टी–२० विश्वकप- न्युजिल्यान्डमाथि अफगानिस्तानको जित

टी–२० विश्वकप- न्युजिल्यान्डमाथि अफगानिस्तानको जित

२६ जेठ । राशिद खान र फजलहक फारुकी चम्किएपछि न्युजिल्यान्ड पहिलो खेलमै अफगानिस्तानसँग पराजित भएको छ।

शनिबार सम्पन्न समूह सी को खेलमा अफगानिस्तान ८४ रनले पराजित भएको हो। अफगानिस्तानको यो लागातार दोस्रो जित हो। पहिलो खेलमा अफगानिस्तानले युगान्डालाई १२५ रनले पराजित गरेको थियो। जितसँगै शीर्ष स्थानमा रहेको अफगानिस्तानले चार अंक जोडेको छ।

न्युजिल्यान्डले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ७५ रनमा समेटियो।

न्युजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक १८ रन बनाए। म्याट हेनरीले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

अफगानिस्तानका राशिद र फारुकीले समान चार विकेट लिए। चार ओभर बलिङ गरेका राशिदले १७ रन खर्चिए। ३.२ ओभर बलिङ गरेका फारुकीले पनि १७ रन नै खर्चिए। मोहम्मद नबीको नाममा दुई विकेट रह्यो।

त्यसअघि प्रोभिडेन्स स्टेडियम, गुयानामा रहमानउल्लाह गुरबाजको ८० रनसँगै अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो।

गुरबाजले ५६ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे। इब्राहिम जाद्रान ४४ र अजमातुल्लाह उमरजाई २२ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन।

न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र म्याट हेनरीले समान दुई विकेट लिए। लकी फर्ग्युसनको नाममा एक विकेट रह्यो।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270