नुनेजको ह्याट्रिकमा उरुग्वेको जित

२४ जेठ । डार्विन नुनेजको ह्याट्रिकसँगै उरुग्वेले मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई पराजित गरेको छ। बिहीबार बिहान सम्पन्न खेलमा उरुग्वेले मेक्सिकोलाई ४-० गोल अन्तरले पराजित गरेको हो। नुनेजले ७, ४४ र ४९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। फाकुन्डो पेलिस्ट्रीले एक गोल गरे।

ट्वान्टी-२० विश्वकप- स्टोइनिसको अलराउन्ड प्रदर्शनसँगै अस्ट्रेलिया विजयी

२४ जेठ । मार्कस स्टोइनिसको अलराउन्ड प्रदर्शनसँगै अस्ट्रेलियाले आइसिसी ट्वान्टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ। बिहीबार सम्पन्न खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो। अस्ट्रेलियाले दिएको १६६ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा नवौ विकेट गुमाउँदै १२५ रन बनायो। ओमानका आयन खानले सर्वाधिक ३६ रन बनाए। ३० बल खेलेका उनले समान दुई चौका र छक्का प्रहार गरे। मेहरान खान २७, अकिब इलियास १८ र शकील अहमद ११ रनमा आउट..

मैत्रीपूर्ण खेलमा लक्जमबर्गमाथि फ्रान्सको सहज जित

  २४ जेठ । केलियन एमबाप्पे चम्किएसँगै फ्रान्सले मैत्रीपूर्ण खेलमा लक्जमबर्गमाथि सहज जित हासिल गरेको छ। स्टेड सेन्ट सिम्फोरियनमा बुधबार राति सम्पन्न खेलमा फ्रान्स ३-० गोल अन्तरले विजयी भएको हो। खेलको ४३औं मिनेटमै कोलो मुआनीले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए। ६०‍औं मिनेटमा जोनाथन क्लाउसले गोल गर्दै अग्रता दोब्बर बनाए। दुवै गोलमा एमबाप्पेले एसिस्ट गरेका हुन्। ८५औं मिनेटमा ब्राडली बारकोलाको पासमा एमबाप्पले गोल गर्दै फ्रान्सलाई ३-० को जित दिलाए।

युएईसँग खेल्दै नेपाल

  २४ जेठ । नेपालले विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत युएईसँग बिहीबार प्रतिस्पर्धा गर्ने भएको छ। साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति ९: ४५ बजेबाट सुरु हुने छ। एएफसी (एसियाली फुटबल महासंघ)ले दशरथ रंगशाला विश्वकप छनोटका खेल सञ्चालन गर्न अयोग्य ठहर गरेपछि नेपालले युएईविरुद्धको ‘होम म्याच’ दमाममा खेल्न लागेको हो। समूह ‘एच’बाट युएईले शीर्ष स्थानमा रहँदै विश्वकपको तेस्रो चरणमा स्थान बनाइसकेकाे छ। यसले सीधै..

डी ब्रुएना फ्रि एजेन्टको रुपमा साउदी जाने

२३ जेठ । म्यानचेस्टर सिटीका प्लेमेकर केभिन डी ब्रुएना अर्को वर्ष फ्रि एजेन्टको रुपमा साउदी अरब जाने भएका छन्। बेल्जियमका ३४ वर्षीय स्टार स्ट्राइकरले इंग्लिस प्रिमियर लिग लिग क्लबमा १० सिजन पूरा गरेका छन्। 'मेरो उमेरमा तपाईं सबै कुराको लागि खुला हुनुपर्छ,' डी ब्रुएनाले भने। करिब १८ महिनाअघि क्रिस्टियानो रोनाल्डो साउदी अरब पुगेका थिए। साउदी लिग क्लबहरूले शीर्ष खेलाडीहरूलाई आकर्षित गर्न करोडौं डलर खर्च गरिरहेको छ। करिम बेन्जेमा र नेयमारपनि रोनाल्डोलाई पछ्याउँदै साउदी..

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलको जित

२३ जेठ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले फिनल्यान्डलाई पराजित गरेको छ। मंगलबार राति सम्पन्न खेलमा पोर्चुगल ४-२ गोलअन्तरले विजयी भएको हो। पहिलो हाफको १६ मिनेटमा रुबेन डायस र इन्ज्युरी समयको चौथो मिनेटमा डियागो पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाए। ५६औं मिनेटमा ब्रुनोले गोल गरे। ७२ र ७६औं मिनेटमा तिमु पुक्कीले गोल गर्दै फिन्डल्यान्डलाई ३-२ को स्थितिमा ल्याए। तर, ८४औं मिनेटमा ब्रुनोले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल..

ट्वान्टी-२० विश्वकप- नेपाल पहिलो खेलमै पराजित

२३ जेठ ।  नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप हारबाट सुरुआत गरेको छ। समूह डीको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो। नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनायो। नेदरल्यान्ड्सका म्याक ओ डाओडले सर्वाधिक ५४ रन बनाए। अविजित रहेका उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। विक्रमजीत सिंह २२ र साइब्रेन्ड एन्गलब्रेख्त १४ रनमा आउट हुँदा बास डे लीडे ११..

बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी- नेपाल उपविजेतामा सिमित

२२ जेठ । बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । सोमबार ढाकास्थित शहीद सुह्रवार्दी इन्डोर स्टेडियममा भएको फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग ४५–३१ ले पराजित भएपछि उपविजेता बनेको हो । १२ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ए को उपविजेता तथा बंगलादेश समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेका थिए । नेपालले सेमिफाइनलमा समूह बी को विजेता केन्यालाई हराएर फाइनल पुगेको थियो । बंगलादेशले भने सेमिफाइनलमा थाइल्याण्डलाई..

टी-२० विश्वकप- नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

२२ जेठ । नेपालले आईसीसी टी-२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ । सुपर-८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ । समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । समूह डी को पहिलो खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले ६ विकेटले हराएको छ । ग्राण्ड..

प्रधानमन्त्री ‘प्रचण्ड’ले दिए नेपाली क्रिकेट टोलीलाई शुभकामना

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । उनले वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको पनि दाबी गरे ।..