अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्वरा ग्वाटेमाला पराजित

१ असार । नोभेम्बरपछि अन्तर्राष्ट्रिय खेलमा फर्किएका कप्तान लिओनल मेसी र लौटारो मार्टिनेजको शानदार प्रदर्शनमा अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ग्वाटेमालालाई पराजित गरेको छ। शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ग्वाटेमालालाई ४–१ गोल अन्तरले पराजित गरेको हो। खेलको १२औँ र ७७औँ मिनेटमा मेसीले गोल गरे। मार्टिनेजले ३९औं र ६६औँ मिनेटमा गोल गरे। एक गोल उनले पेनाल्टीमार्फत गरेका थिए। खेलको चौथो मिनेटमै लिसान्ड्रो मार्टिनेजको उपहार गोलमा शुरुआती अग्रता बनाएको ग्वाटेमालाले उक्त अग्रता जोगाउन..

नेपालले २०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर गुमायो

१ असार । आईसीसी टी–२० विश्वकप २०२४ मा समूह चरणबाट बाहिरिदा नेपालले २०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर पनि गुमाएको छ। अमेरिका र वेष्टइण्डिजमा जारी विश्वकपमा सुपर–८ मा पुग्ने टोलीलाई २०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर थियो। समूह डी मा रहेको नेपाल शनिबार दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि सुपर–८ को सम्भावना समाप्त भएको हो । भारत र श्रीलंका आयोजक हुँदा सोझै विश्वकपमा पुगेका छन् । सुपर–८ मा..

युरोकप २०२४- आयोजक जर्मनीको सानदार सुरुआत

१ अुसार । आयोजक जर्मनीले युरोकप–२०२४ मा सानदार सुरुआत गरेको छ। शुक्रबार राति भएको उद्घाटन खेलमा समूह ए मा रहेको जर्मनीले स्कटल्याण्डलाई ५–१ ले पराजित गरेको हो। म्युनिखस्थित एलिएन्ज उरेनामा भएको खेलमा जर्मनीका लागि पाँच फरक खेलाडीले गोल गरे। खेलको दशौं मिनेटमै फ्लोरियन विट्जले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। जमाल मुसिएलाले १९औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारे। पहिलो हाफको ४४औं मिनेटमा राएन पोर्टेओसले रातो कार्ड पाएपछि स्कटल्याण्ड दश..

टी-२० बिश्वकप- वेस्ट इन्डिज सुपर ८ मा प्रवेश

३१ जेठ । वेस्ट इन्डिज आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर एटमा पुगेको छ। बिहीबार सम्पन्न खेलमा न्युजिल्यान्डलाई १३ रनले पराजित गर्दै वेस्ट इन्डिज सुपर एटमा पुगेको हो। योसँगै न्युजिल्यान्ड सुपर एटको दौडबाट लगभग बाहिरिएको छ। न्युजिल्यान्डले १४ जुनमा युगान्डा र १७ जुनमा पपुवा न्युगिनीको सामना गर्नेछ। यी दुई खेलमा जिते पनि न्युजिल्यान्डका लागि पर्याप्त हुनेछैन। वेस्ट इन्डिजको तीन खेलबाट तीन जितसहित ६ अंक छ। अफगानिस्तानले अहिलेसम्म दुईमध्ये दुई खेलमा जित हासिल गर्दै चार..

एफसी यु-१७ एसियन कप २०२५ छनोट- साविक विजेता जापान र नेपाल एकै समूहमा

३१ जेठ । नेपाल एफसी यु-१७ एसियन कप २०२५ छनोटमा साविक विजेता जापान रहेको समूहमा परेको छ। एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ड्रअनुसार नेपाल समूह एफमा परेको हो। यो समूहमा नेपाल र जापानसँगै कतार र मंगोलिया रहेको छ। यस समूहका खेल कतारले आयोजना गर्ने एएफसीले जनाएको छ। यस समूहका खेलहरू आगामी अक्टोबरदेखि सुरु हुनेछ।

टी-२० बिश्वकप- भारत सुपर ८ मा प्रवेश

३१ जेठ । भारत आईसीसी पुरुष टी- ट्वान्टी बिश्वकपको शीर्ष आठमा स्थान बनाउन सफल भएको छ । तेस्रो खेलमा अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर आठमा पुग्न सफल भएको हो ।भारतको यो लगातार तेस्रो जित हो । भारतकाे जितले पाकिस्तानलाई समेत राहत मिलेको छ, उसको सुपर ८ को सम्भावना बढेको छ । अमेरिकाले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य भारतले १० बल बाँकी छदाँ मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।..

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकासँग बराबरीमा रोकियो ब्राजिल

३१ जेठ । सुरुआती अग्रता जोगाउन नसक्दा ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकासँग बराबरीमा रोकिएको छ। क्याम्पिङ वर्ल्ड स्टेडियममा बिहीबार सम्पन्न खेलमा ब्राजिलले घरेलु टोलीसँग १-१ गोलको बराबरी खेलको हो। खेलको १७औं मिनेटमै रोड्रिगोले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए। उनले राफिन्होको पासमा गोल गरे। तर, नौ मिनेटपछि नै क्रिस्टियन पुलिसिकले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन। यसअघि ब्राजिलले मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई ३-२ गोल अन्तरले पराजित..

बिर्तामोडमा मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने

३० जेठ । झापाको बिर्तामोडमा मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । बिर्तामोडको फस्र्ट स्टेप फिटनेसले आगामी असोज १९ गते हुने जिल्लास्तरीय प्रतियोगिताको आयोजना गर्न लागेको हो । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगिताका अध्यक्ष तथा २०६४ का मिस्टर झापा, कलाकार सुवास मेचेले खेलाडी उत्पादन र प्रोत्साहन गर्ने मुख्य उद्देश्यसाथ प्रतियोगिता आयोजना गरिएको बताए । अध्यक्ष मेचेका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख ५१..

नेपालका लागि सन्जिव विष्टको डेब्यू गोल

३० जेठ । फिफा विश्वकप छनोटको दोस्रो चरणमा नेपालले लगातार पाँच खेल हार्दा कुनै गोल गर्न सकेको थिएन । गएराती साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद फहद स्टेडियममा भएको समूह एचको अन्तिम खेलमा नेपालले यमन विरुद्ध गोल र अंक दुवैको खडेरी तोड्यो । सन्जिव विष्ट र जिलेस्पी जंग कार्कीको गोलमा नेपालले यमनसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको थियो । त्यसमा नेपालका लागि पहिलो गोल गर्ने खेलाडी थिए सन्जिव विष्ट ।..

नेपाल र श्रीलंकाबीचको खेल रद्द- दुवै टोलीले एक एक अंक बाँडे

३० जेठ । आइसिसी टी-२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द गरिएको छ। वर्षा नरोकिएपछि एक बल पनि नखेलाइ खेल रद्द गरिएको हो। योसँगै दुवै टोलीले समान एक अंक बाँडेका छन्। दक्षिण अफ्रिका र बंगलादेशसँग श्रीलंका पराजित भएको थियो। श्रीलंकालाई सुपर एटमा पुग्न नेपाल र नेदरल्याड्ससँगको खेल जित्नै पर्ने दबाब थियो।  तर, वर्षाको कारण खेल रद्द भयो। फ्लोरिडामा मंगलबार (स्थानीय समय) वर्षा भइरहेको थियो। वर्षाको कारण श्रीलंकाको अभ्यास पनि प्रभावित भएको..