खेलकुद

कप्तान किरणको नाममा १००औं अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान
३० जेठ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले नेपालका लागि एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन्। फिफा विश्वकप २०२६ को दोस्रो चरणको छनोट अन्तर्गत साउदी अरेबियाको दम्मानमा यमनविरुद्ध भएको खेलमा किरणले नेपालका लागि १०० क्याप जित्ने पहिलो खेलाडी बन्दै दुर्लभ कीर्तिमान बनाएका हुन् । प्रिन्स मोहम्मद फहद स्टेडियममा भएको खेलमा नेपालले गोल र अंक दुवैको खडेरी तोडेको थियो । सन्जीव विष्ट र जिलेस्पी जंग कार्कीको गोलमा..

रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलको जितमा
३० जेठ । कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलले सहज जित हासिल गरेको छ। युरोकप २०२४ अघिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले आयरल्यान्डमाथि ३-० गोल अन्तरको सहज जित हासिल गरेको हो। खेलको १८औँ मिनेटमा पोर्चुगलका लागि जोआओ फेलिक्सले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० गोलले अग्रता बनाएको पोर्चुगलका लागि ३९ वर्षीय कप्तान रोनाल्डोले ५०औँ र ६०औँ गोल गर्दै जित दिलाए। योसँग रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या १३० पुर्याएका..

फिफा विश्वकप २०२६/ एसियन कप २०२७ छनोट- नेपाल यमनसँग बराबरीमा रोकियो
३० जेठ । अतिरिक्त समयमा सम्हालिन नसक्दा नेपाल फिफा विश्वकप २०२६/एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत अन्तिम खेलमा यमनसँग बराबरीमा रोकिएको छ। साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा मंगलबार राति सम्पन्न खेल २–२ गोलको बराबरीमा सकिएको हो। समूह एचमा रहेको नेपाल यसअघि सम्पन्न पहिलो लेगमा यमनसँग २–० ले पराजित भएको थियो। योसँगै नेपालले एक अंक जोड्दै विश्वकप/एसियन छनोटको यात्रा सकाएको छ। यमनले भने पाँच अंक जोडेको छ।..

टी–२० विश्वकप- नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दै
२९ जेठ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा बुधबार बिहान नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दैछ । नेपाल र श्रीलंकाबिचको खेल अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनेछ । जारी विश्वकपमा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

नेदरल्यान्ड्सका मिडफिल्डर डी जोङले युरोकप गुमाउने
२९ जेठ । नेदरल्यान्ड्सका मिडफिल्डर फ्रेन्की डी जोङले युरोकप गुमाउने भएका छन्। रोनाल्ड कोम्यानको टोलीले अन्तिम अभ्यास खेलमा आइसल्यान्डलाई ४–० ले हराएपछि डच फुटबल संघले बार्सिलोनाका स्टार जर्मनीमा हुने युरो कपमा उपलब्ध नहुने घोषणा गरेको हो। डी जोङको घुँडामा चोट लागेको छ। सोमबार भएको क्यानडाविरुद्धको खेल उनले बेन्चबाट हेरिरहेका थिए। 'उनी आगामी तीन सातासम्म यो स्तरमा खेल्नका लागि फिट हुने छैनन्। उनलाई हामीसँग राख्नुको कुनै अर्थ छैन,' कोम्यानले भने। डी..

सन्दीप लामिछानेको वेस्ट इन्डिज यात्राबारे रोचक खुलासा
२९ जेठ । क्रिकेटर सन्दीप लामिछानेको वेस्ट इन्डिज यात्राबारे रोचक खुलासा भएको छ । उनी एक हप्ताअगाडि नै सुटुक्क क्यानडा प्रस्थान गरेको रहस्य भर्खरै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खोलेका छन् । यसपटक सन्दीप विश्वकप खेल्न वेस्ट इन्डिज जान लागेको विषयलाई क्यानले अत्यन्तै गोप्य राख्न सफल भयो । सन्दीप स्वयमले पनि सबैलाई अल्मलाइ दिए । उनले चार दिन अगाडि गत ७ जूनमा फेसबुकमा मनकामना मन्दिर दर्शन गरेको फोटो पोस्ट गरेका थिए ।..

टिममा सन्दीप जोडिएपछि धेरै फाइदा हुने कप्तान रोहितको प्रतिक्रिया
२९ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताएका छन् । आईसीसी टी २० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले वेस्टइण्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र विकेटटेकर बलर लामिछाने टिममा भित्रिएकाले लामिछानेको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने बताए । उनले श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति..

देशका लागि कीर्तिमानी १००औं खेल खेल्दै कप्तान किरण
२९ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बु (चेम्जोङ) ऐतिहासिक कीर्तिमान नजिक छन् । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनविरुद्धको खेल खेल्दै किरण नेपालका लागि एक सयौँ खेल खेल्ने कीर्तिमान नजिक छन् । डेढ दशकभन्दा लामो अन्तर्राष्ट्रिय फुटबल करियरमा किरणले हाल नेपालका लागि सर्वाधिक ९९ क्याप जितेका छन् । उनी अहिले नेपालको कप्तान र गोलकिपर दुवै भूमिका छन् ।..

फिफा विश्वकप २०२६ छनोट- अन्तिम खेलमा नेपालले आज यमनको सामना गर्दै
२९ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ११ः४५ बजे साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा सुरु हुनेछ । सोही रंगशालामा पाँच दिन अघि भएको पाँचौं खेलमा नेपाल युएई विरुद्ध ४–० ले नै पराजित भएको थियो । नेपालको ५ खेलमा गोलसंख्या शून्य रहेको छ । नेपालले कुनै पनि गोल गर्दा ५..

झूटा प्रचारको पछाडि नलाग्न सन्दीपको आग्रह
२८ जेठ । स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहितको निरन्तर प्रयासले ट्वान्टी-२० विश्वकपमा सहभागी हुन सम्भव भएको भन्दै ‘झूटा प्रचारको पछाडि नलाग्न’ आग्रह गरेका छन्। उनले सोमबार बिहान सेन्ट भिन्सेन्ट एन्ड ग्रानडाइन्स, वेस्ट इन्डिजबाट आफ्नो फेसबुकमा पोष्ट गरेका छन्, ‘अध्यक्ष चतुर सर, सचिव एवम् मेरा प्रिय पारस दाइ ... प्रति आभारी छु, जसको असाधारण लगाव र प्रयासमा आइसिसीसँग समन्वय गर्दै यो विश्वकपमा सहभागी हुन मेरो..