बालोन डी'ओर अवार्ड आगामी अक्टोबर अन्तिममा

बालोन डी’ओर अवार्ड आगामी अक्टोबर अन्तिममा

२६ जेठ । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार वितरण समारोह बालोन डी’ओर आगामी अक्टोबर २८ मा पेरिसमा आयोजना हुने भएको छ।

आयोजक युइएफएका अनुसार आगामी सेप्टेम्बर ४ मा मनोनयन घोषणा गरिनेछ । रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका भिनिसियस जुनियर, जुड बेलिङ्घम र टोनी क्रुसले बलियो प्रतिस्पर्धा गर्ने सम्भावना छ । युरो २०२४ मा जर्मनीका लागि खेलेपछि क्रुसले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिने छन्। खेल करिअरमा उनी बालोन डी’ओरको शीर्ष तीनमा कहिल्यै परेका छैनन्।

महिला च्याम्पियन्स लिग क्याटलान क्लब बार्सिलोनाका आइताना बोनमाटी र एलेक्सिया पुटेलास मुख्य दाबेदार रहेका छन्। उनीहरू फाइनलमा लियोनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए।

लियोनल मेसी र बोनमाटीले गत वर्ष विश्वकप जितेपछि बालोन डी’ओ जितेका थिए । सन् २०२३–२४ को सिजनका लागि नयाँ पुरस्कारमा उत्कृष्ट पुरुष र महिला प्रशिक्षक समावेश छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270