एमबाप्पे स्पेनिश क्लव रियल म्याड्रिड जाने पक्का

एमबाप्पे स्पेनिश क्लव रियल म्याड्रिड जाने पक्का


८ फागुन, काठमाडौँ । फ्रेन्च क्लब पिइसजी र फ्रान्स राष्ट्रिय टोलीका स्टार फरवार्ड किलियन एमबाप्पे स्पेनिश क्लब रियल म्याड्रिड जाने पक्का भएको छ । स्पेनी संचारमाध्यमका अनुसार रियलले एमबाप्पेसँग आउँदो जुलाई देखि २०२९ सम्मको सम्झौता गरेको छ ।

गत बिहीबार पिइसजीले एउटा विज्ञप्ति निकाली एमबाप्पेले यस सिजन पश्चात क्लब छोड्ने घोषणा गरेको थियो । फ्रेन्च सञ्चार माध्यमका अनुसार त्यसअघि एमबाप्पेले आफ्नो क्लब र सहकर्मीहरुलाई यस सिजन पश्चात आफूले क्लब संग आफ्नो सम्झौता नवीकरण नगर्ने जानकारी दिएका थिए ।

एमबाप्पेलाई रियलले उनी अर्काे फ्रेन्च क्लब मोनाकोमा हुँदादेखि क्लबमा भित्र्याउन चाहना राख्दथ्यो । तर उनी २०१८ मा पिइसजी बाट १८० मिलियन यूरो ट्रान्सफर फि सहित पिएसजीमा अनुबन्ध भएका थिए । त्यसबेला उनी मात्र १८ वर्षका थिए ।

त्यसपछि रियलले लगभग सबै वर्षमा एमबाप्पे भित्र्याउन चाहेको कुरा स्पेनी सञ्चार माध्यमके सार्वजनिक गर्ने गरेका थिए । २०२२ मा उनको पिएसजी सँगको सम्झौता सकिएको बेला उनी रियल जाने सम्भावना धेरै भएको आँकलन गरिएको थियो । तर उनी पिएसजीको प्रस्ताव स्वीकार्दै फ्रान्समै बसेका थिए ।

तर यसपटक भने उनको रियल जाने कुराले गति लिएको छ । स्पेनी सञ्चार माध्यमका अनुसार रियलले २०२२ मा गरेको प्रस्तावभन्दा अहिलेको प्रस्ताव आर्थिक रूपमा धेरै कम रहेको छ । तर त्यसका बाबजुद उनले रियलको प्रस्ताव स्वीकारेका छन् ।

एमबाप्पेले आफ्नो करियरमा ४२६ खेल खेल्दै ३१७ गोल गरेका छन् । फ्रेन्च शीर्ष डिभिजन लिग १ मा उनी १८५ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा नवौं स्थानमा छन् । उनले लगातार ५ सिजन लिगको शीर्ष गोलकर्ताको उपाधि समेत पाएका छन् ।

उनी २४ वर्षमै पिएसजीको इतिहासमा २४४ गोलसहित सर्वाधिक गोलकर्ता समेत हुन् । युरोपेली च्याम्पियन्स लिगमा उनी २४ वर्षको उमेरमा नै ४४ गोल गरिसकेका छन् ।

उनले फ्रेन्च राष्ट्रिय टोलीका लागि ७३ खेलमा ४६ गोल गरेका छन् र सर्वाधिक गोलकर्ताको सूचीमा ओलीभियर जिरुड (५६) र थियरी हेनरी (५१) भन्दा मात्र पछि रहेका छन् । २०१८ मा फ्रान्सले विश्वकप उचाल्दा उनले महत्वपूर्ण भूमिका खेलेका थिए भने २०२२ को विश्वकपमा फाइनलमा पराजित भएतापनि फाइनलमा ह्याट्रिक सहित ८ गोल गर्दै उनले गोल्डेन बुट जितेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर