गोपी पार्कीले टिसिएस लण्डन म्याराथनमा सहभागी जनाउने

गोपी पार्कीले टिसिएस लण्डन म्याराथनमा सहभागी जनाउने

फागुन ७, काठमाडौँ । बैशाख ९ गतेदेखि हुने टिसिएस लण्डन म्याराथनमा धारा नेपालगन्ज म्याराथनका विजेता गोपी पार्कीले सहभागी जनाउने भएको छन्।

विभागीय टोली एपीएफ क्लबका पार्कीले २०८० मंसिर ९ गते सम्पन्न नवौं संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका थिए। उनले २ घण्टा २१ मिनेट ३८ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेका हुन्।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालगन्ज म्याराथनले त्यस बारे जानकारी गराएको हो। आयोजकका अनुसार रन युकेले यस प्रतियोगिता सहभागीताको लागि सहयोग गरेको बताएकाे छ।

यस्तै, नेपालगन्ज म्याराथन र हाफ म्याराथन विजेतालाई अन्य अन्तर्राष्ट्रिय म्याराथनमा सहभागीताको लागि पहल गर्नेसमेत अध्यक्ष टीएस ठकुरीले बताएकाे छन्।

गोपी पार्की
एकदमै ठूलो अवसर दिनु भएकोमा धन्यवाद। यो उत्कृष्ट टप ६ मा पर्ने म्याराथन हो। नेपालगन्ज म्याराथन यो सबैभन्दा राम्रो रुट हो। मैले अन्य देशमा गएर प्रशिक्षण गर्ने अवसर त पाएको छैन यति पाए भने अझै राम्रो गर्न सक्छु भन्नेमा म विश्वास छ। यस अवसर मिलाइदिनु भएको नेपालगन्ज म्याराथन र रन युकेलाई धन्यवादसमेत व्यक्त गरे।

संस्थापक अध्यक्ष टीएस ठकुरी
पार्कीको टिसिएस लण्डन म्याराथनमा सहभागी हुने सबै खर्च नेपाल रन युकेले गर्ने भएको छ। ठकुरीले भने “हामीले नवौं संस्करणको धारा नेपालगन्ज गत बर्षको तुलनामा केहि फरक तरिकाले सम्पन्न गरेका थियौँ, हाम्रो योजना अनुसार नै पार्कीलाई लण्डन म्याराथनमा सहभागी हुने खर्च र ब्यवस्थापन गरेका छौँ”। पार्कीले २ महिना नेपाल गर्ने प्रशिक्षणको सम्पुर्ण तयारी खर्चसमेत नेपालगन्ज म्याराथनले गर्ने ठकुरीले बताए।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270