेडमार्क भारत र अमेरिकालगायतका मुलुकमा दर्ता भएपछि इलामका चिया कृषक उत्साहित भएका हुन् । चिया खेती शुरु गरीएको एक सय ५७ वर्षपछि नेपालमा उत्पादित चियाले अन्तर्राष्ट्रिय बजार पाउने भएपछि कृषकहरु उत्साहित भएका हुन् । पाँच महिना अघि इलामको सूर्याेदय नगरपालिकामा घोषणा गरिएको नेपाली चियाको ट्रेडमार्र्क भारत र अमेरीकामा दर्ता भएको छ । चिया खेती भएको..

प्रदेश–१ को प्रदेशसभा बैठक आउदो फाल्गुन ९ गते सम्मका लागि स्थगित

२६ माघ, विराटनगर । प्रदेश–१ सरकारको प्रदेशसभा बैठक आउदो फाल्गुन ९ गते सम्मका लागि स्थगित भएको छ । आईतवार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीप भण्डारीले आगामी बैठक फाल्गुन ९ गते दुई बजे बस्ने गरी स्थगित गर्नुभयो । आईतवार दिउँसो दुई बजे बैठक आव्हान गरिएको भए पनि ढिलो शुरु भएको बैठक लगतै स्थगित भएको थियो । बैठक करिब तीन मिनेट बसेर स्थगित भएको थियो ।

धिमाल सांस्कृतिक परिकारको प्रवद्र्धनका लागि दमकमा फुड फेष्टिबल

२५ माघ, झापा । धिमाल जातिय विकास केन्द्रले आफ्नो सांस्कृतिक परिकारको प्रवद्र्धनका लागि दमकमा फुड फेष्टिबल गर्ने भएको छ । आगामी माघ २७ गते देखि फाल्गुन १ गते सम्म ५ दिन चिचिरी गेन्द्रो दिवसको रुपमा फुड फेष्टिबलको आयोजना गर्न लागेको हो । फेष्टिबल आयोजक समिति संयोजक शान्ति देवी धिमालका अनुसार फेष्टिबलमा २० वटा स्टल रहने छन् । ति स्टलमा विभिन्न जातिय खानाहरु विक्री तथा प्रदर्शन गरिने छ । फेष्टिबलमा आकर्षणका..

पूर्वी नाका काँकडभिट्टा खुलेसंगै आवतजावतमा सहज

२५ माघ, झापा । पूर्वी नाका झापाको काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारी साधन आवतजावतमा रोक लगाए पनि मोटरसाइकल, सिटीरिक्सा तथा पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयौं नेपाली भारतीय सीमावर्ती बजार पानीट्याङ्की, नक्सलबाडी, सिलगुढीलगायतका क्षेत्रमा औषधि, लत्ताकपडा र खाद्यान्न खरीदका लागि जाने र नेपालतर्फ आउने क्रम बढेको छ ।..

भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा दिन सरकार आतुर छः मन्त्री तुम्बाहाङ्फे

२५ माघ, काठमाण्डौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपाल सरकार भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा दिन आतुर रहेको बताउनुभएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष र सदस्यका लागि आज राजधानीमा आयोजित अभिमुखीकरण समारोहमा उहाँले भूमिहीन नागरिकका हातहातमै जग्गाधनी प्रमाण पुर्जा पुर्याउनुपर्छ भन्ने कुरामा सरकार गम्भीर भएर लागेको जानकारी दिनुभयो । उक्त कार्यको सफलताका लागि हालै नियुक्त भएका जिल्ला समितिका अध्यक्ष, विज्ञ सदस्य र..

श्रमजीवि पत्रकाहरुका लागि राहत प्याकेज ल्याउने संञ्चार मन्त्री गुरुङको घोषणा

२५ माघ, काठमाण्डौँ । संञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना प्रभावित श्रमजीवि पत्रकाहरुलाई राहत प्याकेज ल्याउने घोषणा गर्नु भएको छ । सरकारका प्रवक्ता समेत रहनुु भएका मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुुझाव दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई आग्रह समेत गर्नुभयो । ‘कोरोना प्रभावित सञ्चार गृह र श्रमजीवि पत्रकारहरुलाई तत्काल राहत दिनका लागि आवश्यक सुुझाव दिन म पत्रकार र पत्रकारहरुको संघ, संगठन सबैलाई आग्रह गर्दछुु,’ मन्त्री गुुरुङले भन्नुभयो, ‘सरोकारवाला..

नेकपा प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण जनजीवन प्रभावित

२२ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा उक्त समुहका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, नेत्री अमृता थापा मगरलगायत रहेका छन् । प्रहरीका अनुसार..