च्याम्पिन्यस लिगः इन्टर मिलानको जित, डर्टमण्ड १–१ गोलको बराबरीमा रोकियो

९ फागुन, म्यानचेस्टर । च्याम्पिन्यस लिगको अन्तिम १६ अन्तरगतको खेलको पहिलो लेगमा इटालियन क्लब इन्टर मिलानले स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि झिनो अग्रता बनाउन सफल भएको छ । घरेलु मैदानमा भएको खेलमा इन्टरले १–० जीत हासिल गरेको हो । ७९ औँ मिनेटमा सब्सिटच्युट मार्काे अर्नाटोभिचले निर्णायक गोल गर्दै टोलीलाई जीत दिलाए । यसअघि उनले गोलका थुप्रै अवसर गुमाएका थिए । गत सिजनको उपविजेता टोलीका लागि लाउटारो मार्टिनेजले गरेको दुईवटा प्रयास एट्लेटिकोका..

१४औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनोट प्रतियोगिता माङसेबुङमा हुने

९ फागुन, इलाम । इलाममा १४औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना हुने यस संस्करणको प्रतियोगिता माङसेबुङ गाउँपालिका-२ स्थित डोलटार खेलमैदानमा सञ्चालन गर्ने समितिले जनाएको हो । सोमवार सदरमुकाम इलाममा प्रत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको समितिले जनाएको छ । प्रतियोगिताका लागि खेलमैदान मर्मत, मञ्च व्यवस्थापन, होटल व्यवस्थापन, खानेपानी व्यवस्थापन तथा प्रचारप्रसार सबै तयारी तीव्र पारिएको जिल्ला खेलकुद विकास..

प्रथम सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस स्कुललाई

९ फागुन, कीर्तिपुर । कीर्तिपुर नगरपलिका–४ स्थित नेपाल एपीएफ स्कुलको १९औं स्थापना दिवसका अवसरमा सञ्चालित प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि काभ्रेको साँगास्थित नेपाल पुलिस स्कुलले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजक नेपाल एपीएफ स्कुलको क टिमलाई सडेन डेथमा स्तब्ध बनाउँदै पुलिसले उपाधि उचालेको हो । उपाधिसँगै पुलिस स्कुलले नगद ३० हजार रुपैयाँ, ट्रफी तथा रनिङ शिल्ड प्राप्त गर्याे । दोश्रो बनेको एपीएफले..

एमबाप्पे स्पेनिश क्लव रियल म्याड्रिड जाने पक्का

८ फागुन, काठमाडौँ । फ्रेन्च क्लब पिइसजी र फ्रान्स राष्ट्रिय टोलीका स्टार फरवार्ड किलियन एमबाप्पे स्पेनिश क्लब रियल म्याड्रिड जाने पक्का भएको छ । स्पेनी संचारमाध्यमका अनुसार रियलले एमबाप्पेसँग आउँदो जुलाई देखि २०२९ सम्मको सम्झौता गरेको छ । गत बिहीबार पिइसजीले एउटा विज्ञप्ति निकाली एमबाप्पेले यस सिजन पश्चात क्लब छोड्ने घोषणा गरेको थियो । फ्रेन्च सञ्चार माध्यमका अनुसार त्यसअघि एमबाप्पेले आफ्नो क्लब र सहकर्मीहरुलाई यस सिजन पश्चात आफूले क्लब संग..

क्यानडा–११ लाई २ विकेटले पराजित गर्दै नेपाल ‘ए’ ले गर्यो सिरिज बराबर

८ फागुन, काठमाडौँ । क्यानडा–११ लाई एकदिवसीय सिरिजको दोस्रो खेलमा २ विकेटले पराजित गर्दै नेपाल ‘ए’ ले सिरिज बराबर गरेको छ । मुलपानी क्रिकेट मैदानमा क्यानडा–११ ले प्रस्तुत गरेको २ सय ४१ रनको लक्ष्य नेपाल ‘ए’ ले ४९.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्याे । नेपालको जितमा बसिर अहमदले नटआउट अर्धशतक प्रहार गरे । तल्लोक्रममा राशीद खानसँग महत्त्वपूर्ण साझेदारी गरेका उनले विजयी रन प्रहार गरेका थिए । बसिरले ७३ बलमा..

सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको फाइनल आजः एपिएफ भर्सेस पुलिस

८ फागुन,कीर्तिपुर। कीर्तिपुर नगरपलिका–४ स्थित नेपाल एपीएफ स्कुलको खेल मैदानमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको फाइनल खेल आज खेलाइँदैछ । ५० हजार रुपैयाँ पुरस्कार राशीको प्रतियोगिताको फाइनलमा आयोजक नेपाल एपीएफ स्कुलको क टिम र नेपाल पुलिस स्कुल मध्यान्ह १२ बजे प्रतिस्पर्धा गर्नेछन् । आयोजक नेपाल एपीएफ स्कुलको क टिमले प्रतियोगिताको सेमिफाइनल खेलमा मनकामना सेकेण्डरी स्कुल जोरपाटीलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । यसैगरी..

प्रथम ओएसिस महिला गोल्डकपको उपाधि मानेभन्ज्याङलाई

८ फागुन, इलाम । इलाममा सञ्चालित प्रथम ओएसिस महिला गोल्डकप फुटबल प्रतियोगिताको पहिलो च्याम्पियन मानेभन्ज्याङ फुटबल क्लब बनेको छ । इलामको सदरमुकाम स्थित ठूलो टुडिखेलमा आयोजित प्रतियोगिताको सोमवार फाइनल खेल भएको थियो । फाइनलमा दार्जिलिङ भारतको मानेभञ्ज्याङ फुटबल क्लबले इलामको दिपेन्द्रशिखर फुटबल क्लबलाई ३-० गोलको फराकिलो अन्तरमा पराजित गर्दै उपाधि चुमेको हो । मानेभन्ज्याङको जितमा सिम्रन गुरुङ र सुस्मिता लेप्चाले योगदान गरे । खेलको ९औं मिनेटमा नै मानेभन्ज्याङकी सिम्रन गुरुङले पहिलो..

गोपी पार्कीले टिसिएस लण्डन म्याराथनमा सहभागी जनाउने

फागुन ७, काठमाडौँ । बैशाख ९ गतेदेखि हुने टिसिएस लण्डन म्याराथनमा धारा नेपालगन्ज म्याराथनका विजेता गोपी पार्कीले सहभागी जनाउने भएको छन्। विभागीय टोली एपीएफ क्लबका पार्कीले २०८० मंसिर ९ गते सम्पन्न नवौं संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका थिए। उनले २ घण्टा २१ मिनेट ३८ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेका हुन्। सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालगन्ज म्याराथनले त्यस बारे जानकारी गराएको हो। आयोजकका अनुसार रन युकेले यस..

गोर्खाली रग्वी र एपीएफको जित

७ फागुन, काठमाडौं । आईतबार काठमाडौंमा सुरु भएको फिफ्टििन्स रग्वी च्याम्पियनसिपमा गोर्खाली रग्वी क्लब र एपीएफ क्लबले जित निकालेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिामा गोर्खाली रग्वीले नेपाल पुलिस क्लब र एपीएफले साविक विजेता आर्मीलाई हराएको हो । पहिलो खेलमा गोर्खालीले पुलिसलाई ५४–३ को स्कोरमा पराजित गर्यो । दोस्रो सेटमा पुलिसले अंक जोड्न असफल रह्यो ।दोस्रो खेलमा एपीएफले आर्मीलाई २९–१५ को स्कोरमा पराजित गरेको छ । पहिलो चरणको..

एकदिवसीय खेलमा नेपाल ‘ऐ’ क्यानडा–११ सँग ४ विकेटले पराजित

६ फागुन, काठमाडौँ । क्यानडा–११ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले ४ विकेटको हार ब्यहोरेको छ । नेपाल ए ले दिएको २१७ रनको मध्ययम लक्ष्य क्यानडा ११ ले ४९।३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्याे । क्यानडा ११ का लागि नवनित दलिवालले ८० रनको आक्रामक पाली खेले । ७६बलको सामना गरेका उनले १० चौका ३ छक्का हिर्काए । त्यस्तै निखिल दत्तले ११५ बलमा ६७ रन जोड्दा ५ चौका र..