दशौँ राष्ट्रिय खेलकुदको लागि तयार भइरहेको भौतिक संरचनाको खेलकुदमन्त्रीद्वरा निरीक्षण

दशौँ राष्ट्रिय खेलकुदको लागि तयार भइरहेको भौतिक संरचनाको खेलकुदमन्त्रीद्वरा निरीक्षण

२८ जेठ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कर्णालीको सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुदको लागि तयार भइरहेको भौतिक संरचनाको निरीक्षण गरेका छन्। आइतबार उनले उद्घाटन र समापन हुने प्रमुख रंगशाला, पौडी पोखरी, नवनिर्मित कभर्ड हल, ब्यान्ड मिन्टन हललगायत संरचनाको निरीक्षणसँगै प्रगति विवरणबारेमा जानकारी लिए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सञ्जायलले पूर्वाधारको अवस्थाका बारेमा विस्तृत रूपमा जानकारी गराए। रंगशालाको ८० प्रतिशत काम सम्पन्न भइसकेको र असारभित्र सेन्थेटिक ट्रयाकबाहेक सबै काम सम्पन्न हुने जानकारी गराए ।

बनिरहेका अन्य संरचनाहरू पनि समयमा नै बनिसक्ने सञ्जालले बताए । रंगशालालगायत क्रिकेट मैदान, बहुउद्देश्यीय कभर्ड हल, भलिबल कोर्ट, बास्केटबल कोर्ट, रग्बी मैदान, फुटबल मैदान, ह्यान्डबल, स्कावास कोर्ट, पौडी पोखरीजस्ता करिब एक दर्जन नयँ खेलकुद संरचना अहिले निर्माण भइरहेको छ।

निरीक्षणपश्चात युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले तोकिएकै समयमा दशौँ आयोजना हुने बताए। यसको लागि सबैलाई जुटेर यो अवसरलाई पर्वको रूपमा मनाउन सबैलाई आग्रह गरे। विशेषगरी आवास नै प्रमुख चुनौती हुन सक्ने भन्दै यसमा योजना बनाएर नै काम गर्नुपर्नेमा जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषद्को सक्रियताप्रति धन्यवाद दिँदै मन्त्री श्रेष्ठले तोकिएकै समयमा आयोजना गर्नका लागि मन्त्रालयको काम प्रक्रियाअघि बढाइसकेको पनि बताए ।

सोही अवसरमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सम्भावित खेल हुने स्थानका बारेमा पनि जानकारी गराएको छ। विभिन्न नौ जिल्लामा ३० खेल खेलाउन तयार रहेको र ६ खेल खेलाउन नसक्ने कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जानकारी गराएको छ। नवौंमा समावेश ३६ खेलमध्ये लन टेनिस, सुटिङ, जिम्नास्टिक, सफ्ट टेनिस, ट्रायथलन र गल्फको कुनै पनि पूर्वाधार कर्णालीमा नभएकोले यी खेल कर्णालीमा हुन नसक्ने परिषद्ले जानकारी गराएको छ।

निरीक्षण पश्चात मन्त्री श्रेष्ठले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकासमन्त्री वीरबहादुर शाही, नगर प्रमुख मोहन माया ढकालसँग छलछलफल गरेका छन्। यसैगरी आइतबार नै सुर्खेत उद्योग वाणिज्य संघसँग पनि छलफल गरिएको छ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270