प्रथम रेडहर्स इलाम गोल्डकप- २२ लाख नाफा

२१ जेठ । प्रथम रेडहर्स इलाम फुटबल प्रतियोगितामा २२ लाख रुपैयाँ नाफा भएको छ ।  नाफामध्ये करिब १३ लाख रुपैयाँ भने जम्मा हुन बाँकी रहेको आयोजकले जनाएको छ । आयोजक रेडहर्स फुटबल क्लबले  पत्रकार सम्मेलनगरी गत माघ ६ देखि १३  गतेसम्म इलामको ठूलो टुँडिखेलमा सम्पन्न प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरेको हो । आयोजक समिति सचिव प्रकाश घिमिरेले आम्दानीमध्ये ६६ लाख २० हजार रुपैयाँ उठेको र ५६ लाख ३१ हजार रुपैयाँ खर्च..

विश्वकप तथा एएफसी एसियन कप छनोट खेल्न साउदी पुग्यो नेपाली टोली

२० जेठ । नेपाली राष्ट्रिय फुटबल टोली साउदी अरबको दमाम पुगेको छ। विश्वकप छनोट तथा एएफसी एसियन कप संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम दुई खेल खेल्न नेपाली टोली त्यहाँ पुगेको हो। दमाम पुगेको नेपाली टोलीलाई दूतावासका प्रतिनिधी नारायण पासवान र त्यहाँ बस्ने नेपाली समाजले स्वागत गरेका थिए। नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा दमाममा खेल्दैछ। युएईसँगको खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने तय थियो। तर, एएफसी (एसियाली फुटबल महासंघ) ले दशरथ रंगशाला खेल सञ्चालन..

टी–२० विश्वकप- सुपर ओभरमा ओमानमाथि नामिबियाको जित

२१ जेठ । नामिबियाले सुपर ओभरमा ओमानलाई पराजित गर्दै आइसिसी ट्वान्टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ। ओमनले दिएको १०९ रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेट गुमाउँदै अन्तिम बलमा पूरा गरेपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा बिलाल खानले तीन चौका र एक छक्कासहित २१ रन खर्चिएका थिए। सुपर ओभरम नामिबियाका डेविड वीसले १३ रन बनाए। यस्तै, कप्तान ग्रेहार्ड इरास्मसले आठ रन जोडे। २२ रनको लक्ष्य पछ्याएको ओमानले १० रन मात्रै..

टी-२० विश्वकप- जोन्सको विष्फोटक ब्याटिङमा अमेरिकाको विजयी सुरुआत

२० जेठ, अमेरिका । आरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ । डेब्यू विश्वकप खेलमा अमेरिकाले सानदार जितका साथ समूह ए मा विजयी सुरुवात गरेको छ । १९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट..

नेपाली क्रिकेट टोलीलाई अमेरिकामा एनआरएनएको स्वागत

२० जेठ, टेक्सास (अमेरिका) । आईसीसी टी-२० विश्वकपमा सहभागी हुन अमेरिका आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ । स्वागतनका क्रममा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सङ्क्षिप्त मन्तव्य व्यक्त गरेका थिए । टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आजदेखि सुरु भएको उक्त प्रतियोगिता एक महिनासम्म चल्नेछ अमेरिकाले पहिलोपटक आईसीसी..

शिबसताक्षीमा फुटबलर प्रिती राई नगद ५५ हजार र सम्मानपत्रले सम्मानित

२० जेठ । नेपाली महिला राष्ट्रिय फुटबलर प्रिती राई झापाको शिबसताक्षी–११ झिलझिलेमा नगदसहित सम्मानित भएकी छन् । किराँत राई यायोक्खा, शिबसताक्षी नगर समितिले आयोजना गरेको उभौली साकेलाको अवसरमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा राई नगद ५५ हजारसहित सम्मान–पत्रद्धारा सम्मानित भएकी हुन् । उनलाई किराँत राई यायोक्खा, शिबसताक्षी नगर समितिले रु ३८ हजार ७ सयसहित सम्मानपत्रले कार्यक्रममा सम्मान गरिएको थियो । यायोक्खा, शिबसताक्षी नगर समितिका अध्यक्ष पशुराम रिङगालुङ राईको अध्यक्षताम भएको कार्यक्रममा प्रिती..

रियलले जित्यो १५औं पटक च्याम्पियन्स लिगको उपाधि

२० जेठ । रियल मड्रिडले १५औं पटक च्याम्पियन्स लिगको उपाधि उचालेको छ। वेम्बली स्टेडियममा शनिबार राति सम्पन्न फाइनलमा बोरुसिया डर्टमुन्डलाई २–० गोल अन्तरले पराजित गर्दै रियलले उपाधि जितेको हो। रियलको जितमा डानी कार्भाजल र भिनिसियस जुनियरले गोल गरे। खेलको ७४औं मिनेटमा कार्भाजलले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए। टोनी क्रुसको कर्नरमा कार्भाजलले हेडरमार्फत गोल गरेका थिए। त्यसको ९ मिनेटपछि भिनिसियसले गोल गर्दै रियललाई २–० को जित दिलाए। प्रशिक्षक कार्लो एन्सेलोट्टीको..

भलिबलको लागि आवासीय कभर्ड हल बनाइने

१९ जेठ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने बताएका छन् । शनिबार काठमाडौंमा सुरु भएको आठौं एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले आगामी आर्थिक वर्षमा भलिबलको लागि एउटा आवासीय कबर्ड हल बनाउने विषयमा छलफल भइरहेको बताए । ‘यही बजेटमा पनि भलिबलको लागि एउटा गन्तव्यको रुपमा विकास गर्न खोजेको तर जग्गा प्राप्तिका यावत समस्याहरुले सकेका छैनौं । यही पालि भलिबलको लागि एउटा..

गण्डकीसँग एपिएफ पराजित

१९ जेठ । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई पराजित गर्दै गण्डकी प्रदेशले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा विजयी सुरुआत गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा शनिबार सम्पन्न खेलमा गण्डकीले एपिएफलाई ३-१ सेटले पराजित गरेको हो। गण्डकीले पहिलो सेट २५-२२ ले जितेको थियो। तर, दोस्रो सेट भने १९-२५ ले गुमायो। तर, तेस्रो र चौथो सेट २५-२० र २५-१९ ले जित्दै गण्डकी विजयी सुरुआत गर्‍यो।

च्याम्पियन्स लिगको फाइनलमा आज डर्टमन्डले रियलको सामना गर्दै

१९ जेठ । शनिबार राति (नेपालमा आइतबार बिहान) च्याम्पियन्स लिगको फाइनलमा अन्डर डग बोरुसिया डर्टमन्डले कीर्तिमानी विजेता रियल मड्रिडको सामना गर्दैछ । आजको खेल जिते जर्मन क्लबको प्रतियोगिता जित्ने २७ वर्षको प्रतीक्षा अन्त्य हुनेछ । उता लस ब्लाङ्कोस भने रेकर्ड १५ औँ उपाधि जित्ने तरखरमा छ । डर्टमन्डले सेमिफाइनलमा पेरिस सेन्ट जर्मेनलाई पाखा लगाउँदै वेम्बलेको टिकट बुक गरेको थियो । उता, कार्लाे एन्चेलोटीको टोलीले बायर्न म्युनिखलाई हराउँदै ‘अल–जर्मन’ फाइनल हुनबाट रोकेको..