झूटा प्रचारको पछाडि नलाग्न सन्दीपको आग्रह

झूटा प्रचारको पछाडि नलाग्न सन्दीपको आग्रह

२८ जेठ । स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहितको निरन्तर प्रयासले ट्वान्टी-२० विश्वकपमा सहभागी हुन सम्भव भएको भन्दै ‘झूटा प्रचारको पछाडि नलाग्न’ आग्रह गरेका छन्।

उनले सोमबार बिहान सेन्ट भिन्सेन्ट एन्ड ग्रानडाइन्स, वेस्ट इन्डिजबाट आफ्नो फेसबुकमा पोष्ट गरेका छन्, ‘अध्यक्ष चतुर सर, सचिव एवम् मेरा प्रिय पारस दाइ … प्रति आभारी छु, जसको असाधारण लगाव र प्रयासमा आइसिसीसँग समन्वय गर्दै यो विश्वकपमा सहभागी हुन मेरो यात्रालाई सम्भव बनायो।’

बलात्कार अभियोगमा उच्च अदालत, पाटनले १५ मेमा सफाइ दिएपनि सन्दीपलाई विश्वकपको सहआयोजक अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। दोहोर्याएर प्रयास गरेपनि उनले भिसा पाएनन्। त्यसैले उनी नेपाली टिमले अमेरिकामा खेलिरहँदा स्वदेशमै थिए।

यसबीच राष्ट्रिय टोलीका पूर्वकप्तान एवम् क्यानका सचिव खड्कासहितलाई सन्दीपको लागि भिसा दिलाउन प्रयास नगरेको, विश्वकप खेलाउन नचाहेको आरोप लाग्यो। त्यसैले हुनसक्छ सन्दीपले लेखेका छन्, ‘चतुर सर र पारस दाइ, जसले मेरो पुनरागमन सम्भव पारेको छ, उनीहरूजस्ता महत्त्वपूर्ण व्यक्तिको छवि धुमिल्याउने प्रयास भएकोमा निराश छु। क्यान र नेपाल क्रिकेटको छवि धमिल्याउने झूटा प्रचारको पछाडि नलाग्नुहोला।’

उनले नेपालले १० वर्षपछि विश्वकप खेल्दा सकारात्मक समर्थनको अपेक्षा गरिएको पनि उल्लेख गरेका छन्। सबैको सहयोग रहेपनि अमेरिकाको भिसा प्रयास दुर्भाग्यवश असफल भएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘वेस्ट इन्डिजमा हुने दुई खेलको लागि राष्ट्रिय टिममा आबद्ध भएको छु, जहाँ मेरो सपना र सबै क्रिकेट प्रेमीको सपना पूरा गर्न चाहन्छु।’

क्यानले पनि सोमबार विज्ञप्ति जारी गर्दै युवा बलर प्रतीश जीसीलाई रिजर्वमा राख्दै सन्दीपलाई विश्वकप खेल्ने १५ खेलाडीको सूचीमा समावेश गरिएको जनाएको छ। नेपालले अमेरिकामा र वेस्ट इन्डिजमा दुई–दुई खेल खेल्दैछ।

गत साता डालासमा भएको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ६ विकेटले हारेको थियो। फ्लोरिडामा बुधबार श्रीलंकाविरुद्ध खेलेपछि नेपाली टिम वेस्ट इन्डिज जानेछ, जहाँ सन्दीसहितको टिमले दक्षिण अफ्रिका (१५ जुन) र बंगलादेश (१७ जुन) विरुद्ध खेल्ने छ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270