पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मान

२ असार । युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई नगदसहित सम्मान गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवमा टङ्कलाल घिसिङले उनीहरूलाई सम्मानित गरेका हुन् । सो अवसरमा एसियाली खेलकुदमा रजत पदक विजेता एरिका गुरुङलाई १९ लाख ५० हजार रुपैयाँसहित सम्मानित गरिएको छ । त्यस्तै, पारा एसियाली खेलकुदमा कांस्य पद जित्ने पलेसा गोवद्र्धनलाई १३ लाख रुपैयाँ प्रदान गरियो । यसैगरी एसियाली..

ट्वान्टी–२० विश्वकप- डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड सुपर एटमा

२ असार । डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड ट्वान्टी–२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ। शनिबार राति भएको वर्षाले प्रभावित खेलमा नामिबियालाई  डकवर्थ लेविस पद्धति (डीएलएस) ४१ रनले पराजित गर्दै इंग्ल्यान्ड दुई महत्त्वपूर्ण अंक जोडेको थियो। आइतबार बिहान समूह ‘बी’ को अन्तिम खेलमा अस्ट्रेलियाले  स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेसँगै इंग्ल्यान्ड सुपर एटमा पुगेको हो। समूह ‘बी’मा अस्ट्रेलियाले शतप्रतिशत जितसहित आठ अंक जोड्यो। अस्ट्रेलियासँगै सुपर एटमा पुगेको इंग्ल्यान्डले चार खेलबाट पाँच अंक जोड्यो। समान खेलबाट..

युरोकप- क्रोएसियामाथि स्पेनको जित

२ असार । स्पेनले युरोकपमा क्रोएसियामाथि एकपक्षीय जित हासिल गरेको छ। ओलम्पिक स्टेडियममा शनिबार राति सम्पन्न समूह बी को खेलमा स्पेन ३-० गोल अन्तरले विजयी भएको हो। अल्भारो मोराटा, फेबियन रुइज र ड्यानी कार्भाजले खेलको पहिलो हाफमै गोल गर्दै स्पेनलाई ३-० को अग्रता दिलाएका थिए। ८०औं मिनेटमा क्रोएसियाका ब्रुनो पेटकोभिकले दुई पटक पेनाल्टी प्रहार गरे पनि सफल हुन सकेनन्। योसँगै क्रोएसियाले खेलमा गोलअन्तर कम गर्ने मौका गुमायो।

फिफा वरियतामा नेपाल ९८औं स्थानमा

१ असार । नेपाली महिला टोलीले फिफा वरियतामा दुई स्थान सुधार गरेको छ। फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपाल ९८औं स्थानमा उक्लिएको हो। यसअघि नेपाल १००औं स्थानमा थियो। दक्षिण एसियामा भारत शीर्ष स्थानमा छ। नेपाल दोस्रो स्थानमा रहँदा बंगलादेश तेस्रोमा रहेको छ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्वरा ग्वाटेमाला पराजित

१ असार । नोभेम्बरपछि अन्तर्राष्ट्रिय खेलमा फर्किएका कप्तान लिओनल मेसी र लौटारो मार्टिनेजको शानदार प्रदर्शनमा अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ग्वाटेमालालाई पराजित गरेको छ। शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ग्वाटेमालालाई ४–१ गोल अन्तरले पराजित गरेको हो। खेलको १२औँ र ७७औँ मिनेटमा मेसीले गोल गरे। मार्टिनेजले ३९औं र ६६औँ मिनेटमा गोल गरे। एक गोल उनले पेनाल्टीमार्फत गरेका थिए। खेलको चौथो मिनेटमै लिसान्ड्रो मार्टिनेजको उपहार गोलमा शुरुआती अग्रता बनाएको ग्वाटेमालाले उक्त अग्रता जोगाउन..

नेपालले २०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर गुमायो

१ असार । आईसीसी टी–२० विश्वकप २०२४ मा समूह चरणबाट बाहिरिदा नेपालले २०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर पनि गुमाएको छ। अमेरिका र वेष्टइण्डिजमा जारी विश्वकपमा सुपर–८ मा पुग्ने टोलीलाई २०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर थियो। समूह डी मा रहेको नेपाल शनिबार दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि सुपर–८ को सम्भावना समाप्त भएको हो । भारत र श्रीलंका आयोजक हुँदा सोझै विश्वकपमा पुगेका छन् । सुपर–८ मा..

युरोकप २०२४- आयोजक जर्मनीको सानदार सुरुआत

१ अुसार । आयोजक जर्मनीले युरोकप–२०२४ मा सानदार सुरुआत गरेको छ। शुक्रबार राति भएको उद्घाटन खेलमा समूह ए मा रहेको जर्मनीले स्कटल्याण्डलाई ५–१ ले पराजित गरेको हो। म्युनिखस्थित एलिएन्ज उरेनामा भएको खेलमा जर्मनीका लागि पाँच फरक खेलाडीले गोल गरे। खेलको दशौं मिनेटमै फ्लोरियन विट्जले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। जमाल मुसिएलाले १९औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारे। पहिलो हाफको ४४औं मिनेटमा राएन पोर्टेओसले रातो कार्ड पाएपछि स्कटल्याण्ड दश..

टी-२० बिश्वकप- वेस्ट इन्डिज सुपर ८ मा प्रवेश

३१ जेठ । वेस्ट इन्डिज आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर एटमा पुगेको छ। बिहीबार सम्पन्न खेलमा न्युजिल्यान्डलाई १३ रनले पराजित गर्दै वेस्ट इन्डिज सुपर एटमा पुगेको हो। योसँगै न्युजिल्यान्ड सुपर एटको दौडबाट लगभग बाहिरिएको छ। न्युजिल्यान्डले १४ जुनमा युगान्डा र १७ जुनमा पपुवा न्युगिनीको सामना गर्नेछ। यी दुई खेलमा जिते पनि न्युजिल्यान्डका लागि पर्याप्त हुनेछैन। वेस्ट इन्डिजको तीन खेलबाट तीन जितसहित ६ अंक छ। अफगानिस्तानले अहिलेसम्म दुईमध्ये दुई खेलमा जित हासिल गर्दै चार..

एफसी यु-१७ एसियन कप २०२५ छनोट- साविक विजेता जापान र नेपाल एकै समूहमा

३१ जेठ । नेपाल एफसी यु-१७ एसियन कप २०२५ छनोटमा साविक विजेता जापान रहेको समूहमा परेको छ। एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ड्रअनुसार नेपाल समूह एफमा परेको हो। यो समूहमा नेपाल र जापानसँगै कतार र मंगोलिया रहेको छ। यस समूहका खेल कतारले आयोजना गर्ने एएफसीले जनाएको छ। यस समूहका खेलहरू आगामी अक्टोबरदेखि सुरु हुनेछ।

टी-२० बिश्वकप- भारत सुपर ८ मा प्रवेश

३१ जेठ । भारत आईसीसी पुरुष टी- ट्वान्टी बिश्वकपको शीर्ष आठमा स्थान बनाउन सफल भएको छ । तेस्रो खेलमा अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर आठमा पुग्न सफल भएको हो ।भारतको यो लगातार तेस्रो जित हो । भारतकाे जितले पाकिस्तानलाई समेत राहत मिलेको छ, उसको सुपर ८ को सम्भावना बढेको छ । अमेरिकाले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य भारतले १० बल बाँकी छदाँ मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।..