खेलकुद
किलियन एमबाप्पे स्पेनिस क्लब रियल मड्रिडमा
२२ जेठ । फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पे स्पेनिस क्लब रियल मड्रिडमा भित्रिएका छन्। रियलले सोमबार २५ वर्षीय फ्रान्सेली स्टारसँग आगामी पाँच सिजनका लागि सम्झौता गरेको हो। योसँगै उनी सन् २०२९ सम्म रियलमा रहने छन्। रियलले उनलाई कति रकम खर्चिएर भित्र्याएको हो खुलाएको छैन। युरोकप तयारीका लागि फ्रान्स्रेली टोलीसँगै रहेका एमबाप्पेलाई औपचारिक रूपमा कहिले सार्वजनिक गर्ने भन्नेबारे पनि रियलले केही बताएको छैन। यद्यपि, एम्बाप्पेले आफ्नो एउटा सपना पूरा भएको बताएका छन्।..
साफ महिला च्याम्पियनसिपको आयोजना नेपालले गर्ने
२१ जेठ । नेपालले साफ महिला च्याम्पियनसिपको आयोजना गर्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) प्रतियोगिता समितिको सोमबार बसेको बैठकले नेपाललाई आयोजनाको लागि स्वीकृत दिएको हो। प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफले जनाएको छ। प्रतियोगितामा साफका ७ वटै सदस्य संघको सहभागिता रहनेछ।
महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त
२१ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गरेको छ। एन्फाले सोमबार उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। त्यस्तै, राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा भगवती थापा र गोलकिपिङ प्रशिक्षकमा विनोद महर्जन नियुक्त भएका छन्। एन्फाका महासचिव किरण राईले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नियुक्त पदाधिकारीहरुलाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए।
नेपाल बंगबन्धु अन्तर्राष्ट्रिय कबड्डीको फाइनलमा
२१ जेठ । केन्यालाई टाइब्रेकरमा पराजित गर्द नेपाल बंगलादेको ढाकामा जारी बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनल पुगेको छ। ढाकामा आइतबार भएको निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक सेमिफाइनलमा केन्यालाई अतिरिक्त पाँच रेडमा ९-५ ले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै टोलीले ५०-५० अंक जोडे पछि खेलको छिनोफानो अतिरिक्त पाँच रेडबाट गरिएको थियो । जहाँ नेपालले बाजी मार्यो । नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको..
प्रथम रेडहर्स इलाम गोल्डकप- २२ लाख नाफा
२१ जेठ । प्रथम रेडहर्स इलाम फुटबल प्रतियोगितामा २२ लाख रुपैयाँ नाफा भएको छ । नाफामध्ये करिब १३ लाख रुपैयाँ भने जम्मा हुन बाँकी रहेको आयोजकले जनाएको छ । आयोजक रेडहर्स फुटबल क्लबले पत्रकार सम्मेलनगरी गत माघ ६ देखि १३ गतेसम्म इलामको ठूलो टुँडिखेलमा सम्पन्न प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरेको हो । आयोजक समिति सचिव प्रकाश घिमिरेले आम्दानीमध्ये ६६ लाख २० हजार रुपैयाँ उठेको र ५६ लाख ३१ हजार रुपैयाँ खर्च..
विश्वकप तथा एएफसी एसियन कप छनोट खेल्न साउदी पुग्यो नेपाली टोली
२० जेठ । नेपाली राष्ट्रिय फुटबल टोली साउदी अरबको दमाम पुगेको छ। विश्वकप छनोट तथा एएफसी एसियन कप संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम दुई खेल खेल्न नेपाली टोली त्यहाँ पुगेको हो। दमाम पुगेको नेपाली टोलीलाई दूतावासका प्रतिनिधी नारायण पासवान र त्यहाँ बस्ने नेपाली समाजले स्वागत गरेका थिए। नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा दमाममा खेल्दैछ। युएईसँगको खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने तय थियो। तर, एएफसी (एसियाली फुटबल महासंघ) ले दशरथ रंगशाला खेल सञ्चालन..
टी–२० विश्वकप- सुपर ओभरमा ओमानमाथि नामिबियाको जित
२१ जेठ । नामिबियाले सुपर ओभरमा ओमानलाई पराजित गर्दै आइसिसी ट्वान्टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ। ओमनले दिएको १०९ रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेट गुमाउँदै अन्तिम बलमा पूरा गरेपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा बिलाल खानले तीन चौका र एक छक्कासहित २१ रन खर्चिएका थिए। सुपर ओभरम नामिबियाका डेविड वीसले १३ रन बनाए। यस्तै, कप्तान ग्रेहार्ड इरास्मसले आठ रन जोडे। २२ रनको लक्ष्य पछ्याएको ओमानले १० रन मात्रै..
टी-२० विश्वकप- जोन्सको विष्फोटक ब्याटिङमा अमेरिकाको विजयी सुरुआत
२० जेठ, अमेरिका । आरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ । डेब्यू विश्वकप खेलमा अमेरिकाले सानदार जितका साथ समूह ए मा विजयी सुरुवात गरेको छ । १९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट..
नेपाली क्रिकेट टोलीलाई अमेरिकामा एनआरएनएको स्वागत
२० जेठ, टेक्सास (अमेरिका) । आईसीसी टी-२० विश्वकपमा सहभागी हुन अमेरिका आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ । स्वागतनका क्रममा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सङ्क्षिप्त मन्तव्य व्यक्त गरेका थिए । टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आजदेखि सुरु भएको उक्त प्रतियोगिता एक महिनासम्म चल्नेछ अमेरिकाले पहिलोपटक आईसीसी..
शिबसताक्षीमा फुटबलर प्रिती राई नगद ५५ हजार र सम्मानपत्रले सम्मानित
२० जेठ । नेपाली महिला राष्ट्रिय फुटबलर प्रिती राई झापाको शिबसताक्षी–११ झिलझिलेमा नगदसहित सम्मानित भएकी छन् । किराँत राई यायोक्खा, शिबसताक्षी नगर समितिले आयोजना गरेको उभौली साकेलाको अवसरमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा राई नगद ५५ हजारसहित सम्मान–पत्रद्धारा सम्मानित भएकी हुन् । उनलाई किराँत राई यायोक्खा, शिबसताक्षी नगर समितिले रु ३८ हजार ७ सयसहित सम्मानपत्रले कार्यक्रममा सम्मान गरिएको थियो । यायोक्खा, शिबसताक्षी नगर समितिका अध्यक्ष पशुराम रिङगालुङ राईको अध्यक्षताम भएको कार्यक्रममा प्रिती..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७