विश्वकप खेल्न सन्दीप वेस्ट इन्डिज प्रस्थान

२८ जेठ । सन्दीप लामिछाने आइसिसी ट्वान्टी – २० विश्वकप खेल्न वेस्ट इन्डिज प्रस्थान गरेका छन्।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आइतबार बिहान विज्ञप्ति जारी गर्दै उनी त्यसतर्फ प्रस्थान गरेको जानकारी दिएका हुन्।

उनका अनुसार सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुनेछन्। उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै क्यानले पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गरेको खड्काले जानकारी दिए।

उनका अनुसार सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो ।

‘सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराउन चाहन्छौं, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270