खेलकुद

डी ब्रुएना फ्रि एजेन्टको रुपमा साउदी जाने
२३ जेठ । म्यानचेस्टर सिटीका प्लेमेकर केभिन डी ब्रुएना अर्को वर्ष फ्रि एजेन्टको रुपमा साउदी अरब जाने भएका छन्। बेल्जियमका ३४ वर्षीय स्टार स्ट्राइकरले इंग्लिस प्रिमियर लिग लिग क्लबमा १० सिजन पूरा गरेका छन्। 'मेरो उमेरमा तपाईं सबै कुराको लागि खुला हुनुपर्छ,' डी ब्रुएनाले भने। करिब १८ महिनाअघि क्रिस्टियानो रोनाल्डो साउदी अरब पुगेका थिए। साउदी लिग क्लबहरूले शीर्ष खेलाडीहरूलाई आकर्षित गर्न करोडौं डलर खर्च गरिरहेको छ। करिम बेन्जेमा र नेयमारपनि रोनाल्डोलाई पछ्याउँदै साउदी..

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलको जित
२३ जेठ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले फिनल्यान्डलाई पराजित गरेको छ। मंगलबार राति सम्पन्न खेलमा पोर्चुगल ४-२ गोलअन्तरले विजयी भएको हो। पहिलो हाफको १६ मिनेटमा रुबेन डायस र इन्ज्युरी समयको चौथो मिनेटमा डियागो पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाए। ५६औं मिनेटमा ब्रुनोले गोल गरे। ७२ र ७६औं मिनेटमा तिमु पुक्कीले गोल गर्दै फिन्डल्यान्डलाई ३-२ को स्थितिमा ल्याए। तर, ८४औं मिनेटमा ब्रुनोले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल..

ट्वान्टी-२० विश्वकप- नेपाल पहिलो खेलमै पराजित
२३ जेठ । नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप हारबाट सुरुआत गरेको छ। समूह डीको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो। नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनायो। नेदरल्यान्ड्सका म्याक ओ डाओडले सर्वाधिक ५४ रन बनाए। अविजित रहेका उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। विक्रमजीत सिंह २२ र साइब्रेन्ड एन्गलब्रेख्त १४ रनमा आउट हुँदा बास डे लीडे ११..

बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी- नेपाल उपविजेतामा सिमित
२२ जेठ । बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । सोमबार ढाकास्थित शहीद सुह्रवार्दी इन्डोर स्टेडियममा भएको फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग ४५–३१ ले पराजित भएपछि उपविजेता बनेको हो । १२ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ए को उपविजेता तथा बंगलादेश समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेका थिए । नेपालले सेमिफाइनलमा समूह बी को विजेता केन्यालाई हराएर फाइनल पुगेको थियो । बंगलादेशले भने सेमिफाइनलमा थाइल्याण्डलाई..

टी-२० विश्वकप- नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै
२२ जेठ । नेपालले आईसीसी टी-२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ । सुपर-८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ । समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । समूह डी को पहिलो खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले ६ विकेटले हराएको छ । ग्राण्ड..

प्रधानमन्त्री ‘प्रचण्ड’ले दिए नेपाली क्रिकेट टोलीलाई शुभकामना
२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । उनले वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको पनि दाबी गरे ।..

किलियन एमबाप्पे स्पेनिस क्लब रियल मड्रिडमा
२२ जेठ । फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पे स्पेनिस क्लब रियल मड्रिडमा भित्रिएका छन्। रियलले सोमबार २५ वर्षीय फ्रान्सेली स्टारसँग आगामी पाँच सिजनका लागि सम्झौता गरेको हो। योसँगै उनी सन् २०२९ सम्म रियलमा रहने छन्। रियलले उनलाई कति रकम खर्चिएर भित्र्याएको हो खुलाएको छैन। युरोकप तयारीका लागि फ्रान्स्रेली टोलीसँगै रहेका एमबाप्पेलाई औपचारिक रूपमा कहिले सार्वजनिक गर्ने भन्नेबारे पनि रियलले केही बताएको छैन। यद्यपि, एम्बाप्पेले आफ्नो एउटा सपना पूरा भएको बताएका छन्।..

साफ महिला च्याम्पियनसिपको आयोजना नेपालले गर्ने
२१ जेठ । नेपालले साफ महिला च्याम्पियनसिपको आयोजना गर्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) प्रतियोगिता समितिको सोमबार बसेको बैठकले नेपाललाई आयोजनाको लागि स्वीकृत दिएको हो। प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफले जनाएको छ। प्रतियोगितामा साफका ७ वटै सदस्य संघको सहभागिता रहनेछ।

महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त
२१ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गरेको छ। एन्फाले सोमबार उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। त्यस्तै, राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा भगवती थापा र गोलकिपिङ प्रशिक्षकमा विनोद महर्जन नियुक्त भएका छन्। एन्फाका महासचिव किरण राईले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नियुक्त पदाधिकारीहरुलाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए।

नेपाल बंगबन्धु अन्तर्राष्ट्रिय कबड्डीको फाइनलमा
२१ जेठ । केन्यालाई टाइब्रेकरमा पराजित गर्द नेपाल बंगलादेको ढाकामा जारी बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनल पुगेको छ। ढाकामा आइतबार भएको निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक सेमिफाइनलमा केन्यालाई अतिरिक्त पाँच रेडमा ९-५ ले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै टोलीले ५०-५० अंक जोडे पछि खेलको छिनोफानो अतिरिक्त पाँच रेडबाट गरिएको थियो । जहाँ नेपालले बाजी मार्यो । नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको..