खेलकुद

दशौँ राष्ट्रिय खेलकुदको लागि तयार भइरहेको भौतिक संरचनाको खेलकुदमन्त्रीद्वरा निरीक्षण
२८ जेठ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कर्णालीको सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुदको लागि तयार भइरहेको भौतिक संरचनाको निरीक्षण गरेका छन्। आइतबार उनले उद्घाटन र समापन हुने प्रमुख रंगशाला, पौडी पोखरी, नवनिर्मित कभर्ड हल, ब्यान्ड मिन्टन हललगायत संरचनाको निरीक्षणसँगै प्रगति विवरणबारेमा जानकारी लिए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सञ्जायलले पूर्वाधारको अवस्थाका बारेमा विस्तृत रूपमा जानकारी गराए। रंगशालाको ८० प्रतिशत काम सम्पन्न भइसकेको र असारभित्र सेन्थेटिक ट्रयाकबाहेक सबै..

विश्वकप खेल्न सन्दीप वेस्ट इन्डिज प्रस्थान
२८ जेठ । सन्दीप लामिछाने आइसिसी ट्वान्टी - २० विश्वकप खेल्न वेस्ट इन्डिज प्रस्थान गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आइतबार बिहान विज्ञप्ति जारी गर्दै उनी त्यसतर्फ प्रस्थान गरेको जानकारी दिएका हुन्। उनका अनुसार सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुनेछन्। उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै क्यानले पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गरेको खड्काले जानकारी दिए। उनका अनुसार..

बालोन डी’ओर अवार्ड आगामी अक्टोबर अन्तिममा
२६ जेठ । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार वितरण समारोह बालोन डी'ओर आगामी अक्टोबर २८ मा पेरिसमा आयोजना हुने भएको छ। आयोजक युइएफएका अनुसार आगामी सेप्टेम्बर ४ मा मनोनयन घोषणा गरिनेछ । रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका भिनिसियस जुनियर, जुड बेलिङ्घम र टोनी क्रुसले बलियो प्रतिस्पर्धा गर्ने सम्भावना छ । युरो २०२४ मा जर्मनीका लागि खेलेपछि क्रुसले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिने छन्। खेल करिअरमा उनी..

ट्वान्टी-२० विश्वकप- श्रीलंकामाथि बंगलादेशको रोमाञ्चक जित
२६ जेठ । बंगलादेशले आइसिसी ट्वान्टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ। शनिबार बिहान सम्पन्न समूह डी को खेलमा बंगलादेशले श्रीलंकामाथि दुई विकेटको रोमाञ्चक जित हासिल गरेको हो। जितसँगै बंगलादेशले पहिलो खेलबाट दुई अंक जोडेको छ। श्रीलंकाको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा श्रीलंका दक्षिण अफ्रिकासँग २२ रनले पराजित भएको थियो। श्रीलंकाले दिएको १२५ रको लक्ष्य बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। १२ बलमा बंगलादेशलाई जितका लागि..

टी–२० विश्वकप- न्युजिल्यान्डमाथि अफगानिस्तानको जित
२६ जेठ । राशिद खान र फजलहक फारुकी चम्किएपछि न्युजिल्यान्ड पहिलो खेलमै अफगानिस्तानसँग पराजित भएको छ। शनिबार सम्पन्न समूह सी को खेलमा अफगानिस्तान ८४ रनले पराजित भएको हो। अफगानिस्तानको यो लागातार दोस्रो जित हो। पहिलो खेलमा अफगानिस्तानले युगान्डालाई १२५ रनले पराजित गरेको थियो। जितसँगै शीर्ष स्थानमा रहेको अफगानिस्तानले चार अंक जोडेको छ। न्युजिल्यान्डले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ७५ रनमा समेटियो। न्युजिल्यान्डका ग्लेन..

माइकलको ह्याट्रिकमा स्पेनको जितमा
२४ जेठ । माइकल ओयारजाबको ह्याट्रिकसँगै स्पेनले मैत्रीपूर्ण खेलमा अन्डोरालाई पराजित गरेको छ। बुधबार राति सम्पन्न खेलमा स्पेन ५-० गोल अन्तरले विजयी भएको हो। खेलको पहिलो हाफमा अयोज पेरेजले गोल गरेका थिए। २४औं मिनेटमा पाउ केयुबार्सीले दिएको पासलाई उनले सदुपयोग गरे। ५३, ६६ र ७३औं मिनेटमा माइकलले गोल गर्दै ह्यट्रिक पूरा गरे। ८१औं मिनेटमा फर्मिन लोपेजको पासमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई फराकिलो जित दिलाए।

नुनेजको ह्याट्रिकमा उरुग्वेको जित
२४ जेठ । डार्विन नुनेजको ह्याट्रिकसँगै उरुग्वेले मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई पराजित गरेको छ। बिहीबार बिहान सम्पन्न खेलमा उरुग्वेले मेक्सिकोलाई ४-० गोल अन्तरले पराजित गरेको हो। नुनेजले ७, ४४ र ४९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। फाकुन्डो पेलिस्ट्रीले एक गोल गरे।

ट्वान्टी-२० विश्वकप- स्टोइनिसको अलराउन्ड प्रदर्शनसँगै अस्ट्रेलिया विजयी
२४ जेठ । मार्कस स्टोइनिसको अलराउन्ड प्रदर्शनसँगै अस्ट्रेलियाले आइसिसी ट्वान्टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ। बिहीबार सम्पन्न खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो। अस्ट्रेलियाले दिएको १६६ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा नवौ विकेट गुमाउँदै १२५ रन बनायो। ओमानका आयन खानले सर्वाधिक ३६ रन बनाए। ३० बल खेलेका उनले समान दुई चौका र छक्का प्रहार गरे। मेहरान खान २७, अकिब इलियास १८ र शकील अहमद ११ रनमा आउट..

मैत्रीपूर्ण खेलमा लक्जमबर्गमाथि फ्रान्सको सहज जित
२४ जेठ । केलियन एमबाप्पे चम्किएसँगै फ्रान्सले मैत्रीपूर्ण खेलमा लक्जमबर्गमाथि सहज जित हासिल गरेको छ। स्टेड सेन्ट सिम्फोरियनमा बुधबार राति सम्पन्न खेलमा फ्रान्स ३-० गोल अन्तरले विजयी भएको हो। खेलको ४३औं मिनेटमै कोलो मुआनीले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए। ६०औं मिनेटमा जोनाथन क्लाउसले गोल गर्दै अग्रता दोब्बर बनाए। दुवै गोलमा एमबाप्पेले एसिस्ट गरेका हुन्। ८५औं मिनेटमा ब्राडली बारकोलाको पासमा एमबाप्पले गोल गर्दै फ्रान्सलाई ३-० को जित दिलाए।

युएईसँग खेल्दै नेपाल
२४ जेठ । नेपालले विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत युएईसँग बिहीबार प्रतिस्पर्धा गर्ने भएको छ। साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति ९: ४५ बजेबाट सुरु हुने छ। एएफसी (एसियाली फुटबल महासंघ)ले दशरथ रंगशाला विश्वकप छनोटका खेल सञ्चालन गर्न अयोग्य ठहर गरेपछि नेपालले युएईविरुद्धको ‘होम म्याच’ दमाममा खेल्न लागेको हो। समूह ‘एच’बाट युएईले शीर्ष स्थानमा रहँदै विश्वकपको तेस्रो चरणमा स्थान बनाइसकेकाे छ। यसले सीधै..