ट्वान्टी-२० विश्वकप- श्रीलंकामाथि बंगलादेशको रोमाञ्चक जित

ट्वान्टी-२० विश्वकप- श्रीलंकामाथि बंगलादेशको रोमाञ्चक जित

२६ जेठ । बंगलादेशले आइसिसी ट्वान्टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ। शनिबार बिहान सम्पन्न समूह डी को खेलमा बंगलादेशले श्रीलंकामाथि दुई विकेटको रोमाञ्चक जित हासिल गरेको हो।

जितसँगै बंगलादेशले पहिलो खेलबाट दुई अंक जोडेको छ। श्रीलंकाको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा श्रीलंका दक्षिण अफ्रिकासँग २२ रनले पराजित भएको थियो।

श्रीलंकाले दिएको १२५ रको लक्ष्य बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो। १२ बलमा बंगलादेशलाई जितका लागि ११ रन चाहिएको थियो।

दसून शानकाको पहिलो बलमा महमुदउल्लाहले छक्का प्रहार गरे। दोस्रो बलमा एक रन दिए। तेस्रो बल डट राखेका उनले चौथो बलमा तनजीम हसन साकिबलाई एक रन दिए।

पाँचौ बल डट राखेका उनले त्यसपछि वाइड बल फ्याँके। अन्तिम बलमा महमुदउल्लाहले दुई रन लिँदै बंगलादेशलाई जित दिलाए।

बंगलादेशका तौहीद हृदोयले सर्वाधिक ४० रन बनाए। २० बल खेलेका उनले एक चौका र चार छक्का प्रहार गरे। लिटनकुमार दास ३६ रनमा आउट हुँदा महमुदउल्लाह १६ र तनजीम हसन साकिब एक रनमा अविजित रहे। अन्यको प्रदर्शन भने राम्रो हुन सकेन।

श्रीलंकाका नुवान तुषाराले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले १८ रन खर्चिए। वानिन्दु हसरंगाले दुई विकेट लिँदा मथीशा पथिराना र धन्जय डी सिल्भाको नाममा एक विकेट रह्यो।

त्यसअघि ग्रान्ड प्रेयरी स्टेडियममा  टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन बनाएको थियो।

श्रीलंकाका ओपनर पथुम निसंकाले सर्वाधिक ४७ रन बनाए। २८ बल खेलेका उनले सात चौका र एक छक्का प्रहार गरे।

धन्जय डी सिल्भा २१, चरिथ असलंका १९, एन्जलो मैथ्यूज १६ र कुशल मेन्डिस १० रनमा आउट हुँदा अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

बंगलादेशका मुस्तफिजुर रहमान र रिशाद हुसैनले समान तीन विकेट लिए। तस्किन अहमदले दुई विकेट लिँदा तनजीम हसन साकिबको नाममा एक विकेट रह्यो।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270