खेलकुद
टिममा सन्दीप जोडिएपछि धेरै फाइदा हुने कप्तान रोहितको प्रतिक्रिया
२९ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताएका छन् । आईसीसी टी २० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले वेस्टइण्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र विकेटटेकर बलर लामिछाने टिममा भित्रिएकाले लामिछानेको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने बताए । उनले श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति..
देशका लागि कीर्तिमानी १००औं खेल खेल्दै कप्तान किरण
२९ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बु (चेम्जोङ) ऐतिहासिक कीर्तिमान नजिक छन् । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनविरुद्धको खेल खेल्दै किरण नेपालका लागि एक सयौँ खेल खेल्ने कीर्तिमान नजिक छन् । डेढ दशकभन्दा लामो अन्तर्राष्ट्रिय फुटबल करियरमा किरणले हाल नेपालका लागि सर्वाधिक ९९ क्याप जितेका छन् । उनी अहिले नेपालको कप्तान र गोलकिपर दुवै भूमिका छन् ।..
फिफा विश्वकप २०२६ छनोट- अन्तिम खेलमा नेपालले आज यमनको सामना गर्दै
२९ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ११ः४५ बजे साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा सुरु हुनेछ । सोही रंगशालामा पाँच दिन अघि भएको पाँचौं खेलमा नेपाल युएई विरुद्ध ४–० ले नै पराजित भएको थियो । नेपालको ५ खेलमा गोलसंख्या शून्य रहेको छ । नेपालले कुनै पनि गोल गर्दा ५..
झूटा प्रचारको पछाडि नलाग्न सन्दीपको आग्रह
२८ जेठ । स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहितको निरन्तर प्रयासले ट्वान्टी-२० विश्वकपमा सहभागी हुन सम्भव भएको भन्दै ‘झूटा प्रचारको पछाडि नलाग्न’ आग्रह गरेका छन्। उनले सोमबार बिहान सेन्ट भिन्सेन्ट एन्ड ग्रानडाइन्स, वेस्ट इन्डिजबाट आफ्नो फेसबुकमा पोष्ट गरेका छन्, ‘अध्यक्ष चतुर सर, सचिव एवम् मेरा प्रिय पारस दाइ ... प्रति आभारी छु, जसको असाधारण लगाव र प्रयासमा आइसिसीसँग समन्वय गर्दै यो विश्वकपमा सहभागी हुन मेरो..
दशौँ राष्ट्रिय खेलकुदको लागि तयार भइरहेको भौतिक संरचनाको खेलकुदमन्त्रीद्वरा निरीक्षण
२८ जेठ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कर्णालीको सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुदको लागि तयार भइरहेको भौतिक संरचनाको निरीक्षण गरेका छन्। आइतबार उनले उद्घाटन र समापन हुने प्रमुख रंगशाला, पौडी पोखरी, नवनिर्मित कभर्ड हल, ब्यान्ड मिन्टन हललगायत संरचनाको निरीक्षणसँगै प्रगति विवरणबारेमा जानकारी लिए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सञ्जायलले पूर्वाधारको अवस्थाका बारेमा विस्तृत रूपमा जानकारी गराए। रंगशालाको ८० प्रतिशत काम सम्पन्न भइसकेको र असारभित्र सेन्थेटिक ट्रयाकबाहेक सबै..
विश्वकप खेल्न सन्दीप वेस्ट इन्डिज प्रस्थान
२८ जेठ । सन्दीप लामिछाने आइसिसी ट्वान्टी - २० विश्वकप खेल्न वेस्ट इन्डिज प्रस्थान गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आइतबार बिहान विज्ञप्ति जारी गर्दै उनी त्यसतर्फ प्रस्थान गरेको जानकारी दिएका हुन्। उनका अनुसार सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुनेछन्। उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै क्यानले पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गरेको खड्काले जानकारी दिए। उनका अनुसार..
बालोन डी’ओर अवार्ड आगामी अक्टोबर अन्तिममा
२६ जेठ । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार वितरण समारोह बालोन डी'ओर आगामी अक्टोबर २८ मा पेरिसमा आयोजना हुने भएको छ। आयोजक युइएफएका अनुसार आगामी सेप्टेम्बर ४ मा मनोनयन घोषणा गरिनेछ । रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका भिनिसियस जुनियर, जुड बेलिङ्घम र टोनी क्रुसले बलियो प्रतिस्पर्धा गर्ने सम्भावना छ । युरो २०२४ मा जर्मनीका लागि खेलेपछि क्रुसले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिने छन्। खेल करिअरमा उनी..
ट्वान्टी-२० विश्वकप- श्रीलंकामाथि बंगलादेशको रोमाञ्चक जित
२६ जेठ । बंगलादेशले आइसिसी ट्वान्टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ। शनिबार बिहान सम्पन्न समूह डी को खेलमा बंगलादेशले श्रीलंकामाथि दुई विकेटको रोमाञ्चक जित हासिल गरेको हो। जितसँगै बंगलादेशले पहिलो खेलबाट दुई अंक जोडेको छ। श्रीलंकाको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा श्रीलंका दक्षिण अफ्रिकासँग २२ रनले पराजित भएको थियो। श्रीलंकाले दिएको १२५ रको लक्ष्य बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। १२ बलमा बंगलादेशलाई जितका लागि..
टी–२० विश्वकप- न्युजिल्यान्डमाथि अफगानिस्तानको जित
२६ जेठ । राशिद खान र फजलहक फारुकी चम्किएपछि न्युजिल्यान्ड पहिलो खेलमै अफगानिस्तानसँग पराजित भएको छ। शनिबार सम्पन्न समूह सी को खेलमा अफगानिस्तान ८४ रनले पराजित भएको हो। अफगानिस्तानको यो लागातार दोस्रो जित हो। पहिलो खेलमा अफगानिस्तानले युगान्डालाई १२५ रनले पराजित गरेको थियो। जितसँगै शीर्ष स्थानमा रहेको अफगानिस्तानले चार अंक जोडेको छ। न्युजिल्यान्डले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ७५ रनमा समेटियो। न्युजिल्यान्डका ग्लेन..
माइकलको ह्याट्रिकमा स्पेनको जितमा
२४ जेठ । माइकल ओयारजाबको ह्याट्रिकसँगै स्पेनले मैत्रीपूर्ण खेलमा अन्डोरालाई पराजित गरेको छ। बुधबार राति सम्पन्न खेलमा स्पेन ५-० गोल अन्तरले विजयी भएको हो। खेलको पहिलो हाफमा अयोज पेरेजले गोल गरेका थिए। २४औं मिनेटमा पाउ केयुबार्सीले दिएको पासलाई उनले सदुपयोग गरे। ५३, ६६ र ७३औं मिनेटमा माइकलले गोल गर्दै ह्यट्रिक पूरा गरे। ८१औं मिनेटमा फर्मिन लोपेजको पासमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई फराकिलो जित दिलाए।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७