खेलकुद
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकासँग बराबरीमा रोकियो ब्राजिल
३१ जेठ । सुरुआती अग्रता जोगाउन नसक्दा ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकासँग बराबरीमा रोकिएको छ। क्याम्पिङ वर्ल्ड स्टेडियममा बिहीबार सम्पन्न खेलमा ब्राजिलले घरेलु टोलीसँग १-१ गोलको बराबरी खेलको हो। खेलको १७औं मिनेटमै रोड्रिगोले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए। उनले राफिन्होको पासमा गोल गरे। तर, नौ मिनेटपछि नै क्रिस्टियन पुलिसिकले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन। यसअघि ब्राजिलले मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई ३-२ गोल अन्तरले पराजित..
बिर्तामोडमा मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने
३० जेठ । झापाको बिर्तामोडमा मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । बिर्तामोडको फस्र्ट स्टेप फिटनेसले आगामी असोज १९ गते हुने जिल्लास्तरीय प्रतियोगिताको आयोजना गर्न लागेको हो । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगिताका अध्यक्ष तथा २०६४ का मिस्टर झापा, कलाकार सुवास मेचेले खेलाडी उत्पादन र प्रोत्साहन गर्ने मुख्य उद्देश्यसाथ प्रतियोगिता आयोजना गरिएको बताए । अध्यक्ष मेचेका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख ५१..
नेपालका लागि सन्जिव विष्टको डेब्यू गोल
३० जेठ । फिफा विश्वकप छनोटको दोस्रो चरणमा नेपालले लगातार पाँच खेल हार्दा कुनै गोल गर्न सकेको थिएन । गएराती साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद फहद स्टेडियममा भएको समूह एचको अन्तिम खेलमा नेपालले यमन विरुद्ध गोल र अंक दुवैको खडेरी तोड्यो । सन्जिव विष्ट र जिलेस्पी जंग कार्कीको गोलमा नेपालले यमनसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको थियो । त्यसमा नेपालका लागि पहिलो गोल गर्ने खेलाडी थिए सन्जिव विष्ट ।..
नेपाल र श्रीलंकाबीचको खेल रद्द- दुवै टोलीले एक एक अंक बाँडे
३० जेठ । आइसिसी टी-२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द गरिएको छ। वर्षा नरोकिएपछि एक बल पनि नखेलाइ खेल रद्द गरिएको हो। योसँगै दुवै टोलीले समान एक अंक बाँडेका छन्। दक्षिण अफ्रिका र बंगलादेशसँग श्रीलंका पराजित भएको थियो। श्रीलंकालाई सुपर एटमा पुग्न नेपाल र नेदरल्याड्ससँगको खेल जित्नै पर्ने दबाब थियो। तर, वर्षाको कारण खेल रद्द भयो। फ्लोरिडामा मंगलबार (स्थानीय समय) वर्षा भइरहेको थियो। वर्षाको कारण श्रीलंकाको अभ्यास पनि प्रभावित भएको..
कप्तान किरणको नाममा १००औं अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान
३० जेठ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले नेपालका लागि एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन्। फिफा विश्वकप २०२६ को दोस्रो चरणको छनोट अन्तर्गत साउदी अरेबियाको दम्मानमा यमनविरुद्ध भएको खेलमा किरणले नेपालका लागि १०० क्याप जित्ने पहिलो खेलाडी बन्दै दुर्लभ कीर्तिमान बनाएका हुन् । प्रिन्स मोहम्मद फहद स्टेडियममा भएको खेलमा नेपालले गोल र अंक दुवैको खडेरी तोडेको थियो । सन्जीव विष्ट र जिलेस्पी जंग कार्कीको गोलमा..
रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलको जितमा
३० जेठ । कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलले सहज जित हासिल गरेको छ। युरोकप २०२४ अघिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले आयरल्यान्डमाथि ३-० गोल अन्तरको सहज जित हासिल गरेको हो। खेलको १८औँ मिनेटमा पोर्चुगलका लागि जोआओ फेलिक्सले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० गोलले अग्रता बनाएको पोर्चुगलका लागि ३९ वर्षीय कप्तान रोनाल्डोले ५०औँ र ६०औँ गोल गर्दै जित दिलाए। योसँग रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या १३० पुर्याएका..
फिफा विश्वकप २०२६/ एसियन कप २०२७ छनोट- नेपाल यमनसँग बराबरीमा रोकियो
३० जेठ । अतिरिक्त समयमा सम्हालिन नसक्दा नेपाल फिफा विश्वकप २०२६/एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत अन्तिम खेलमा यमनसँग बराबरीमा रोकिएको छ। साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा मंगलबार राति सम्पन्न खेल २–२ गोलको बराबरीमा सकिएको हो। समूह एचमा रहेको नेपाल यसअघि सम्पन्न पहिलो लेगमा यमनसँग २–० ले पराजित भएको थियो। योसँगै नेपालले एक अंक जोड्दै विश्वकप/एसियन छनोटको यात्रा सकाएको छ। यमनले भने पाँच अंक जोडेको छ।..
टी–२० विश्वकप- नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दै
२९ जेठ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा बुधबार बिहान नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दैछ । नेपाल र श्रीलंकाबिचको खेल अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनेछ । जारी विश्वकपमा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।
नेदरल्यान्ड्सका मिडफिल्डर डी जोङले युरोकप गुमाउने
२९ जेठ । नेदरल्यान्ड्सका मिडफिल्डर फ्रेन्की डी जोङले युरोकप गुमाउने भएका छन्। रोनाल्ड कोम्यानको टोलीले अन्तिम अभ्यास खेलमा आइसल्यान्डलाई ४–० ले हराएपछि डच फुटबल संघले बार्सिलोनाका स्टार जर्मनीमा हुने युरो कपमा उपलब्ध नहुने घोषणा गरेको हो। डी जोङको घुँडामा चोट लागेको छ। सोमबार भएको क्यानडाविरुद्धको खेल उनले बेन्चबाट हेरिरहेका थिए। 'उनी आगामी तीन सातासम्म यो स्तरमा खेल्नका लागि फिट हुने छैनन्। उनलाई हामीसँग राख्नुको कुनै अर्थ छैन,' कोम्यानले भने। डी..
सन्दीप लामिछानेको वेस्ट इन्डिज यात्राबारे रोचक खुलासा
२९ जेठ । क्रिकेटर सन्दीप लामिछानेको वेस्ट इन्डिज यात्राबारे रोचक खुलासा भएको छ । उनी एक हप्ताअगाडि नै सुटुक्क क्यानडा प्रस्थान गरेको रहस्य भर्खरै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खोलेका छन् । यसपटक सन्दीप विश्वकप खेल्न वेस्ट इन्डिज जान लागेको विषयलाई क्यानले अत्यन्तै गोप्य राख्न सफल भयो । सन्दीप स्वयमले पनि सबैलाई अल्मलाइ दिए । उनले चार दिन अगाडि गत ७ जूनमा फेसबुकमा मनकामना मन्दिर दर्शन गरेको फोटो पोस्ट गरेका थिए ।..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७